back

परर ताली

वि.सं.२०७६ पुस ८ मंगलवार

216 

shares
NTC AD
Global IME AD

विसं.२०६७ साल पौषमा प्रकाशित बाल निबन्ध सङ्ग्रह परर ताली हो । यस निबन्धमा निबन्धकारले विकासको बाटोतिर लम्किँदै गएको एउटा गाउँले विद्यालयका विद्यार्थीबारे बयान गरेका छन् । केही विद्यार्थी असल र कही उग्र स्वभावका हुन्छन् भनिएको छ्र । विद्यार्थीमध्ये वर्षा, दीपेश, शुभेच्छा, खैसरा र ओतिस छन् । विद्यार्थी जीवन र अनुशासनको सीमारेखालाई केन्द्रमा राखी मित्रवत् व्यवहार गरेर विद्यार्थीको चौतर्फी विकास गर्न सकिन्छ भनिएको छ । यस निबन्धमा ओतिसले निम्त्याएको समस्या र साथीहरुको सकारात्मक प्रेरणाले ल्याएको परिवर्तनले निबन्ध उपयोगी छ भन्ने देखाएको छ ।

निबन्धमा रहेका तीन खाले पात्रले नै निबन्ध बालबालिकाका लागि अति नै उपयुक्त छ । पहिलो त ओतिसले निम्त्याउने विभिन्न किसिमका समस्या त्यसको प्रभावले ओतिसमा आएको परिवर्तनले गर्दा निबन्ध बालक उपयोगी भएको बुझिन्छ । त्यसैगरी उसका साथीहरू खैसरा, शुभेच्छा, दीपेश र वर्षाले आनो साथी–साथीबिचको साथीत्व कायम गरी सही समयमा ओतिसको गल्ती खुलासा गरिदिए । उनीहरुकै सहयोगमा प्रधानाध्यापकले ओतिसलाई सम्झाई बुझाई गरी असल बाटो देखाए । उनीहरुको यस्तो प्रयास ओतिसलाई असल विद्यार्थी बनाउन सफल भयो । यसैमा साथीहरुले परर ताली बजाएकाले निबन्धको शीर्षक पनि मिल्न गएको छ ।

म टेलिफोन हुँ परर ताली निबन्ध सङ्ग्रहमा प्रकाशित यस निबन्धमा निबन्धकारले म पात्रका रूपमा राखी टेलिफोनको विकास क्रमलाई लिएर लेखेका छन् । फोनले मानवका लागि के–के कार्यहरू गर्छ भनी फोनका विविध विशेषताहरू कलात्मक र रोचक ढङ्गबाट प्रस्तुत गर्न खोजेका छन् ।

वर्तमान समयमा मानिसमाझ लोकप्रिय हुँदै गएको टेलिफोनले विश्वलाई साँघुरो बनाएको छ । मानिसका विभिन्न जटिल समस्याहरूको समाधानका निम्ति टेलिफोनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । जब मानिसले टेलिफोनबाट कुरा गर्छ, त्यतिखेरका मानवीय भावनाबाट आपूm चकित भएर पाहुनाजस्तै मान पाएको कुरा भनिएको छ । टेलिफोनको माध्यमबाट मानिस छिनभरमै देशविदेश पुग्न सक्छ । यसको प्रयोग दिन प्रतिदिन बढ्दै गएको छ । वर्तमान समयमा जीवनले गति पाउनका लागि टेलिफोनबाट मदत लिइरहेको छ । वैज्ञानिक चमत्कारमध्येको एउटा चमत्कार टेलिफोनले सञ्चारको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको छ । यसको प्रमुख कार्य समाचार ल्याउने लाने हो । समाज जति विकासको बाटोमा लम्केको छ उति धेरै फोनको उपयोग हुँदै आएकको छ । सञ्चारका विभिन्न माध्यम जस्तैः इमेल, इन्टरनेट तथा याक्सहरूमा पनि यसको माग बढ्न थालेको छ । त्यसैले यो जनसम्पर्कको छिटोछरितो र कामलाग्दो साधन बनेको छ । यस निबन्धमा टेलिफोनका क्रियाकलापबारे रोचक अभिव्यक्ति दिइएको छ ।

