back

विश्वमा नेपाली सभ्यता सबभन्दा पुरानो हो – लोककृष्ण भट्टराई

वि.सं.२०७६ पुस १० बिहीवार

1.7K 

shares
NTC AD
Global IME AD

 हिमालयन रेञ्जको सभ्यता भनेको नेपाली सभ्यता हो । यसलाई सबै समाजले मान्यता दिएका छन् । हिमालय पर्वतमा कैलाश पर्दछ र कैलाश मानसरोबर वा गौरिशंकर हिमश्रृङ्खला यी सबै हिजो नेपाली भूभाग र सभ्यतामा पर्दथे । यसबाट ज्ञात हुन्छ कि विश्वमा नेपाली सभ्यता सबभन्दा पुरानो हो ।

विश्वको सभ्यताको इतिहास नियाल्दा नेपाली सभ्यता पहिलो नम्बरमा आउँछ । पश्चिमा संसारमा छिटो विज्ञानको आविष्कार भएको र त्यसले प्रकृतिमा भएका साधनको उपयोग गरी ठाउँ र स्थानमा पहुँच पु¥याउन सक्षम भएकाले आज संसारभर उनीहरूको सभ्यता अगाडि आएको जताततै व्याख्या र विश्लेषण गरिएको छ । पूर्वीय समाजमा पनि मानव सभ्यताको विकासमा र मानवको चेतनाको अभिवृद्धिमा कम महत्वपूर्ण विकास भएको छैन । मानवलाई संसारकै चेतनशील प्राणीसम्मको विकासको व्याख्या चाल्र्स डार्बिनले गरे । उनले एक कोशीय जनावर अमिवादेखि हजारौँ कोशीय जनावर मानिससम्मको विकासमा पानी–चिस्यान र तापक्रमको विकासबाट भएको प्रमाणित गरे । यसअघि पूर्वीय सभ्यताले पनि भगवानको अवतारको रूपमा माछादेखि गौतम बुद्धको अवतारसम्मको व्याख्या गरेको छ । पूर्वीय दर्शन अनुसार– प्रथम अवतार भगवानको रूप माछा थियो, दोस्रो कछुवा, तेस्रो वराह, चौथो नृसिंह, पाचौँ वामन (आधा मान्छे, आधा बाघ), छैटौँ पर्शुराम, सातौँ रामचन्द्र, आठौँ कृष्ण, नवौँ बुद्ध र दशौँ कल्की (विज्ञानको चरम विकास), यो र पश्चिममा वैज्ञानिक प्रकृतिमा जीवको विकास हेर्दा करीव–करीव उही प्रकारको पाइन्छ ।

विश्वमा हेर्दा मानवका रूपहरू त्यस ठाउँको जलवायु अनुसार फरक किसिममा विकास भएको पाइन्छ । जस्तै एसिया, अफ्रिका, अष्ट्रेलिया, युरोप, दक्षिण तथा उत्तर अमेरिका, सबै महादेशमा त्यहाँको हावापानी, जलवायु अनुसार प्रकृति र जीवको विकास भएको छ । यी महादेशमा आ–आफ्नै जलवायु अनुसार वनस्पति र जीवको व्यवहार, रहन–सहन फरक रहेका छन् । सभ्यताका दृष्टिले आज सिन्धुघाटी, ग्रीस र रोमको सभ्यतालाई आजको विश्वले मानव सभ्यताको विकासमा कोशेढुङ्गा भएको व्याख्या विश्लेषण गरिने छ । यसमा पूर्वीय सभ्यता त्यसमा पनि हिमालयको सभ्यतालाई पश्चिमा विद्वान््को पछि लागेर पूर्वीय खोजकर्ताले पनि अनदेखा गरेका छन् । वास्तवमा ग्रीस, रोम र सिन्धुको सभ्यताअघि पनि विशेष गरी विश्वको हिमालयन रेञ्ज एसिया त्यसमा पनि दक्षिण एसिया र पूर्वी एसियाको सभ्यता विश्वको सबभन्दा पुरानो र उत्कृष्ट सभ्यतामा पर्दछ ।

