Sansar News- Online for Global Nepali

सम्बन्ध सुमधुर बनाउन यी ८ कुरामा ध्यान दिनुहोस्

संसार न्यूज़
११ महिना पहिले
सम्बन्ध सुमधुर बनाउन यी ८ कुरामा ध्यान दिनुहोस्

माया जीवनको आधार हो । जब दुवैबीच माया बढ्छ जीवन खुसीले भरिन्छ । तर, धेरैपटक हामी जानेर या नजानेर यस्ता गल्ती गरिहेका हुन्छौं, जुन हाम्रो सम्बन्धमा सम्बन्ध सुमधुर बनाउन यी कुरामा ख्याल राख्नुहोस्-

माया जीवनको आधार हो । जब दुवैबीच माया बढ्छ जीवन खुसीले भरिन्छ । तर, धेरैपटक हामी जानेर या नजानेर यस्ता गल्ती गरिहेका हुन्छौं, जुन हाम्रो सम्बन्धमा नराम्रो प्रभाव पारिरहेको हुन्छ । यस्तो गल्तीले हाम्रो जीवन पनि प्रभावित गरिदिन्छ । यसकारण यो जान्न जरुरी छ कि, सम्बन्धमा यस्ता गल्ती गर्नबाट बच्नका लागि के गर्नुपर्छ ।

गलत जानकारी दिनु-कुनैपनि सम्बन्ध विस्वासको आधारमा अगाडि बढीरहेको हुन्छ । यदि सम्बन्ध झुठको आधारमा टिकाउन खोजिएको छ भने त्यो सत्यता एकदिन बाहिर आउने र त्यसले जीवनमा ठूलो असर गर्छ भन्ने बुझ्न जरुरी छ । यसकारण आफ्ना बारेमा सबै एकैपटक नभनेपनि विस्तारै साँचो कुरा बताउदै जानु पर्छ । तपाइ आफ्नो बारे गलत कुराहरु नबताउनुहोला । साँचो कुरा तपाइको सम्बन्ध बलियो बनाउन सहयोगी हुन्छ ।

अविस्वास गर्नु-कपितपयले शंकाकै कारण, चलिरहेको राम्रो सम्बन्ध गुमाउनु परेको र ठूला दुर्घटना बेर्होर्नु परेको यथार्थता हाम्रा सामु छन् । आजभोली श्रीमान श्रीमतीको सम्बन्धलाइ सामाजिक संजालले पनि केही हदमा असर पारिरहेको देखिन्छ । सामाजिक संजालकै कारण सम्बन्धहरु टुटिरहेका पनि छन् । त्यसकारण आफ्नो साथीले सोसल साइटहरु चलाउँदा चेक गर्ने बानी गर्नु नराम्रो हो । जस्तै फेसबुक लगायत उसका म्यासेजहरु चेक गर्नु, पासर्वड माग्नु लगायतका गलत कुराहरु गर्नबाटै टाढै रहनु पर्छ । तर, सामाजिक संजालले उसको स्वास्थ्य या काममा बाधा पारिरहेको छ या यसबाट सम्बन्धमा समस्या देखिन थालेको छ भने उसलाई यस्ता कुरामा सजग गराउन जरुरी हुन्छ । आफ्नो जीवन साथीलाइ हरेक कुरामा प्रश्न गर्नु राम्रो हुँदैन ।

सम्बन्धमा लापरवाही-सम्बन्धमा आफ्नो जिम्मेवारी निभाउनुका साथै सम्बन्धको मूल्य बुझ्न जरुरी छ । सम्बन्धमा तपाई सुरक्षित भएको महसुस गर्न जरुरी छ । आफ्नो साथीलाई समय दिनुहोस् र आफ्नो कर्तव्य अनि दायित्वको राम्रोसँग पालना गर्नुहोस् । आफ्नो साथीको भावनाको कदर गर्नुहोस् । यस्तो गर्नाले तपाइको सम्बन्ध राम्रोसँग अगाडि बढ्छ ।

नकरात्मकताबाट बच्नुहोस्-आफ्नो जीवन साथीलाई कटाक्ष नगर्नुहोस् । यदि उनमा केही नराम्रा बानीहरु छन भने उनलाई माया गरेर सम्झाउनुहोस् । नकारात्मक आलोचना गर्नाले सम्बन्धमा विपरीत असर गर्दछ । आफ्नो साथी मात्र नभएर अन्यको नराम्रो आलोचनाबाट पनि बच्नुहोस् । अनलाइन या डाइरेक्टरुपमा उनको पोस्ट वा सार्वजनिक रुपमा आलोचना गर्ने गल्ती गर्दै नगर्नुस् ।

क्षमतालाई कम आंकलन नगर्नुहोस्-अन्य मानिस वा आफ्नो जीवनसाथीको क्षमतालाई कम आंकलन नर्गनुहोस् । लिंग, पद, शक्ति या अन्य कुनै आधारमा साथीको क्षमतालाई कम आंकलन नगर्नुहोस् । उनमा भएको कमीहरु पूरा गर्ने कोशिष गर्नुहोस् । राम्रो कामको सह्राना गर्नुहोस् । क्षमता वृद्धि गर्ने हौसला दिनुहोस् । गर्न सक्छौ यात फेरि गर्न सकिन्छ भन्ने हिम्मत उनमा भर्नुहोस् । यसले पनि थाहा हुन्छ कि तपाइ उनको कति ध्यान राख्नुहुन्छ र उनको कुनैपनि काममा कतिको चासो दिनुहुन्छ भन्ने ।

सम्बन्धमा खुसीको कमि हुन नदिनुहोस्-एकाआपसमा दुवैले दुवैलाई बराबर सम्मान दिनुहोस् । एकले अर्कोको अस्तित्व स्वीर्कानुहोस् । एक्लै भन्दा दुइजनामा हरेक कामहरु सहज हुन्छन् भन्ने सोच्नुहोस् । यस्तो गर्नाले एकअर्काप्रति सम्मान बढ्ने र तपाइको सम्बन्ध बलियो हुन्छ । साथै आजको भागदौडको जीवनमा दुवैले एकअर्कालाइ कसरी समय दिन सकिन्छ भन्ने सोच्नुहोस् । सम्बन्ध ताजा बनाइराख्नका लागि एकले अर्कोलाई राम्रोसँग टाइम दिनुहोस् ।

तनावबाट टाढा रहनुहोस्-अहिलेको अस्तव्यस्त जीवनमा स–सानो कुरामा पनि तनाव लिने बानी तपाइमा विकास भएको हुन्छ । यसले तपाइको जीवनमा नराम्रो असर पारिरहेको हुन्छ । तपाई तनावबाट टाढा रहन जरुरी छ । यसबाट टाढा रहनका लागि योग तथा व्यायाम निरन्तर गर्न जरुरी हुन्छ । यसको अलावा तपाइको चाहना अनुसार कुनै खेल खेल्नु वा कतै बाहिर घुम्न जानु पनि राम्रो हुन्छ ।

पुरानो घाउ बल्झाउने काम नगर्नुहोस्- पूराना गल्ती भविष्यमा सजग भएर अगाडि बढ्नका लागि अत्यन्तै उपयुक्त हुन्छ । गल्ती कुनैपनि हुन्छन् तर, गल्तीबाट केही सिकेर जीवनलाई अगाडी बढाउनुनै मानव जीवनको सार हो । कहिले पनि पुरानो गल्ती नदोहो¥याउने गरी अगाडि बढ्नुहोस् । खास गरेर आफ्नो जीवनसाथीको पूरानो साथी र उनीसँगको सम्बन्धका बारेमा नदोहो¥याइरहनुहोस् । आफूसँग जोडिएको सम्बन्ध कसरी सकारात्मकरुपमा अगाडि बढाउने भन्ने सोचेर वितेका दिनको सम्झना नगर्दा र नगराउदा नै एकअर्काको लागि राम्रो हुन्छ । नराम्रो प्रभाव पारिरहेको हुन्छ ।

सर्बाधिक पढिएको

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ३ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा २ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) २ दिन पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

मनोज गजुरेलको पूर्वपत्नि मीनाको भावुक स्टाटस – तिम्रो जीवन मेरो लागि महत्वपूर्ण छ, हार नमानिदेउ

मनोज गजुरेलको पूर्वपत्नि मीनाको भावुक स्टाटस – तिम्रो जीवन मेरो लागि महत्वपूर्ण छ, हार नमानिदेउ ३ हप्ता पहिले | संसार न्यूज़

हाँस्य कलाकार मनोज गजुरेल यतिबेला कोरोना भाइरस संक्रमणका कारण आइसियुमा…