back

जब दुई बालकले अनलाइनमार्फत् ४५ हजारको खेलौना मगाए..

वि.सं.२०७६ पुस ७ सोमवार

213 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

आजको विश्व बजारका उपभोक्ताबीच अनलाइन सपिङले जर्वजस्त स्थान बनाएको छ ।

इन्टरनेटबाट विश्वका बजारमा मात्र नभएर नेपालमै पनि समान मगाउने धेरै उपभोक्ताको लिस्ट तयार भइसकेको छ । अझै दराज, अमेजन लगायतका अनलाइन सपिङ कम्पनीले त धेरै उपभोक्तालाई इन्टरनेटमा सर्च गरेरै आफूलाई चाहिने समान मगाउने बानी पारिदिइसकेको छ ।

यसै क्रममा अमेरिकाका दुई बालकले पनि यसको फाइदा उठाएको समाचार सार्वजनिक भएको छ । अमेरिकाको मिचिगन राज्यको स्टर्लिङ हाइट्स शहरमा रहने वेरोनिका नामकी महिलाका दुई बच्चाले एलेक्सा अनलाइनको सहयोगमा ४० हजार रुपैयाँ भन्दा बढीको समान आमालाई थाहै  नदिइ मगाएका छन् । उनीहरुले ४०० डलरको आफूलाई मनपर्ने खेलौन लगायतका समान अनलाइन सपिङमार्फत् मगाएका थिए । आमालाई तबमात्र थाहा भयो जब बालकहरुले अनलाइनमार्फत् मगाएको समान धमाधम ती कम्पनीहरुले घरमै छोड्न ल्याए ।

पहिले त ती महिलालाई लाग्यो क्रिसमस नजिकिएको कारण आफन्तहरुले गिफ्ट पठाइदिए । तर, ती गिफ्टहरुमा पठाउने कसैको पनि नाम नदेखेपछि आमाले बच्चाहरुसँग सोध्दा थाहा भयो कि, उनकी छोरी एरिस र छोरा क्यामरनले आफ्नो क्रिसमस गिफ्ट आफैले खरिद गर्ने कोशिसमा यस्तो गरेका थिए । दुवै बच्चाले ती कम्पनीबाट खेलाौना मात्र मगाएनन् कि, आमाको अमेजन एकाउन्टबाट लिक भएको क्रेडिट कार्डबाट पैसा पनि तिरिसकेका थिए ।

इन्टरनेटमार्फत् गुगल भ्वाइस र ऐलेक्सा जस्तो अनलाइनहरुले सहज रुपमा मानिसहरुको निर्देशन मान्छन् । एलेक्साको सहयोगमा अमेजनका ग्राहकको सेभ लिस्टबाट विभिन्न समान अर्डर बोलेर पनि खरिद गर्न सकिने बताइएको छ ।

 

वि.सं.२०७६ पुस ७ सोमवार १३:५५ मा प्रकाशित

NABIL bank AD