हिमालयबाट वहने नदी र त्यो नदीले बनाएको मैदान वरपर बसेको सभ्यता, जीवको विकास र मानव विकाससम्म आउँदा एउटा संस्कृति र मानव तथा प्रकृतिको परिचालनका लागि बसाएको पद्घतीलाई हेरे पुग्दछ । त्यसबेला खास गरी विश्वका अग्ला हिमाल पृथ्वीको उहापोहमा हाल हाम्रो देश नेपालमा रहेको र हिमालबाट पानी र नदीको सृष्टि भई त्यसबाट मैदानको विकास र हिमालदेखि मैदानसम्मको जीवको विकास र मानवसम्म हेर्दा पनि यो क्षेत्रमा मानव सभ्यताको विकास भएको पाइन्छ । हालै नेपाल सरकार पुरातत्व विभाग र बेलायतको एक विश्व विद्यालयको सहयोगमा बुटवल क्षेत्रमा भएको पुरातत्वको अन्वेषणमा करीव ६ लाख वर्ष पुरानो मानव कङ्काल भेटिएको र आजभन्दा १५ हजार वर्ष पहिला मानव बस्ने घर, बस्तु र गुफा भेटिएबाट यो कुरा प्रमाणित हुन्छ कि– नेपाली सभ्यता सबभन्दा पुरानो हो । सिन्धुघाटी, मोहञ्जोदडो, ग्रीक, रोमको सभ्यता योभन्दा धेरै पछिका हुन् । नेपालका अधिकांश बुद्घिजीवीहरू विदेशी मुख ताक्ने, आफ्नो पूर्खा, सभ्यताको खोज नगर्ने र साम्राज्यवादद्वारा प्रयोग भएका अधिकांश बुद्धिजीवी भएकाले इतिहास लेखनदेखि अन्य सभ्यता र संस्कृतिको खोजतर्फ कसैले ध्यान दिएका छैनन् ।

यो पुस्तकको लक्ष भनेको नेपालमा पुरातत्वविद्, संस्कृतिविद् र सबै प्रकारका वैज्ञानिकहरूलाई आफ्नो सभ्यता, देशभक्ति र माटोको मायातर्फ आकर्षण गर्नु पनि हो । नेपाली समाज सभ्यताको उद्भव र विकासमा वैज्ञानिक तवरले नेपालमा पहिलो पटक खोज अनुसन्धान र लेखनतर्फ स्व. पुष्पलाल लागेका थिए । तर ५४ वर्षको अल्पायुमै उनको मृत्यु भयो । उनले नेपाल लगायत दक्षिण एसिया र पूर्वी एसियाको सभ्यता, संस्कृति र इतिहास, यहाँ भएका प्रकृति र मानव बीचको सङ्घर्ष, मानव–मानव बीचको सङ्घर्ष यी सबै खोज्ने हिसावले अनुसन्धान गर्न सुरुवात गरेका थिए । पुष्पलालका केही इतिहासका टिप्पणी-Historical Notes) र पाण्डुलिपि जो बलराम उपाध्यायले संरक्षण गरिराखेका थिए, उनले पुष्पलाल स्मृति प्रतिष्ठानलाई जिम्मा लगाएपछि जस्ताको तस्तै छापिएको छ । आज नेपाली इतिहासकार, समाजशास्त्री, मानवशास्त्री, अर्थशास्त्री, राजनीतिज्ञ र राजनीतिशास्त्री, भूगोलविद, संस्कृतिविद् सबैले आफ्नो सभ्यताको विकास र अहिलेको एकाधिकारवादी, साम्राज्यवादी, प्रभुत्ववादी प्रचारलाई चिर्न सङ्गठित भएर एउटा देशभक्तिपूर्ण आन्दोलनको आँधीबेहरी सृजना गर्न जरुरी भइसकेको छ ।

१९ औँ शताब्दीको साम्राज्यवाद र यसका अवयवले तथा हाम्रो देश, दक्षिण एसिया र पूर्वी एसियाको पुरानो सभ्यतालाई नष्ट भ्रष्ट बनायो । त्यही साम्राज्यवादसँग सम्बन्धित शिक्षा र त्यो शिक्षाले हाम्रो विभिन्न जात, भाषा, धर्म, संस्कृतिबीच मेलमिलाप भएर बसेको समाजलाई अन्तरविरोधको जालोमा रुमल्याएर हामी बीचको एकतालाई खण्डित गर्दै उसले हाम्रो प्राचीन गौरवमय सभ्यता र संस्कृतिलाई नष्टभ्रष्ट गराउन खोज्यो, सो अध्यावधि गराउँदैछ । त्यतिमात्र नभएर हाम्रो अखण्डित एकता जातिय उत्पीडनको नाममा भत्काउँदै खासगरी हाम्रो देश, दक्षिण एसिया र पूर्वी एसियाको प्राकृतिक स्रोत साधन तथा पुरातत्वमा आधारित ऐतिहासिक सामग्री समेत लिन सफल भएको छ । खासगरी भारतीय स्वतन्त्रता सङ्ग्राम र चीनिया जनमुक्ति आन्दोलनले साम्राज्यवादको यो उद्देश्यलाई छिन्नभिन्न त ग¥यो तर अनेक वहानामा आफ्नो संस्कृति, गौरवमय सभ्यता, विकास र प्राकृतिक स्रोत साधनको संरक्षण आजसम्म हुनै सकेको छैन ।

