Sansar News- Nepal's Fast Khabar Online News Portal

डाँफे चरी कथा सङ्ग्रह पढेपछि

संसार न्यूज़
६ महिना पहिले
डाँफे चरी कथा सङ्ग्रह पढेपछि

बजारमा बालकथाका किताबहरु धेरै छन् । जसमध्ये “डाँफे चरी” पनि एउटा हो । यो किताब २०६७, पुस र २०७२, असार गरी दुईपटक प्रकाशित भएको छ। यसको रचनाकार छायादत्त न्यौपाने हुन् । कथानुसारका चित्र देवेन्द्र थुम्केलीका छन् । यस किताबको प्रकाशक अक्षरधाम प्रकाशन प्रालि. हो । १००१ थान छापिएको यसको कम्प्युटर सम्बन्धी काम रोशनकुमार महतले गरेका छन् ।

छायादत्त न्यौपानेका मौलिक/सम्पादित तथा बाल र प्रौढ गरी धेरै कृतिहरु प्रकाशित छन् । यो डाँफे चरी फरक शैलीको सचित्र बालकथा सङ्ग्रह हो । उनले पुतलीको बिहे, भ्यागुताको बिहे, गुराँस झुल्दै छ, म खेल्छु, केरै केरा, धर्ती मुस्कुराउँछ, मोटरसाइकलको बिहे, हजुरबाको गाउँ, आइँपाडीले दूध खायोजस्ता थुप्रै पुस्तक लेखन र सम्पादनको काम पनि राम्ररी गर्दै आएका छन् । उनको पहिलो रचना हाम्रो झन्डा शीर्षकको निबन्ध (२०४२) हो । सम्पादनमा विद्यार्थीको कलम, जम्को, राष्ट्रोद्घोष, शिक्षा सौगात, साहित्यिक अभियान, प्रतिभा प्रवाह सिर्जना र समीक्षा, वनिता पत्रिकाहरु र आख्यानकार डायमन, डायमन सृष्टि एक सिंहावलोकन, नियति चक्र विमर्श समीक्षा ग्रन्थसँगै स्मारिकाहरु पनि छन् । उनका बालसाहित्यका किताबहरु अङ्गे्रजी भाषामा अनुवाद पनि भएका छन् । यिनले कति साहित्यिक संस्थाहरुसँग जोडिएर पनि काम गरिरहेका छन् । यहाँ कुरा गर्न खोजेकोे किताब डाँफे चरीको बारेमा भन्दा लेखकले पाठकलाई रमाइलो बनाउन फरक विषय र तरिकालाई लिएर कथा लेखेका छन् । यस डाँफे चरी सङ्ग्रहका कथामा नैतिक कुरा, शिक्षा र स्वास्थ्यसम्बन्धी काम लाग्ने सल्लाहसँगै एकतामा बल हुन्छ । त्यसैले सहयोगी बन्न भनिएको छ । यसमा राखिएको “ओहोः झन्नै बाँदरले…”कथामा एकतालाई महत्त्व दिँदै भनिएको छ :
“धेरै साना मौरी मिलेर घारभरि मह थुर्पाछन् । झन् मान्छेमा एकता भयो भने त संसारै जित्न सकिन्छ ।”
हो पनि साँच्चै मानिसहरु मिलिजुली बसे सँगै काम गरे भने त संसारै जित्छन् । यस्तै देशलाई माया गर्न, वातावरण जोगाउन, अनुशासनमा बस्न, परिश्रम गरी मिठो फल खान, राष्ट्रिय चिह्नहरुको सम्मान गर्न भनी रमाइलो तरिकाले सुझाइएको छ । यस पुस्तकका कथाहरु पढ्दा मजा लाग्छ । ‘डाँफे चरी’ कथा सङ्ग्रहका कथाका पात्रहरुको सूची:
कथाको शीर्षक पात्र
जेनिसा जेनिसा, आमा, भाइ, बाबा
स्याबासी विनेश चौधरी, विद्यार्थीहरु
डाँफे चरी उमा, हजुरबा र विकास
अनिताकाकी उर्मिला, प्रेम, दीपक,अनिताकाकी, सुन्तली
वातावरण दिवस शिक्षक,विद्यार्थीहरु, गाउँलेहरु
धन्यवाद श्यामप्रसाद र बन्चरे
नयाँ जामा सबिता, रवीन्द्रमान
ओहोः झन्नै बादरले …… इत्तबहादुर, गुरु, बुबा, साथी र बाँदरहरु
कृष्ण र सुदामा ऋषि, गुरुमा, कृष्ण, सुदामा
देशभक्ति अमरसिंह थापा र साथीहरु
कथासार :
जेनिसा : छुट्टीको दिन थियो । जेनिसा आमासँग बजार गइन् । जेनिसाले आमासँग जिद्दी गरी गरी चटपटे खाइन् । उनीहरु घर फर्के । फेरि जेनिसा र भाइ रविले चाउचाउ खाए । आमाले खाना खान बोलाउँदा उनीहरुले खान मन छैन भने । छोराछोरीको यस्तो चाला देखेर बाबा आमासँग रिसाउनुभयो । जेनिसा र भाइलाई आमाले पकाएको मिठो खाना फालिने अर्कोतिर आमासँग बाबा रिसाउने कुरा राम्रो लागेन । त्यसैले अबदेखि बजारको खाने कुरा नखाने भनेर निर्णय गरे । भोलिपल्टदेखि सबै जना सँगै बसेर खाना थाले । यसो गर्दा सबैलाई रमाइलो लाग्छ ।

