Sansar News- Online for Global Nepali

पूर्वीय दर्शनको पुनव्र्याख्या : युगकै महाबहश

संसार न्यूज़
१ वर्ष पहिले
पूर्वीय दर्शनको पुनव्र्याख्या : युगकै महाबहश

उनकै भाषामा बुझ्दा सार्वजनिक यातायातमा चढ्दाखेरीको समय होस् वा खुल्ला विश्वविद्यालय स्थापनाको लागि सरकारी अड्डाहरूमा धाउँदा र ठूलाबडालाई कुर्दा उब्जेको समयमा उनले धेरै पुस्तक पढे । आफैले स्थापना गरेको संस्थामा कुनै अपनत्व नपाएपनि उनले कसैप्रति मुर्दाबाद भन्दै धारेहात लगाएका छैनन् । शायद यस्ता संघर्षकै कारण उनले आत्मिक सन्तुष्टि खोजेका होलान् । यो कृतिमा उनले जे जति विषयवस्तु पस्केका छन् र आफ्नो कोणबाट अर्थ दिने प्रयास गरेका छन् ती सबैको कुल योग सुखको खोजीमै केन्द्रीत छ ।

भौतिक विज्ञानका अन्वेषकले अध्यात्मविज्ञानको चिरफार गर्नु सहज विषय हुँदै होइन, तर ‘पूर्वीय दर्शनको पुनव्र्याख्या’का लेखक डा. प्रमोद ढकालले अध्यात्म विज्ञानलाई भौतिकवादी कोणबाट र भौतिकवादलाई आध्यात्मीक कोणबाट जोड्दै मानव सभ्यतामै नयाँ बहश चलाइदिएका छन् ।

बाग्लुङको कालिगण्डकीतिर अर्थात् जैमीनीमा जन्मिएर बिज्ञान विषयमा दख्खलता राख्दै काठमाण्डौं, भारतको रुड्की र क्यानडाको सस्काचुआज विश्वविद्यालय पुगेर विज्ञान तथा प्रविधिकै विषयमा विद्यावारिधी समेत गरेका डा. प्रमोद सुरुमै द्धन्द्धात्मक भौतिकवादप्रति चेत राख्ने व्यक्ति पनि हुन् । जीवन संघर्ष, हण्डर, ठक्कर, गोता, परेशान उनका अरु पनि होलान् नै तर उनले खुला विश्वविद्यालय स्थापना गर्न गरेको संघर्ष र त्यसमा बिताएको समयलाई उपयोग गर्दै यो निबन्ध संग्रह सिर्जना गरेका छन् । उनकै भाषामा बुझ्दा सार्वजनिक यातायातमा चढ्दाखेरीको समय होस् वा खुल्ला विश्वविद्यालय स्थापनाको लागि सरकारी अड्डाहरूमा धाउँदा र ठूलाबडालाई कुर्दा उब्जेको समयमा उनले धेरै पुस्तक पढे । आफैले स्थापना गरेको संस्थामा कुनै अपनत्व नपाएपनि उनले कसैप्रति मुर्दाबाद भन्दै धारेहात लगाएका छैनन् । शायद यस्ता संघर्षकै कारण उनले आत्मिक सन्तुष्टि खोजेका होलान् । यो कृतिमा उनले जे जति विषयवस्तु पस्केका छन् र आफ्नो कोणबाट अर्थ दिने प्रयास गरेका छन् ती सबैको कुल योग सुखको खोजीमै केन्द्रीत छ ।

