Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपालको राजनीतिक आन्दोलनमा भारतीय प्रभाव

संसार न्यूज़
३ महिना पहिले
नेपालको राजनीतिक आन्दोलनमा भारतीय प्रभाव

राजा महेन्द्रको २०१७ सालको कदमपछि नेपाली कांग्रेसका थुप्रै नेता तथा कार्यकर्ताहरुले भारतमा आश्रय लिएका थिए । भारतीय भूमिबाट कांग्रेसले वर्ष १९६१ को अन्ततिरबाट भारतको सीमासित जोडिएका नेपाली भूभागहरुमा तारन्तार सशस्त्र आक्रमणका घटनाहरु घटाएको थियो । यसै क्रममा जनवरी १९६२ मा जनकपुरमा राजा महेन्द्रलाई लक्षित गरी बम प्रहार गरिएको थियो । तर विश्व र स्वयं एसियाको पनि तीव्र गतिले बदलिंदो राजनीतिक परिस्थितिका बीचमा नेपाली कांग्रेसलाई भारतीय भूमि प्रयोग गरी नेपाल विरुद्ध छापामार हमलाहरुलाई निरन्तरता दिन सम्भव भएन ।

राजा महेन्द्र राष्ट्रवादी र सच्चा देशभक्त थिए । अन्तर्राष्ट्रिय स्तरमा उनको कद र व्यक्तित्व नेहरुको भन्दा कमजोर थिएन । भारतको इच्छाविपरीत उनको कार्यकालमा विश्वका धेरै मुलुकहरुसँग कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धको दायरा फराकिलो पार्दै नेपाल संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अस्थायी सदस्य बन्न सफल भएकै बेला भारतीय सैन्य मिशन नेपालबाट १८ जुन १९७० मा फिर्ता भएको थियो ।

नेपालमा ०७ साल देखि आजसम्म भएका आन्दोलनहरु मुख्यतः यसप्रकार रहेका छन् :
– २००७ (सन् १९५०–५१) सालमा नेपाली कांग्रेसले लोकतन्त्र स्थापनाका लागि सशस्त्र संघर्षको आरम्भ गरेको थियो ।
– नेपाली कांग्रेसले पुनः २०१७ (सन् १९६१) सालमा प्रजातन्त्रको पुनर्बहालीका लागि हतियार उठाएको थियो ।
– त्यसैगरी २०३१ (सन् १९७५) सालमा पार्टीले तेस्रोपटक लोकतन्त्रको पुनस्र्थापनाका लागि हतियार उठाएको थियो ।
– चौथोपटक २०४६ (सन् १९९०) सालमा नेपाली कांग्रेसले बहुदलीय व्यवस्थाका लागि आन्दोलनको नेतृत्व गरेको थियो ।
– सन् १९९६ देखि माओवादीले जनयुद्धको सूत्रपात गरेको थियो ।
– ०६२–६३ मा जनआन्दोलन र त्यसलगत्तै मधेश र थारु आन्दोलन अगाडि बढेको थियो ।
– ०७३ मा मधेश र जनजाति आन्दोलनको पुनः उठान भएको थियो ।
माथि उल्लेख भएका पृथक–पृथक अवधिका आन्दोलनहरु सामान्यतः एक–अर्कासित असम्बन्धित जस्ता देखिन्छन् । पहिलो सशस्त्र संघर्षको उद्देश्य नेपालमा राणा शासनको समाप्ति थियो । दोस्रोको उद्देश्य राजा महेन्द्रले खारेज गरेको प्रजातन्त्रको पुनर्बहाली थियो । तेस्रो आन्दोलनको उद्देश्य पनि प्रजातन्त्रको पुनर्बहाली नै थियो । र, चौथो आन्दोलन संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको नारामा अगाडि बढेको थियो । पाँचौं चरणको माओवादी जनयुद्ध मुलुकमा जनवादी गणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ आरम्भ भएको थियो । त्यसपछिका आन्दोलनहरु मधेशी–थारु तथा आदिवासी–जनजातिहरुलाई अधिकार दिनुपर्ने मागमा केन्द्रित रहेका थिए ।