स्याबासीः विद्यालयको तेस्रो घण्टीपछि विनेश चौधरी सर कक्षामा मैनबत्ती र सलाई बोकेर आउनुहुन्छ । सरको हातमा ती सामान देखेर सन्दीपले, “किन ल्याउनुभएको सर ? मैनबत्ती र सलाई” भनी प्रश्न गर्छन् । पछि थाहा पाइहाल्छौ नि भनी सरले मैनबत्ती बाली एउटा कागजको टुक्रा सेकाउनुहुन्छ, कागज पूरै कालो हुन्छ । सरले हात सेकाउनुहुन्छ, हात पनि कालो हुन्छ । सरले “धुमपान नगरौँ” भन्ने पाठ पल्टाउनुहुन्छ र धुमपानले हाम्रो कलेजोलाई पनि यसरी नै कालो बनाउँछ, यसैबाट मान्छेलाई क्यान्सर रोग लाग्छ भनेर सजिलो तरिकाले पाठ बुझाउनुहुन्छ ।

डाँफे चरीः एकदिनको कुरा हो । परिवारका सम्पूर्ण सदस्यहरु मिलेर अगेनामा बलेको आगो ताप्दै गर्दा उमाले आपूmले हातमा लिएको डाँफे चरीको चित्र अगेनामा हालिदिम् भन्छिन् । हजुुरबाले चित्र हेर्नुहुन्छ । एकैछिनमा विकासले हेर्ने बित्तिकै, “यो त हाम्रो राष्ट्रिय पन्छी डाँफेको चित्र हो हजुरबा !” यसले हाम्रो देश नेपाललाई विश्वमा चिनाउँछ यसलाई अगेनुमा हाल्नु ठिक हुँदैन, “यसलाई त माया गर्नुपर्छ । यसलाई माया गर्नु भनेको हाम्रो देश नेपाललाई माया गर्नु हो” भन्दै हजुरबाले, डाँफेको चित्र भित्तामा टाँस्नुहुन्छ । सबै जनाले ताली बजाएर रमाइलो गर्छन् ।

अनिता काकी : एकदिन उर्मिला र प्रेम आँगनमा खेल्दै गर्दा दीपक आइपु्ग्छ । उसले “म पनि खेल्छु नि “भन्दा उर्मीला र प्रेमले खेल्न दिँदैन । दीपकले अनिता काकीलाई भन्छन् । अनिता काकीले मिलेर खेल्न सल्लाह दिनुुहुन्छ । दीपक जहिले पनि खेल्दा खेल्दै भाग्छ भनी कुरा लाउँछन् । दीपक अबदेखि त्यस्तो नगर्ने वाचा गर्छन् । सबै मिलेर खेल्दा रमाइलो हुन्छ । सँगै खेलेपछि मित्र भइन्छ भनेर उनीहरुलाई हौस्याउनुहुन्छ काकी । आफूले दिएको सल्लाह अनुसार उनीहरु खेलेको देखेर काकी मुमुमुसु हाँस्दै हुनुहुन्छ ।