रमाइलो तानसेन
‘परर ताली’ निबन्ध सङ्ग्रहमा परेको ‘रमाइलो तानसेन’ निबन्धमा निबन्धकार छायादत्त न्यौपानेले पाल्पाली सभ्यताको प्रारम्भदेिख आजको चर्चा गरेका छन् । पुरानो सहर तानसेनमा भएको विकासलाई देखाउँदै, त्यहाँका विशेषताहरूको बयान गर्ने प्रयास गरेका छन् । चाडपर्व तथा रहनसहनका साथै त्यहाँको रमणीय वातावरणको बारेमा चर्चा गरेका छन् । प्राकृतिक गुणहरूले सजिएको यस क्षेत्रमा लोकसंंस्कृतिले मान पाउँदै पर्यटकहरूलाई पनि आकर्षण गर्दै गएको कुरा अभिव्यक्त गरिएको छ ।

वर्तमान समयका आधुनिक सुविधाहरू पाल्पामा पनि पाउन सकिन्छ । पाल्पाली ढाकाले देशभरि तथा विदेशमा पनि प्रसिद्धि पाएको कुरा गरेर नेपालकै नाम राखेको छ पाल्पाले भनिएको छ । वरपर धेरैतिरबाट आएर बसेका मानिसको सङ्गम स्थल भनेर चिनिने पाल्पाको तानसेन चार जात छत्तीस वर्णको साझा पूmलबारीझैँ छ । विभिन्न चाडपर्वमा हुने सामूहिक सहभागिताले सद्भाव कायम गरेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण यस सहरमा आर्थिक, भौतिक र सामाजिक उन्नति पनि त्यत्तिकै राम्रो छ । भौगोलिक हिसाबले पनि ठिक्क मिलेको यो सहरमा सजिलै आउजाउ गर्न सकिन्छ । तानसेनलाई पहाडी तर सुगम सहर भनी बयान गरिएको छ ।

कसरी बने कवि लेखनाथ
बाल निबन्ध सङ्ग्रह परर तालीमा रहेको ‘कसरी कवि बने लेखनाथ पौड्याल’ कवि लेखनाथ पौड्याल कसरी कवि बने भन्ने प्रश्नको रमाइलो उत्तर दिइएको छ । उनको मनमा कवि बन्ने रहर कसरी जाग्यो भन्ने सन्दर्भ छ । यो कविशिरोमणि लेखनाथ पौड्यालको मिहिनेती स्वभावलाई केन्द्रममा राखी लेखिएको निबन्ध हो । यो निबन्ध उनको लगनशील व्यवहारसँग सम्बन्धित छ । लेखनाथ पौड्यालको समयकाल जन्मस्थानबारे सूचना पनि दिइएको छ । उनी राणा दरबारका पण्डित थिए पनि भनिएको छ । लेखनाथ संंस्कृत भाषाका विद्वान् थिए । उनी अन्तिममा देवघाटमा बसेका थिए जस्ता जानकारी दिने प्रयास भएको छ । त्यसैले यो निबन्ध पठनीय लाग्छ ।
नेपाली कवितालाई शिष्ट, सुन्दर र सचेत रूप दिएर परिष्कारवादी उच्चता प्रदान गर्ने कविशिरोमणि लेखनाथ पौड्यालले काका पितृप्रसादबाट प्रभावित भई कविता लेख्न थाले भन्ने कुरा प्रस्ट्याइएको छ । गाईवस्तुका साथ जङ्गलतिर गएका बेला कविता लेख्न सिकाइदिन अनुरोध गर्दा काकाको मुखबाट निस्किएको ‘कविता लेखन त बुद्धि चाहिन्छ र धेरै पढ्नुपर्छ’ घोच्ने वचनबाट हौसला पाएर अघि बढेका उनी एक सफल कवि बने भनिएको छ । उनले लेख्दालेख्दै कापीकलम सकिएर बाँसका सुप्ला र चौतारीका ढुङ्गामा समेत कविता लेख्दै गए । सँगसँगै उनको पढाइ पनि राम्रो हुँदै गयो । उनको पढाइले निरन्तरता पायो । उनी काठमाडांैं आई संस्कृत पाठशालामा बसेर उत्तरमध्यमासम्मको अध्ययन पूरा गरे भन्ने जानकारी दिइएको छ ।