उल्लेख्य आन्दोलन भिन्न–भिन्न कालखण्ड र प्रायशः पृथक–पृथक सन्दर्भमा उठेका आन्दोलनहरु भएता पनि ती सबै आन्दोलनका पछाडिको एउटा स्थायी पक्ष छ :  त्यो हो लोकतन्त्रको स्थापना/पुनस्र्थापना अथवा गणतन्त्रको स्थापनाको नाममा नेपाललाई भारतीय प्रभाव भन्दा बाहिर जान नदिनका लागि हुने भारतीय हस्तक्षेप । अन्य मुद्दाहरुका अतिरिक्त, नेपाली जनताले विभिन्न समयमा आफ्ना अधिकार र मागहरुलाई लिएर गर्ने आन्दोलनहरु भारतको नेपाल–रणनीतिका महङ्खवपूर्ण अस्त्र बन्ने गरेका छन् । भारतका तर्फबाट नेपाललाई अस्थिर बनाइराख्नका लागि नेपालका बजारमा उपलब्ध भारतबाट निर्यात हुने वस्तुहरु जस्तै विभिन्न प्रकारका आन्दोलनहरु पनि त्यहाँबाट ‘निर्यात’ हुने गरेका छन् ।

नेपालमाथि प्रयोग हुने दोस्रो अस्त्र पारवहन
भारतले नेपाललाई आनो नियन्त्रणमा लिनका लागि लोकतन्त्र र राजनैतिक परिवर्तनको एजेन्डाका अतिरिक्त व्यापार र पारवहनको विषयलाई अर्को निर्णायक अस्त्रका रुपमा प्रयोग गर्दै आएको छ । भारतले भने अनुसारको राजनीतिक सुधारका लागि नेपाल सहमत नहँुदा वा नेपालले स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकका रुपमा आफ्नो समुद्रसम्मको मार्गमा पुग्ने अधिकारको प्रयोग गर्न खोज्दा उसले जहिल्यै व्यापार र पारवहनको अस्त्र प्रयोग गरी नेपाललाई झुकाउन सफल भएको छ । ०२७ सालको संक्षिप्त नाकाबन्दी, ०४६ सालको नाकाबन्दी र ०७२ सालको नाकाबन्दी यसको द¥हो प्रमाण हो ।