उनको रचनाका सम्बन्धमा राष्ट्रकवि माधव घिमिरेले भनेका छन्–‘नेपाली समाज, संस्कृति र राष्ट्रप्रतिको प्रेम भावना जगाउँदै त्यहाँ लुकेको सत्य उद्घाटित गर्न उत्प्रेरणा जगाउने रचनाका रुपमा लिएको छु ।’ यसैगरी अध्यात्म चिन्तक प्रा.डा शिव गोपाल रीसालले ‘एक बैज्ञानिक विद्धानले पुर्वीय दर्शन, गीता, आदिको गम्भीर अध्ययन गरेर र तिनको सार बुझेर यस्तो संग्रह तयार पार्नु ठूलो तपस्याको परिणाम हो’ भनेका छन् भने डा. देवेन्द्रराज पाण्डेले ‘सुधारको चाहना सहित नेपाली समाजको विकास गर्न चाहानेलाई समेत यो कृति पठनीय’ रहेको बताएका छन् । यसैगरी त्रिविविका पूर्व उपकुलपति केदारभक्त माथेमाले विकास, प्रजातन्त्र र आधुनिकताको बहस नयाँ रुपमा चलेका बेला आफ्नै भूमिमा हुर्केका दर्शन र सँस्कृतिका बारेमा सोच्न र पुर्नविचार गर्न बाध्य बनाएर लेखकले चाखलाग्दो कृति पस्केको बताएका छन् भने समाजशास्त्री प्रा.डा चैतन्य मिश्रले ‘परीक्षण र अध्ययन गर्न बर्जित गर्ने बेद, बेदाङ्ग र धर्मशास्त्रसँग सम्बन्ध टुटेका बेला पुरातनवादीहरूको रोइलोमा नयाँ धक्का दिएर पुनव्र्याख्याको प्रयत्न गरेको’ स्विकारेका छन् । यसैगरी प्रा.डा गोविन्दराज भट्टराईले ‘वैदिक पौराणिक वाङमयको सागरमा पसेर नौनी निकाल्ने प्रयास गरिएको तथा ब्राहणलाई दान दिएर स्वर्गमा स्थान बनाउने पुरातनवादी मानसिकतामा धक्का दिँदै बौद्धिक ज्ञान, दर्शन र सँस्कृतिलाई आधुनिक विज्ञानसँग जोड्ने प्रयास हो’ भनेका छन् ।

‘विदेशमा रहेका विद्धान फर्काउने अभियानमा लागेका ढकालले विश्वका विद्धानलाई ‘नेपाली चामल खुवाउने’ जर्मको गरेको भन्दै सामाजिक चिन्तनको नविन एजेण्डासहित युग अनुकुल अनुसन्धानको विजारोपण गरेको’ भनाई डा. जर्नादन ढुंगानाले राखेका छन् । उनको पुस्तक बारे नास्टका प्राज्ञ डा. दिनेशराज भुजुले ‘थोरै समय खर्च गरेर पनि पौराणिक कथालाई ‘चेतले अध्यात्मलाई हेर्ने’ विषयमा बहश छेडेको स्विकारेका छन् । उनको यो कृतिको बारेमा खुल्ला विश्वविद्यालय बेलायतका प्राज्ञिक निर्देशक अन्ना चिल्डर्स, कवि गोविन्द विनोदी, प्राध्यापक हरिशरण उपाध्याय र गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछाने लगायतले नयाँ बहसकै रुपमा यसप्रति टिप्पणी गरेका छन् ।

५ सय पृष्ठ मोटाइको उनको यो कृतिमा १६ वटा शिर्षकका निबन्ध समेटिएका छन् । समकालिन चिन्तन, शब्द र ब्रम्ह, बुद्धि, ज्ञान र प्रज्ञा, धर्म सम्प्रदाय र परम्परा, संस्कार र कर्मकाण्ड, बैदिक दार्शनिक धारहरू र समन्वय, प्रमात्रा सिद्धान्त र वैदिक अवधारणा वैदिक दर्शन र देवी देवता, सिद्धान्त, विद्या र सरस्वती, प्रज्ञा, नेतृत्वकला र गणेश, श्री समृद्दि र लक्ष्मी, योग, रचना र शिव, शुसासनको पद्दति र विष्णु, अभय र पराक्रमी देवी : काली, बैज्ञानिक चिन्तनप्रतिको विकास , ब्रम्हा र त्रिमुर्ति दर्शन गरी १६ वटा निबन्धहरू यसमा राखिएका छन् । उनले Wheat Head लाई गहुँको टाउको भन्नुपर्नेमा ‘बाला’ मानिएको र Sister in Law लाई ‘कानुनले दिदी’ हुनुपर्नेमा सालीदेखि सोल्टीनी जनिएको जस्ता रमाइला प्रसङ्गदेखि कृष्णको मुरली र सरस्वतीको विणा सम्मका प्रसङ्ग जोडेर ज्ञान पस्केका छन् । भगवान, ईश्वर, प्रभु, आत्मा, परमात्मा देवी देवताको परिभाषा उदृत गर्दै सधै सन्तुलित र सत्यमा आधारित समृद्दिको बहस चलाएका छन् । भौतिक र आत्मिक समृद्दिको संयोजनले मात्र दीगो समृद्दि हासिल हुने उनको ठहर यहाँ पस्किएको छ ।