हरियो वन नेपालको धन
‘परर ताली’ नामक निबन्ध सङ्ग्रहमा राखिएको ‘हरियो वन नेपालको धन’ निबन्धमा निबन्धकार न्यौपानेले प्रकृतिले भरिपूर्ण सुन्दर मुलुक नेपालमा पर्यावरणीय सन्तुलन र जैविक विविधता छ । भौतिक विकासमा पछि रहे पनि सांस्कृतिक मूल्य र प्राकृतिक सुन्दरतामा नेपालको नाम उच्च रहेको कुरा सरल ढङ्गबाट अभिव्यक्त गरिएको छ ।

प्रस्तुत निबन्धमा निबन्धकारले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको विविध जैविक विशेषता देखाएर जडीबुटी सम्पन्न मुलुक हो भनी चिनाएका छन् । हरियो वन नेपालको धन भन्ने भनाइ त्यत्तिकै रहेको होइन । यहाँका प्राकृतिक विशेषताहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कुरा पनि औँल्याइएको छ । विविध जीवजन्तुको भावनालाई केन्द्रमा राखी तिनको सुरक्षा कसरी गर्न सकिन्छ र सुरक्षा गर्दा वातावरणमा के कस्तो प्रभाव पर्छ भन्ने कुरा पनि देखाइएको छ । यहाँका प्रशस्त हिमालयले गर्दा त्यहाँको सौन्दर्य बढेको छ । भौगोलिक हिसाबले हिमाल, पहाड र तराईको हावापानी पनि सोही अनुसार फरक–फरक रहेको छ भनिएको ।

प्रस्तुत पुस्तकमा निबन्धकारले बालबालिकाका लागि उपयुक्त हुने गरी सामान्य विषयवस्तुलाई सरल भाषामा व्यक्त गरेका छन् । उनका निबन्धले बालबालिकाको बाहिरी ज्ञानलाई प्रस्फुटन गर्ने कार्य गरेका छन् । उनका बालनिबन्ध सङ्ग्रहले बालबालिकाको सिर्जनात्मक चौतर्फी विकासका लागि आवश्यक पर्ने अनुशासन तथा ज्ञान बढाइदिएका छन् । नेपालको प्राकृतिक सुन्दरता वर्णन गर्दै यहाँका रमणीय स्थलहरूको चर्चा गरेका छन् । उनका यी निबन्धले विशेष सन्देश बोकेर देशको राम्रो विकासका लागि आवश्यक पहल गर्न सुझाएका छन् ।
लेखकः रत्नराज्य स्कुलका विद्यार्थी हुनुहुन्छ ।

छायादत्त न्यौपाने बगर र उनका भाषा साहित्यिक कृतिहरूलाई विषय बनाएर ५९ जना समालाेचकद्वारा लेखिएको वाङ्मयसेवी छायादत्त समालाेचना सँगालाेबाट क्रमश: प्रस्तुति गरिएको छ । सत्याल प्रकाशन एन्ड डिष्ट्रिब्युटर्स प्रा.लि. प्रकाशक रहेको यो पुस्तकको सम्पादक तेजविलास अधिकारी र रामचन्द्र फुयाल रहेका छन् ।

वि.सं.२०७६ पुस ८ मंगलवार १५:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...