विशेषगरी दक्षिण एसियाको सभ्यताको मुहान र जननी नेपालमा एक अर्काको मेलमिलाप नहुनाले हाम्रो सभ्यताको प्रचार र व्याख्यामा कमी आएको हामी जोसुकैले महशुस गर्नुपर्दछ । विशेषगरी हाम्रो देशको सन्दर्भमा भन्ने हो भने भारतीय एकाधिकार पूँजीपति र यसको संरक्षित सरकार र मपाइँवादी चिन्तनले हामीलाई मात्र नभएर दक्षिण एसियाका अन्य साना राष्ट्रहरू, यसको सभ्यता र संस्कृतिलाई पनि अङ्ग्रेज साम्राज्यवादले जस्तै गाँजेको छ । आम भारतीय, पाकिस्तानी, बङ्गलादेशी, भुटानी, अफ्गानिस्थान, श्रीलङ्का र नेपाल सबै दक्षिण एसियाका देशहरू र यहाँका बुद्धिजीवीहरू पाश्चात्य सभ्यताबाट गाँजिएका छन् । आफ्नो सभ्यता, यसको विकास र यसले विश्व सभ्यतामा दिएको योगदानको प्रचार गर्न र अभिलेख राख्न पछाडि परेका छन् । हिमालयको सभ्यता त्यो शिव सभ्यता होस् वा बुद्धको सभ्यताले इरान, इजिप्ट र ग्रीससम्म प्रभाव पारेको थियो । हिजो १४–१५ औँ शताब्दीमा जेसस क्राइस्ट र पैगम्बर महमदको आगमन अघि टर्की, इरान, मिश्र र ग्रीस तथा रोम साम्राज्यसम्म शिव धर्म मान्ने मानिस थिए । सिया र सुन्नी दुई प्रकार मान्ने पैगम्बर महमदका प्रशंसक र चेलाहरूले पनि त्यो भन्दा माथि कोही निराकार छ भनेका छन् । त्यो निराकार शिव हो । त्यस्तै जेसेस क्राइस्टका प्रशंसक र फलोवर्सहरू पनि क्राइस्टका दुई सम्प्रदाय प्रोटेस्टाइन र क्याथोलिकले बेग्लाबेग्लै किसिमले विश्व ब्रह्माण्ड, समाज, प्रकृति, जीवजन्तु र वनस्पतिको व्याख्या गरेका छन् । त्यो अलग व्याख्यामा पनि अन्त्यमा निराकार भनेको क्राइस्टभन्दा माथि शिव छ र त्यसको मान्यता दिनुपर्छ भन्ने स्पष्ट उल्लेख गरेको पाइन्छ । बुद्धको सभ्यताले त चाहे त्यो हिनयान होस् वा महायान दुवैले त्योभन्दा अघि समाज र सभ्यता थियो, त्यो सभ्यतालाई एउटा पद्धतीमा शिवको नियमले हिँडाएको कुरालाई सहर्ष स्वीकार गरेको छ ।