यसका अतिरिक्त भारतले नेपालमा अस्थिरता सृजना गर्नका लागि मानव ढालका रुपमा भारतीय नेपालीहरुलाई समेत प्रयोग गर्ने गरेको छ । पूर्वाेत्तर भारतबाट हजारौं नेपालीहरुलाई विदेशी भगाऊ अभियान अन्तर्गत अवैधानिक आप्रवासीको बिल्ला भिराएर सन् सत्तरी र असीको दशकमा नेपाल पठाइनु भारतको त्यसै नीतिको परिणाम हो । बेलाबेलामा भारतले भनेको नेपालले नमान्दा भारतले कथितरुपमा पालेका ६० लाख नेपालीहरुलाई नेपाल पठाइदिने भनेर नेपाललाई विविध माध्यमबाट दिएको धम्कीबाट यो स्पष्ट हुन्छ ।
भारतको नेपाल–नीतिका मुख्यतः यी उद्देश्य रहेका छन् :
१. सुरक्षा २. जलस्रोत ३. बजार ।
उपरोक्त उद्देश्यहरु हासिल गर्नका लागि प्रचार यन्त्रको भरपूर प्रयोग गर्नु र भारत नेपालको सान्टाक्लाज भएको कथा तयार पारिराख्नु भारतको नेपाल– नीतिको अभिन्न अंग हो । अगाडिका अध्यायहरुमा यसलाई विस्तारमा प्रकाश पार्ने प्रयत्न गरिएको छ । सर्वप्रथम इतिहासको सन्दर्भ ।
२०१७ साल र त्यसपछिको अवस्था
२०१७ मा राजा महेन्द्रले बहुदलीय व्यवस्था खारेज गरी निर्दलीय पञ्चायती व्यवस्था लागू गरेका थिए । बीपी कोइरालासहित मन्त्रीमण्डलका सबैजसो सदस्यहरुलाई गिरफ्तार गरिएको थियो । भारतमैत्री सरकारको बर्खास्तीका पछाडि राजा महेन्द्रको स्पष्ट सन्देश थियो कि अब उप्रान्त नेपालको आन्तरिक मामिलाबाट भारत टाढै रहोस् । नेपाली कांग्रेसका महङ्खवपूर्ण नेताहरु र सैकडौं कार्यकर्ताहरुको गिरफ्तारीका बावजूद प्रतिकूल घरेलु र अन्तर्राष्ट्रिय परिस्थितिका कारण भारतले राजाको अलोकतान्त्रिक कदमको धेरै राजनीतिकरण गर्न सकेको थिएन । भारत एकातिर आन्तरिक गृहकलहबाट ग्रस्त थियो भने अर्कोतिर उसको चीनसितसमेत सम्बन्ध तनावपूर्ण बन्दै गएको थियो । सीमा विवाद चर्किदैं गएपछि १९६२ मा दुवै मुलुकबीच युद्ध भएको थियो । त्यस युद्धमा भारतले नराम्रो पराजय बेहोर्नु परेको थियो । यी सबका बावजूद भारत १९६५ मा नेपालको सुरक्षा मामिला आफ्नो हातमा लिन राजा महेन्द्रलाई सहमत गराउन सफल भएको थियो ।
१९६४ मा जवाहरलाल नेहरुको निधन भएपछि नेपालप्रतिको भारतीय आक्रामकता कमजोर बनेको थियो । १९६५ मा भारत र पाकिस्तानबीच युद्ध भएपछि भारतको अवस्था झनै संकटपूर्ण बन्न पुगेको थियो । दक्षिण एसियाका दुवै महत्वपूर्ण मुलुकहरु पाकिस्तान र नेपालसित एकैपटक शत्रुता मोल्नु भारतका लागि लाभदायक थिएन । यो अवस्थामा भारत र नेपालबीच मैत्रीपूर्ण सम्बन्ध कायम हुन गएको थियो । राजा महेन्द्रको राष्ट्रिय र अन्तर्राष्ट्रिय रंगमञ्चमा निर्माण भएको ओजिलो छवि र उनको कूटनीतिक कौशलले यसमा महत्वपूर्ण भूमिका खेलेको थियो । राजा महेन्द्रको २०१७ सालको कदमपछि नेपाली कांग्रेसका थुप्रै नेता तथा कार्यकर्ताहरुले भारतमा आश्रय लिएका थिए । भारतीय भूमिबाट कांग्रेसले वर्ष १९६१ को अन्ततिरबाट भारतको सीमासित जोडिएका नेपाली भूभागहरुमा तारन्तार सशस्त्र आक्रमणका घटनाहरु घटाएको थियो । यसै क्रममा जनवरी १९६२ मा जनकपुरमा राजा महेन्द्रलाई लक्षित गरी बम प्रहार गरिएको थियो । तर विश्व र स्वयं एसियाको पनि तीव्र गतिले बदलिंदो राजनीतिक परिस्थितिका बीचमा नेपाली कांग्रेसलाई भारतीय भूमि प्रयोग गरी नेपाल विरुद्ध छापामार हमलाहरुलाई निरन्तरता दिन सम्भव भएन ।

चीनको भारतलाई चेतावनी
५ अक्टोबर १९६२ मा चिनिया उपप्रधानमन्त्री तथा विदेश मन्त्रीे चेन यिले नेपाल र चीनबीच सम्पन्न सीमा–सम्झौताको प्रथम वर्षगाँठको अवसरमा पेकिङमा आयोजित भोजमा विदेशी सेनाले नेपालमाथि हमला गर्ने मूर्खता गरेमा चीनले नेपालको पक्ष लिनेछ भन्ने वक्तव्य दिएका थिए ।