वातावरण दिवस : वातावरण दिवसको दिन थियो । आज वातावरण दिवस भनेर विद्यार्थीले सूचना पाइसकेका थिए । सरसफाइसम्बन्धी अघिल्लो दिनको सूचनाअनुसार विद्यार्थीहरु केहीले कुचो समाते, केहीले डोको उठाए, यस्तै विभिन्न सामान समाते । विद्यार्थी साथीहरु मिलेर बस्तीभित्र पसे । विद्यार्थीले बढारेर एक–एक गरी फोहोर उठाए बाटो सफा पारे । विद्यार्थी सरसफाइमा जुटेको देखेर मान्छेहरुले थरीथरी कुरा गरे,“उनीहरुले स्कुले पोसाकमै सफाइमा उत्रेपछि अरुले पनि चासो देलान् र हाम्रो सरसफाइको महत्त्व बुझ्लान् हाम्रो प्रयास सफल होला ।” भन्दै टोलको सफाइमा त्यहीँका मानिसले ध्यान देऊन् भनेर कथाले सल्लाह दिएको छ ।

धन्यवाद : श्यामप्रसाद गोरुगाडा लिएर घाँसपात लिन जाँदै थिए । उनले रुख काट्दै गरेको देखेर गाडा रोके । उनले रुख काट्ने मान्छेसँग केही प्रश्न गरे । ती मान्छेले “मलाई गाईगोठ बनाउनुछ, त्यसका लागि काठ चाहिएर काटेको ।” छोटो जवाफ दिँदै आफ्नो काममा लागिरहे । श्यामप्रसादले ती रुख काट्ने बन्चरेलाई रुखमाथि हेर्न अग्रह गरे । उनले चराको गुँड देखे । श्यामप्रसादले उनलाई सम्झाए । ढिलै भए पनि कुरा बुझेपछि उनले रुख काट्न छाडेर श्यामप्रसादलाई धन्यवाद दिए । दुवै जना खुसी भए ।

नयाँ जामा : एकादिनको कुरो हो । बिहानको समय थियो । कुहिरो छिचोलेर घाम आँगनसम्म आइपुगेका थिए । सबिता बाख्राका पाठापाठीसित खेल्दै थिइन् । दिलीप विक कुँडे लिएर आई आँगनको डिलमा बसे । सबिताले नयाँ कुँडे देखेर आहा ! नयाँ कुँडे भन्दै समाउन गइन् । सबिताकी आमाले पानी छ्याप्नुभयो । एकैछिनपछि घरमा रविन परियारले सबिताको लागि नयाँ जामा सिलाएर ल्याए । रविनले जामा सबिताको हातमा दिए र आमाले फेरि पानी छयाप्नुभयो । सबिताले जामा डिलमुनि फालिदिइन् । यस्तो चाला देखेर सबै अचम्म परे । “छोइएका सामान कसैले घरमा राख्छ त” भनेर फालेको भन्ने जबाफ सुनेर सबै हाँसे तर सबिताको बाबा सोचमा पर्नुभयो । उहाँले “मान्छे मान्छेमा पनि छोइन्छ र ! “उहाँ आपैैmसँग सोध्नुहुन्छ । आमा फेरि पानी छ्याप्न अघिसर्दा बाबले रोक्नुहुन्छ । सबिताले नयाँ जामा लाउँछिन् । हजुरआमा कुँडे लिएर भित्र पस्नुहुन्छ ।