यसरी हेर्दा हिमालयन रेञ्जको सभ्यता भनेको नेपाली सभ्यता हो । यसलाई सबै समाजले मान्यता दिएका छन् । हिमालय पर्वतमा कैलाश पर्दछ र कैलाश मानसरोबर वा गौरिशंकर हिमश्रृङ्खला यी सबै हिजो नेपाली भूभाग र सभ्यतामा पर्दथे । यसबाट ज्ञात हुन्छ कि विश्वमा नेपाली सभ्यता सबभन्दा पुरानो हो । यद्यपि नेपाल नाम कसरी रह्यो भन्ने व्याख्या इतिहासकारले आ–आफ्नै प्रकारले गरेका छन् । कसैले नेपाल– नयपाल वा ने–उन वा पाल उनको व्यवसाय गर्ने ठाउँ वा बस्ती भन्ने व्याख्या कसैको छ भने कसैले नेपाली सभ्यतामध्ये पनि नेवारी संस्कृतिबाट नेपाल नाम रहेको व्याख्या छ । तर सभ्यताको विकासलाई हेर्दा त्यसभन्दा अघि पनि नेपाल थियो– समाज थियो भन्ने कुरा शिव मिमांसा पढ्दा थाहा लाग्छ । शिव–एक किराँती थिए भनेर कसैको व्याख्या छ भने कसैको तामाङ जातिको पुर्खा भन्ने व्याख्या छ । वी.पी कोइरालाको सुम्निमा र पारुहाङले पनि यही सङ्केत गर्दछ । हिमालयको सभ्यतामा प्रसिद्ध पुरातत्व संस्कृतिविद् एस.के. भार्गव लेख्छन्– “हिमालयको सभ्यता उत्कृष्ट छ, मानव सभ्यताको इतिहासमा यो सभ्यताले आर्यावर्त सभ्यताको रूप लिएको छ । हिमालयबाट उठेको यो सभ्यता गङ्गा नदीको तट हुँदै पाकिस्तानको सिन्धप्रान्त, अफगानिस्थान हुँदै, मध्यपूर्व, इरान, टर्की हुँदै ककेसिया र ककेसियाबाट युरोपतर्फ छिरेको हो भन्न सकिन्छ । यो सभ्यताको नायक भनेका लर्ड शिव हुन् । उनले मानव सञ्चालन विधि, प्रकृति र मानव, मानव तथा जीवको बीचमा एउटा नैतिक धरातलको पद्धति बसाएका छन् ।”१ -(S.K Bhargaba- Himilayan civilization p. 361)

यसै गरी जि.पि. सिंह आफ्नो ‘पौराणिक भारतमा किराँत’ (The Kirats in ancient India) मा लेख्छन्– “किराँत विशेष गरी यो एउटा ट्राईवल (Tribal) हो, यसको उत्पति भारतको उत्तर पूर्वीराज्य आसाम, मेघालय, नागाल्यान्ड हुँदै नेपालको हिमालयन रेञ्जमा भएको हो । यिनको रहन–सहन र संस्कृति हेर्दा पूरा यिनका नेता “सुब्बा” को निर्देशनमा समाज परापूर्वकालदेखि चल्दै आएको छ । त्यो सुब्बा वा मुखियाले न्याय, धर्म, रीतिस्थिति राखेको छ । उसको सबै कुरा तत्कालिन पौराणिक समाजको शिव धर्मसँग मिल्दछ । यो वंश पनि आर्य अन्तर्गत पर्दछ । आर्यावर्त भनेकै हिमालय–टिवेटियन प्लाचु हुँदै हिन्द महासागर– त्यसको विकसित रूप मध्यपूर्व र निल नदीको सभ्यतासम्म फैलिएको छ ।२ ( G.P. Singh the kirats in Ancient  india. P.41)। यसरी हेर्दा इसापूर्व भन्दा धेरै वर्षअघि हाम्रो आर्यावर्त सभ्यता फैलिएको र त्यसले विश्व सभ्यतामा पारेको प्रभावलाई कम आँकलन गर्न सकिन्न ।

प्रस्तुत विचार वामपन्थि व्यक्तित्व भट्टराईको ‘नेपाली सभ्यता ः विगत र वर्तमान’ पुस्तकबाट लिइएको हो । क्रमशः

वि.सं.२०७६ पुस १० बिहीवार १०:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट...

गण्डकी प्रदेश सभा बैठक आह्वानप्रति कांग्रेसको असहमति

गण्डकी प्रदेश सभा बैठक आह्वानप्रति कांग्रेसको असहमति

गण्डकी । नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा...

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई...

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका...

रास्वपाका सदस्य कार्की भन्छन्–सभापतिज्यू, छानविन समिति बनाएर देखाइदिउँ

रास्वपाका सदस्य कार्की भन्छन्–सभापतिज्यू, छानविन समिति बनाएर देखाइदिउँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि...

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

दाङ । दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर...