Sansar News- Nepal's Fast Khabar Online News Portal

पाँच मुक्तक

सरोज सङ्गम, रत्नेचौर म्याग्दी हाल -युएई
८ महिना पहिले
पाँच मुक्तक

१.
जानेर कि नजानेर, खडेरीमा फसेको छ ।
एक्कासि दुःखको, मझेरीमा फसेको छ ।
सबै बुझ्दाबुझ्दै पनि, परिबन्धमा परियो,
कसम सिंगो जुनी, अधेरीमा फसेको छ ।

२.
लुटी खाने, तरिका फेरियो, नियत फेरिएन ।
धरोधर्म यि, बाँदरहरुको, हैसियत फेरिएन ।
आशा कसरी गर्नु, सुदिन आउँछ जनताको,
जसरी नि, मख्खिचुसको, कैफियत फेरिएन ।

३.
जस्ले सिंन्को भाँचेन, उ प्रगतीको कुरा गर्छ ।
कुँवामा सडेकोले, बडो उन्नतीको कुरा गर्छ ।
मगज भए किन बस्थ्यो, छिमेकीको गोठालो,
उहि मुलुक बदल्ने, नयाँ पद्दतीको कुरा गर्छ ।

४.
सत्य भन्दा असत्य मिठो, ठान्ने तिमी कस्तो ?
अरे तरुललाई पनि गिठो, ठान्ने तिमी कस्तो ?
कहाँ यो कलियुगमा, मान्छेलाई गुन पच्थ्यो र,
बास्मति चामल दिए, पिठो ठान्ने तिमी कस्तो ?

५.
कहिले लाग्छ किन यस्तो भाग्य, लेख्यो भाबिले ।
कहिले लाग्छ मेरै खुसीको छाती, टेक्यो भाबिले ।
सधै चोट पीडा आँसु रोदन, मेरै भागमा हुदाँ खेरी,
कहिले लाग्छ सहने क्षमता,म संग भेटयो भाबिले ।

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो ६ दिन पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ४ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…