ओहो ! झन्नै बा“दरले…: इत्तबहादुर कक्षा पाँचमा पढ्थे । उनको पढाइ राम्रो थियो । उनलाई सबैले माया गर्थे । उनलाई खेलकुद र हाजिरीजवाफमा पनि रुचि थियो । एकदिनको कुरा हो इत्ते विना कारण रिसाए । उनलाई खेल खेल्दा जित्छु नै भन्ने घमन्ड थियो । उनको यो बानी गुरुहरु र साथीहरुलाई चित्त बुझ्दैन्थ्यो । विद्यालयको वार्षिक कार्यक्रममा आफूले भनेजस्तो भएन भनेर इत्तबहादुरले कुनै पनि खेलमा भाग लिएनन् । रिसाएर ठसक्क परेर कसैसित नबोली बसे । उनी घर जाँदा बिच बाटोमा बाँदरको हुल भेटियो । त्यसै समय एउटा बाँदरको बच्चा इत्ते देखेर डरायो । बाँदरको माउले इत्तेलाई झम्टिन खोज्यो । इत्ते डराएर हिँड्नै सकेनन् । केही समयपछि साथीहरुको आवाज सुनेर बाँदर भागे । इत्ते लजाउँदै अघिअघि लाग्छन् । घर पुग्दा भाइ नदेखेपछि बाबाले प्रश्न गर्नुहुन्छ । उनले सबै वृत्तान्त सुनाउँछन् । बाबाले उनलाई साथीहरु आएपछि बाँदर भागेको प्रसङ्ग जोड्दै एकताको महत्त्व बताउनुहुन्छ । त्यसपछि “एकलै खेलेर त रमाइलो नहुनेरहेछ । मौरीको एकताले मह थुपारेजस्तै मान्छेमा एकता भयो भने त ? संसार जितिनेरहेछ भन्ने तर्क बुझेपछि उनी खुसी भए, भाइ पनि आइपु्गे । दाजुभाइसँगै भित्र पसेर खाजा खान थाले ।

कृष्ण र सुदामा : विपिनको विद्यालयमा कक्षा दससम्म पढाइ हुन्छ । उनी कक्षा तीनमा पढ्छन् । विद्यालयमा पढाइको व्यवस्था राम्रो छ । प्रत्येक बुधबारका दिन शिक्षक वा विद्यार्थीले सुनेका र सिकेका नयाँ कुुरा सुनाउने चलनअनुसार आज विपिनको पालो छ ।
उनले सबैप्रति आदर जनाई पुराणमा आधारित कथा सुनाउँछन् :
धेरै समय अघिको कुुुरा हो रे ! कृष्ण र सुदामा सान्दिपनि ऋषिको आश्रममा गए । उनीहरुले साँझबिहान गुरु सन्दिपनिबाट पाठ सुन्थे । फुर्सद हुँदा दुवै मिलेर गुरु र गुरुआमाको सहयोग गर्थे । एकदिन ती दुवै जना दाउरा लिन जङ्गलतिर गए । गुरुमाताले दिएको खाजा लिएर जङ्गल पुगे । केहीबेर दाउरा जामा गरे । कृष्ण अलिक परै पुगेछन् । यता सुदामालाई भोकले सतायो । उनले कृष्णालाई बोलाए । टाढा भएकोले कृष्णले सुनेन् । सुदामाले खाँदा खाँदै त कृष्णको भाग पनि सकिदिए । कृष्ण आएर खाजा खाम न साथी “भन्दा पो उनलाई अप्ठेरो भयो । सुदामाले खाजा सकिएको कुरा बताए तर कृष्ण हाँसे । सुदामालाई अरु अप्ठेरो नहोस् भनेर कृष्णले ठट्टा गरे । दुई जना आश्रम पुगे । कृष्णले आफूलाई धेरै माया गर्ने कुरा सुदामाले थाहा पाए । उनीहरुको मित्रता पुराण प्रसिद्ध भयो । कथा सकेपछि गुरु र साथीहरुले विपिनलाई धन्यवाद दिए ।

