back

एनआरएनएको केन्द्रीय प्रत्यक्ष बैठक पोखरामा हुँदै,के–के छन् त एजेण्डा ?

वि.सं.२०७६ पुस ६ आइतवार

243 

shares
NTC AD
Global IME AD

६ पुष, काठमाण्डौं । गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को प्रत्यक्ष बैठक यही २०२० को जनवरी १८ र १९ मा गण्डकी प्रदेशको पोखरामा आयोजना गरिने भएको छ ।

डिसेम्बर २१ मा भएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको विद्युतिय बैठकले उक्त निर्णय गरेको हो ।

अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्को पोखरा बैठकले संघको समिति र कार्यदलको कार्य विभाजन गर्नुका साथै संघको आगामी कार्य योजनालाई समेत अन्तिम रुप दिने छ ।

उक्त २ दिने बैठकले संघको विशेष महाधिवेशनको मिति र स्थान समेत तोक्ने अपेक्षा गरिएको छ । यस कार्यकालको अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले संघको निर्वाचन प्रक्रिया लगायत विधानमा समसामयिक सुधारका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

शनिबारको बैठकले संघको काम कारवाही र लेखा प्रणालीलाई बढि चुस्त र पारदर्शि बनाउने र संघको विद्युतिय सूचना प्रणालीको सुरक्षा सम्बन्धित विशिष्टिकृत कंपनीबाट परिक्षण (Security Audit) गराउने समेत निर्णय गरेको छ । बैठकले ग्रिसको पुरानो राष्ट्रिय समन्वय परिषद्लाई तदर्थ समितिका रुपमा कायम गर्दै क्षेत्रीय संयोजक र उपसंयोजकहरुको रहोवरमा राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन गर्न अनुमति दिने निर्णय समेत गरेको छ ।

उक्त बैठकले विभिन्न राष्ट्रिय समन्वय परिषद्हरुमा देखिएका समस्या समाधानका लागि पहल गर्ने निर्णय समेत गरेको छ । बैठकमा संघको मानार्थ परिषद्का सदस्यहरुको मनोनयन बारे व्यापक छलफल भएको थियो र मानार्थ परिषद्लाई पोखरामा आयोजना गरिने अन्तर्रा्ष्ट्रिय समन्वय परिषदको बैठकबाट अन्तिम रुप दिने निर्णय गरेको छ । बैठकले विभागिय प्रमुख उपाध्यक्षहरुलाई आफ्नो कार्य क्षेत्रको आगामी योजना तयार पार्न निर्देशन समेत दिएको छ ।

हिजो नै अन्तर्रा्ष्ट्रिय कार्यकारी सचिवालयका सदस्यहरुको राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष एवं महासचिवहरुसंग विद्युतिय बैठक आयोजना गरिएको थियो । बैठकमा संघका अध्यक्ष कुमार पन्तद्वारा संघको अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्ले हालै लिएका निर्णयहरु बारे जानकारी गराईएको थियो । उनले बलिया राष्ट्रिय समन्वय परिषद् भए नै संघ बलियो हुने धारणा राख्दै संघको विभिन्न परियोजनाको संक्षिप्त विवरण समेत दिएका थिए ।

अध्यक्ष पन्तले गत कार्यकालको ३ ठूला परियोजना प्राय सम्पन्न भएको जानकारी दिँदै अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्ले काठमाडौं महानगरपालिका संग सल्लाह गरी काठमाडौंको केही स्थानमा आधुनिक र सफा सौचालयको विकासका लागि पहल गरिरहेको र यसमा विभिन्न राष्ट्रिय समन्वय परिषद्लाई स्थान चुनेर सहयोग गर्न समेत अनुरोध गरेका थिए ।
उक्त सम्बाद कार्यक्रममा सहभागी राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष एवं महासचिवहरुले राष्ट्रिय समन्वय परिषद्संगको सम्बाद कार्यक्रम राखिनु सकारात्मक पहल भएको धारणा राख्नुका साथै अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्का गतिविधिहरु बारे चासो राखेका थिए ।

उनीहरुले संघको विभिन्न मुलुकबाट संघको परिषद्, समिति, कार्यदलका सदस्य एवं संयोजकहरु मनोनित गर्दा राष्ट्रिय समन्वय परिषद् संगको सल्लाहमा हुनु पर्ने धारणा राखेका थिए । उनीहरुले अन्तर्रा्ष्ट्रिय समन्वय परिषद् पहलमा सधै नै साथ दिएको र संघलाई बढि पारदर्शि एवं व्यवस्थित बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरुले आफ्नो क्षमताले भ्याए सम्म संघले आत्मसाथ गरेका परियोजनामा सहयोग गर्ने बचनबद्धता समेत प्रकट गर्नु गरेको प्रवक्ता डि.वि क्षेत्रीले जानकारी दिएका छन् ।

वि.सं.२०७६ पुस ६ आइतवार १७:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

काठमाडौँ । नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला यही...

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत प्राप्त्...

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

गलेश्वर (म्याग्दी) । विगत डेढ महिनादेखि म्याग्दीका जङ्गलमा लागेको डढेलोका...

क्यानाडा पठाइदिन्छुभन्दै रु ४१ लाख बढी ठगी गर्ने दुईजना पक्राउ

क्यानाडा पठाइदिन्छुभन्दै रु ४१ लाख बढी ठगी गर्ने दुईजना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन...