Sansar News- Nepal's Fast Khabar Online News Portal

जैविक मलको प्रयोगले उत्पादनमा दोब्बर वृद्धि

संसार न्यूज़
४ वर्ष पहिले
जैविक मलको प्रयोगले उत्पादनमा दोब्बर वृद्धि

jabik mal

म्याग्दी (बेनी) । म्याग्दीको बेनी नगरपालिकाका ज्यामरुककोट, अर्थुङ्गे, सिङ्गा, रत्नेचौर र पुलाचौरलगायत अर्मन, भकिम्ली, बाबियाचौरसहितका एक दर्जन भन्दा बढी गाविसका किसानले रासायनिक मलको सट्टा जैविक मल प्रयोग गर्न थालेपछि कृषिजन्य उत्पादनमा दोब्बर वृद्धि भएको छ ।

केही समय अघिसम्म कीटनाशक औषधि र रासायनिक मल प्रयोग गरी खेती गर्ने यहाँका कृषक माटोको उर्वराशक्ति ह्रास हुँदै गएपछि कृषिजन्य उत्पादन (अन्न,फलफूल र तरकारी) मा कमी आएकाले रासायनिक मल प्रयोग गर्न छोडी जैविक मलतर्फ आकर्षित भएका हुन् ।

स्थानीयस्तरमा ‘गीति’ मलको नामले चिनिने जैविक मल र गाईवस्तुको गहुँतबाट बनाइएको जैविक औषधि प्रयोग गर्न थालेपछि तरकारी, फलफूल र अन्नबालीको उत्पादन दोब्बर वृद्धि भएको ज्यामरुककोटका कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो । स्थानीयस्तरमा पाइने टिमुर, मरोटी, खुर्सानी, लसुन, वनमारा र खिर्राको मुन्टाजस्ता झारपातलाई गाईवस्तुको गहुँतमा १५ दिनसम्म प्लास्टिकको ड्रममा बन्द गरी राखेपछि कुहिएर जैविक मल तयार हुने कृषकले बताएका छन् ।

जैविक मलको प्रयोगले उत्पादनमा वृद्धि मात्र होइन उत्पादित वस्तुको स्वादमा पनि निकै भिन्नता आउने र पौस्टिक पनि हुने जिल्ला कृषि विकास कार्यालय म्याग्दीका प्राविधिक श्याम क्षेत्रीले बताउनुभयो । ‘त्यतिमात्र होइन, जैविक मल र विषादीले खेतबारीमा लगाइएको बालीमा रोग र कीरासमेत नियन्त्रण गर्ने हुँदा उत्पादन बढ्छ ।’ प्राविधिक क्षेत्रीले भन्नुभयो ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण २ दिन पहिले | लोकमणि पौडेल

सत्यलाई दबाउने उद्देश्यले जब भ्रमको खेती गरिन्छ र हजारौं पटक…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…