देशभक्तिः धेरै अघिको कुरा हो । पीपलथोक भन्ने गाउँ थियो । त्यसै गाउँमा अमरसिंह थापा नामका बालक थिए । उनको प्रशंसा गर्ने कुरा धेरै थियो । उनी मिलनसार र सहयोगी थिए । एकदिन उनका साथीहरु बिच झगडा हुँदा उनले दुवै पक्षका कुरा सुनी, “हामी एक आपसमा लड्नु हुँदैन । “भाइ फुटे शत्रुले लुटे ” भन्ने कुरा बिर्सन मिल्छ ? हामीबिच फुट छ भन्ने थाहा पाएपछि परपरका मान्छेले मौका खोजी–खोजी हेप्छन् “यस्तै गहन कुरा गरी बुद्धिमानीपूर्ण तरिकाले झगडा मिलाएका थिए । अमरका बाबु भीमसेन थापा आफ्नो छोराको बुद्धि र साहसदेखि खुसी भएका थिए । उनले आफ्नो छोरालाई राम्रा साहसी कुराको उपदेश दिएर शासन सिकाउँदै थिए । बेलायतको चिसो हावामा हुर्केका अङ्ग्रेजलाई भारतको उरवरमाउलो गर्मीले सताइरहेको थियो । उनीहरुले शीतल हावापानी भएको नेपालमाथि आँखा लगाई, सिमाना भत्काएर प्रवेश गर्न खोजेको कुरा अमरसिंहलाई थाहा हुन्छ । अमर सिंहले युद्धको लागि तयारी गर्छन् । अङ्ग्रेज सेना आधुनिक हातहतियारयुक्त थियो तर पनि अमरसिंह घरेलु हतियारसँगै बहादुरीका साथ लडे र सेनाले पनि उनको साथ छाडेन । अमरसिंहको युद्ध कौशल र अदम्य साहस देखेर अङ्ग्रेजहरु डराए । देशको स्वाभिमान उठाउने यस्ता थुप्रै्र काम गरे । विदेशीले पनि उनको प्रशंसा गरे उनी नेपाल आमाका असल सन्तान बनेर इतिहास प्रसिद्ध भई अमर भएको सन्देश पाइन्छ ।

भाषा शैली : भाषा भनेको यस्तो शस्त्र हो, जसको मदतले फाँसी हुन लागेको व्यक्तिले पनि आफूले आफैलाई बचाउन सक्छ । मानिसहरुले भाषा शैलीमार्फत एकआपसी अप्ठेराबाट तार्किक ढङ्गले सहज निकास पहिल्याउन सक्छन् । जसको सहयोगले एकअर्कालाई बुझ्न सकिन्छ । थाहा भएकै कुरा भाषा शैलीलाई किताब अर्थात् अक्षरमा रुपान्तर गरी जतिखेर पनि पढ्न सक्छौँ । यस डाँफे चरी किताबमा भएका बालकथा सङ्ग्रहमा प्रयोग गरिएको भाषा शैली सरल छ । हाम्रै जीवनमा प्रयोग हुँदै आएका शब्दहरु प्रयोग गरिएको छ । यसको भाषा शैली बच्चाको जस्तै छ । यो बच्चाको मनोविज्ञानलाई बुझेर लेखिएको हो जस्तो छ । यसले चल्तीका शब्द भाषाशैलीको प्रयोग गरी कथाका मार्फत नैतिक शिक्षा दिन खेजेको छ ।

उद्देश्य : अहिलेको समयमा हामीले व्यावहारिक, उद्देश्यमूलक, रोजगरमूृलक शिक्षा दिएर राष्ट्र, राष्ट्रियताको उन्नति गर्न नैतिक तथा वातावरण शिक्षामा ध्यान दिन विद्यालयहरुलाई पनि आग्रह गरिएको छ । विद्यालयमा पढाउने किताबहरु बाहेक पनि किताब पढ्दा रमाइलो हुने र व्यवहारमा चाहिने जानकारी पाइने गरी डाँफे चरीका कथाहरु लेखिएको पाइन्छ ।

लेखक : रत्नराज्य स्कुलको विद्यार्थी हुनुहुन्छ ।

(छायादत्त न्यौपाने बगर र उनका भाषा साहित्यिक कृतिहरूलाई विषय बनाएर ५९ जना समालाृचकद्वारा लेखिएको वाङ्मयसेवी छायादत्त समालोचना सँगालोबाट क्रमश: प्रस्तुति गरिएको छ )

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…