त्यसै वर्ष २० अक्टोबरदेखि चीन र भारतबीच युद्ध छेडिएको थियो । चिनिया विदेशमन्त्रीको उक्त वक्तव्य भारतले नेपाली कांग्रेसमार्फत् लोकतन्त्रका नाममा नेपाल विरुद्ध छेडेको छद्म युद्धसमेतलाई ध्यानमा राखेर भारतलाई दिइएको चेतावनी थियो । भारतले लोकतन्त्रको नाममा यसपटक पनि सन् १९५० तिर जस्तै नेपालमा अस्थिरता सृष्टि गर्ने र नेपाललाई आफ्नो नियन्त्रणमा लिने उद्देश्यका साथ नेपाली कांग्रेसमार्फत् आफ्ना गतिविधिहरु अगाडि बढाएको थियो । त्यस अतिरिक्त भारतले यस अवधिमा नेपालमाथि नियन्त्रित आर्थिक नाकाबन्दीसमेत लगाएको थियो । आर्थिक नाकाबन्दीको यो अस्त्र भारतले नेपाललाई झुकाउन पहिलो चोटि प्रयोगमा ल्याएको थियो । तर भारत र चीनबीच युद्ध सुरु भएपछि (२० अक्टोबर १९६२–२१ नोभेम्बर १९६२) भारतले नेपाल विरुद्धको नाकाबन्दीे हटाएको थियो । यसका साथै सम्भवतः भारत सरकारको निर्देशनमा नेपाली कांग्रेसका नेता सुवर्ण शमशेरले १९६२ को अन्तमा सैन्य गतिविधिहरु पूर्णरुपमा बन्द गरेका थिए । मन्त्रीमण्डल विघटन गर्ने महेन्द्रको कदमलाई नेहरुले खेदजनक बताएका थिए । साथै उनको यो पनि कथन थियो कि नेपालका घटनाहरुमाथि आलोचना गर्ने काम मेरो होइन ।

उनी चीन र अमेरिकाको द¥हो समर्थन जुटाउन सफल भएका राजा महेन्द्रलाई थप चिढाउने पक्षमा थिएनन् । नेहरुको उपरोक्त कथन सन्तुलित देखिएता पनि भारतीय सञ्चारमाध्यम र विभिन्न दलका भारतीय नेताहरु नेपाल विरुद्ध आक्रामकरुपमा प्रस्तुत भएका थिए । मुख्य नेतृत्व लचिलो हुने र अन्य पक्षहरुलाई कठोर रुपमा प्रस्तुत गराउने भारतीय कूटनीतिको यो आफ्नै विशेषता थियो ।
राजा महेन्द्र राष्ट्रवादी र सच्चा देशभक्त थिए । अन्तर्राष्ट्रिय स्तरमा उनको कद र व्यक्तित्व नेहरुको भन्दा कमजोर थिएन । भारतको इच्छाविपरीत उनको कार्यकालमा विश्वका धेरै मुलुकहरुसँग कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धको दायरा फराकिलो पार्दै नेपाल संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अस्थायी सदस्य बन्न सफल भएकै बेला भारतीय सैन्य मिशन नेपालबाट १८ जुन १९७० मा फिर्ता भएको थियो ।

यो त्यस्तो कालखण्ड थियो जतिबेला नेपालले आफूलाई भारतीय प्रभावबाट मुक्त गर्दै चीन र भारतबीच समदूरीका आधारमा मैत्रीपूर्ण सम्बन्ध कायम गर्न सफलता हासिल गरेको थियो । नेहरुको नेपाल–नीति ब्रिटिश भारतको भन्दा पनि अझै उग्र रहेको पृष्ठभूमिमा महेन्द्रले हासिल गरेको यो ठुलो उपलब्धि थियो । १९६१–६२ तिर नेपाली कांग्रेसलाई सीमावर्ती क्षेत्रमा सशस्त्र आक्रमणहरु गर्नका लागि मौन समर्थन दिए जस्तै १९६९–७१ को अवधिमा पनि भारतको नेपालप्रतिको रवैया कठोर रहेको थियो । यस अवधिमा भारतमा शरण लिएका बीपी कोइराला पञ्चायत शासन विरुद्ध पुनः सक्रिय बनेका थिए । दुवै मुलुकबीच राजनैतिक तथा आर्थिक समस्याहरु देखा परेका थिए ।

(प्रस्तुत विचार पन्तको ‘नेपाल भारत र छिमेक” पुस्तकबाट क्रमश : प्रस्तुत गरिएको छ । )

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

अमेरिकामा कोरोनाको कहरः के भन्छन् त अमेरिकाका नेपाली अगुवाहरु ?

अमेरिकामा कोरोनाको कहरः के भन्छन् त अमेरिकाका नेपाली अगुवाहरु ? २ दिन पहिले | संसार न्यूज़

२६ चैत, अमेरिका । डिसेम्बरको अन्तिम सातातिर चीनको वुहान प्रान्तबाट…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…