Sansar News- Nepal's Fast Khabar Online News Portal

गीतकार लवकुमारको गीति संग्रह ‘मायाको घर’ अमेरिकामा सार्वजनिक

संसार न्यूज़
२ महिना पहिले
गीतकार लवकुमारको गीति संग्रह ‘मायाको घर’ अमेरिकामा सार्वजनिक

१४ पुष, अमेरिका । गीतकार लवकुमार बुढाथोकीको गीति संग्रह ‘मायाको घर’ मेरिल्याण्ड राज्यको बाल्टिमोरमो बिमोचन भएको छ ।

वरिष्ठ लोकगायक प्रेम राजा महत ,नायक दिलिप रायमाझी लगायत कलाकारको सहभागिता रहेको उक्त कार्यक्रममा उपस्थित कलाकारहरुद्धारा सयुक्त रुपमा उनको ‘मायाको घर’ को बिमोचन गरिएको थियो ।

कार्यक्रमको सभापतित्व समाजसेवी,बानाकी निर्वतमान अध्यक्ष तथा लक्का जवानकि निर्मात्री अनसुया श्रेष्ठ वन्तले गरेकी थिइन् भने प्रमुख अतिथि महाबाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेम राजा महत रहेका थिए ।

 

लामो समय देखी जापान बसोबास गर्दै आएका गीतकार बुढाथोकीले अमेरिका भ्रमणको अवसर पारेर नेपाली कलाकारहरुको बाक्लो बस्ती रहेको शहर बाल्टिमोरमा आफ्नो गीती संग्रहको बिमोचन गर्ने ईच्छा भएकोले बाल्टिमोरमा कलाकार बीच आफ्नो गीति संग्रह बिमोचन गर्न सफल भएका छन् ।

डिसेम्बर २८ का दिन बाल्टिमोरमा लोर्कापण गरिएको उक्त एल्बम विमोचन कार्यक्रममा लोक गायिका एवम मोडल (प्रतिरुप ) शान्ती भण्डारीले स्वागत गर्दै गीतकार लवकुमार बुढाथोकीको छोटो परिचय दिएकी थिइन् ।

उनले बुढाथोकी जापानमा बस्दा बुढाथोकी बिभिन्न कार्यक्रम गर्ने ,चौतारी दोहोरी साँझ पनि संचालन गरेको र सन् २०१६ मा एक कार्यक्रममा लोक गायिका स्वयम् आफू (शान्ती भण्डारी) तथा लोक गायक प्रेम राजा महतलाई बोलाएको स्मरण गर्दै सहभागी हुने सबै कलाकारलाई धन्यवाद दिएकी थिइन् ।

समारोहमा गीतकार लवकुमार बुढाथोकीको बारेमा छोटो वृतचित्र मार्फत परिचय प्रस्तुत गरिएको थियो भने उक्त गीति संग्रहमा रहेका ९ वटा गीतहरु रेकर्ड्स (अभिलेखन )भएका छन्

बुढाथोकीको रचना रहेको उक्त गीतहरुमा नेपालका चर्चित गायक गायिका शिव परियार ,उदय सोताङ्ग ,मेलिना राई लगायतले स्वर दिएका छन् ।


बिमोचन कार्यक्रममा आफू निकै हर्षित भएको र कलाकारहरुको माझमा बिमोचन गर्न पाउँदा सौभाग्यशाली भएको बुढाथोकीले बताए । उनले वरिष्ठ लोकगायक प्रेम राजा महतलाई मुक्त कण्ठले प्रशंसा गर्दै म अत्यन्तै खुशी भएको अभिब्यक्ति दिए । उनले अगाडी भने गायक भएर निस्केको मानिस गीतकार भए । र कसरी गीत लेखे भन्ने कुरा आफूलाई थाहै नभएको बताए ।

गीति संग्रह कार्यक्रममा नायक दिलिप रायमाझी ,कलाकार पूजा चन्द लामा,गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाका अध्यक्ष डोलनाथ घिमिरे ,बाना अध्यक्ष सुबोध पन्त लगायतले मन्तब्य राखेका थिए ।

प्रमुख अतिथि प्रेम राजा महतले गीतकार बुढाथोकीको प्रशंसा गर्दै उनी एक कालिगढ़ अर्थात् गीतकार रहेको बताउँदै भने ‘उनले यति राम्रो घर ‘मायाको घर’ बनाए ,सुन्दर मूल ढोका छ जहाँ बाल्टिमोरका सबै कलाकार अटाउनेछन् ।’

कार्यक्रमकी सभापति वन्तले गीतकार बुढाथोकीलाई शुभकामना दिँदै सानै देखि आफूलाई पनि कलाकार हुने ईच्छा भएको तर आफू अमेरिका आउनु परेको बताईन् । उनले अगाडी भनिन्, अमेरिकामा ब्यापारमा संलग्न हुदै समाज सेवामा लागेको र हाल चलचित्र लक्का जवानमा आफूले पनि अभिनय गरेको तथा नायक दिलिप रायमाझि नायक रहेको जानकारी गराइन् ।

कार्यक्रम संचालन सुरेश दर्पणले गरेका थिए भने नायक दिलिप रायमाझी ,नायिका पूजा लामा,ईनास मेरिल्याण्ड राज्य शाखाका अध्यक्ष सृजन ताम्राकार ,नायिका मेलिना मानन्धर ,कलाकार कन्हैया सिंह ,बानाका संस्थापक अध्यक्ष मोहन थापा ,एन्जेल ब्याण्ड (संगीत मण्डल)का राजु लामा ,बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ४ हप्ता पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? २ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…