धार्मिक विकृति र धर्मको नाममा झुटा तर्क गर्ने परम्पराको समाप्ति गर्दै बैदिक र अध्यात्मिक दर्शनको पुनर्जागरण एवम् पुनस्र्थापनाका लागि डा. प्रमोद ढकालले ‘जैमिनी’ ले किताब पढ्न सिकाएको, ‘तपस्या’ ले लामो एकाग्रता राख्न र ‘बीउ छर्न’ ले समाजमा ज्ञान सम्प्रेषण गर्न आफ्नै बाबुको निर्देशन मानेको बताउने लेखकले विज्ञान र सत्यको खोज गर्न जिज्ञासा जागोस् भनेरै यो कृति तयार भएको बताएका छन् ।
यो कृतिको प्रकाशक विग फ्यामीली भेन्चर्स ले चिनियाँ बासको बेर्नाका रुपमा लिँदै इनार, जलाशय तथा गहिराइ र व्यापकता तथा ग्रहण, पुनर्गठन र उत्प्रेरकका रुपमा कृति आएको बताएको छ । प्रकाशकले ‘कागलाई कुहिराबाट बाहिर ल्याउने’ प्रयास यसमा भएकोसमेत जनाइएको छ ।

पुस्तकमा उनको आत्मपरक सर्घष भेटिए पनि त्यसले नेपाली समाजको सजीवता दिएको मान्न सकिन्छ । शुरुमा पढ्दा एउटा बैज्ञानिकले धर्मशास्त्रमाथि कैची चलाउने प्रयास गरेको दृश्य देख्न पनि सकिएला तर यो जति पढ्यो त्यति नयाँ किताब थपिँदै जाने र टाउको गह्रौ बनाइदिने प्रकृतिको भएकाले गहिराइमा डुब्न आँट नभएकाले किताब छुनै जरुरी छैन । तर, हाम फालेपछि नउत्रेसम्मको जोखिम मोल्न तयार भएर गहिराइमा डुबे झै विज्ञान र अध्यात्मवादको नौनी निकाल्छु भन्नेहरूलाई भने यो कृति वरदान नै छ । शुरुमा पढ्दा लेखक पनि पागल र आफू पनि पागल जस्तो अनुभूति पनि हुन सक्ला तर समग्र शष्लेषणमा यो कृति मानव मात्रको सुखका लागि दार्शनिक आधारका रुपमा देखा परेको छ । व्यक्तिगत रुपमा लेखकका सबै विचारप्रति पुरै सहमति हुन अहिले नै नसकिए पनि यो कृति महाबहश नै भन्नुमा अत्युक्ति छैन ।

सर्वाधिकार लेखक आफैमा रहेको, समा प्रिन्र्टस सैवुले छापेको र विग फ्यामली भेन्चर्सले प्रकाशन गरेको यो पुस्तकको मूल्य नेपालीमा १००० रुपैयाँ र डलर चल्ने देशमा २२ डलर राखिएको छ । १ हजार तिरेर पढ्दा शुरुमा आफैसँग झोक चलेपनि किताबको अन्तसम्म मनबुझारथ गर्ने हो भने लाखौले किन्न नपाइने ज्ञान हजारमै हासिल भएको अनुभूति हुन्छ ।

सर्बाधिक पढिएको

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु ३ दिन पहिले | संसार न्यूज़

  २ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छानौट निर्देशनालय…

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि ५ दिन पहिले | अजय खत्री

२९ पुष, काठमडौं । सेयर बजारमा पछिल्लो समय सर्वसाधारणको आकर्षण…

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण  हुनेहरुको नामावली

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण हुनेहरुको नामावली २ हप्ता पहिले | संसार न्यूज़

१९ पुस, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

प्रहरीले जारी गर्यो कार्यालय सहयोगी पदमा आवेदन दिएकाहरुका लागि यस्तो सूचना

प्रहरीले जारी गर्यो कार्यालय सहयोगी पदमा आवेदन दिएकाहरुका लागि यस्तो सूचना ३ हप्ता पहिले | संसार न्यूज़

१४ पुस, काठमाडौं । नेपाल प्रहरीले कार्यालय सहयोगी पदमा उम्मेदवार…