Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपाली सभ्यता र राष्ट्रियता

संसार न्यूज़
३ महिना पहिले
नेपाली सभ्यता र राष्ट्रियता

नेपाल विश्वमान चित्रमा दक्षिण एसियाको एक सभ्यताशील राष्ट्र हो । हिमालय पर्वतको दक्षिण काखमा रहेको एक स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो । यद्यपि नेपाल राष्ट्रको सङ्गठन विघटन हुँदै आएको छ । संसारकै धेरै राष्ट्र र समाज उथलपुथल, सङ्गठन र विघटन हुँदै आएका छन् । नेपालको इतिहास वास्तवमा सघन रूपमा खोजविन गरेर लेखिएको छैन । खासगरी भारत वर्षमा ब्रिटिस साम्राज्यको प्रवेशपछि आफ्नो उपनिवेश विस्तार गर्ने सिलसिलामा अङ्ग्रेजहरूले त्यसबेलाको नेपाल राष्ट्रसँग सम्बन्ध गाँसे । तत्कालीन अवस्थामा नेपाली जातिको वीरता र लडाकुपनसँग डराएर नेपाललाई पूरै उपनिवेश बनाउनै त सकेनन् ब्रिटिसहरूले । नव उपनिवेशको रूपमा राखेर भारतवर्षका ससाना जनपद र राज्यहरूलाई आफ्नो अधिनमा राख्न तत्कालीन शासक वर्गसँग केही मात्रामा सुलह चाहिँ गरेका थिए । यसै सिलसिलामा अङ्ग्रेज विद्वान्हरू– ह्यामिल्टन, एट किन्सन, कर्क प्याट्रिक लगायतले नेपाल राज्यको सङ्गठन, विघटन र पुनरएकीकरणको इतिहास लेखेका छन् । त्यसमा पनि जनताको रहन–सहन, रितीस्थिति, र ससाना जनपदको सभ्यताको विकास र खोज गरिएको छैन । खाली तत्कालीन अवस्थाका बाइसे–चौबिसे राज्य र पूर्वमा किराँत राज्यको, पृथ्वीनारायण शाहको गोर्खा राज्यको मात्र थिए । अर्को एकीकरण अभियान सञ्चालन गरेपछि उनको सफलता विफलताका बारेमा मात्र विवरणात्मक (Descriptive) इतिहास लेखेका हुन् र त्यसैलाई आधार मानी पछिका शाह वंश र राणा वंशले आफ्नो गौरवगाथा गाउने खालका मात्र इतिहास लेख्न लगाएका हुन् ।

नेपाली समाज र सभ्यता कति पुरानो हो जनताको गौरवगाथा, उत्पादन पद्धति, उत्पादन पछिको वितरण पद्धति, समाज सञ्चालनको नियम, पद्धति, जात भाषा, धर्म, संस्कृतिको गहन अध्ययन र खोज गरिएको छैन । आधुनिक कालमा पनि खाली विदेशी सोच र विचार अनुसार समाज, बुद्धिजीवी वर्ग, राज्य सञ्चालन गर्ने वर्ग पनि तदर्थवाद (Adhochism) मा आधारित भएर चलेको र गहन र जिम्मेवारीपूर्ण सोचको विकासै नभएको अवस्थाले हाम्रो यो विश्वकै पुरानो सभ्यता भएको राष्ट्र र समाज विघटनको अवस्थामा पुगेको छ । हुन त संसारकै नियम हो क्रान्ति, परिवर्तन, गठन–विघटन यी त प्राकृतिक कुरा हुन् । मानव सभ्यताको विकासमा राष्ट्रहरू सृजना भए । समाज, भाषा, संस्कृतिको आ–आफ्नै पाराले तत्तत् ठाउँको भौतिक तथा सामाजिक परिवेश अनुसार भएका छन् । त्यो स्वाभाविक होला तर क्रान्ति र परिवर्तनपछि परिवर्तन गर्ने वाहक संस्था र संस्थाको नेतृत्व यदि पारदर्शी र जनमुखी भएन भने त्यो राष्ट्र, समाज र त्यहाँका जनताले दुःख पाउँछन् ।

पौराणिक कालमा पनि नेता र खलनायक हरेक युगमा थिए– शिव सभ्यता, रामायण, महाभारत, बुद्ध–महमद (पैगम्बर महमद), क्राइस्ट जुनसुकै कालमा पनि राम्रो गर्ने र नगर्ने भइहाले । शिवको कालमा भष्मासुर र महिसासुर, रामायण कालमा रावण, महाभारत कालमा कंश, र दुर्योधन त छँदै थिए तर तिनको सारवस्तुमा ती सबै कालमा शिवपार्वती (अम्बिका), रामचन्द्र, लक्ष्मण, हनुमान, सुग्रिव (रामायण काल), र कृष्ण र अर्जुन वा बलराम (महाभारत काल) मा राम्रा काम गर्ने थिए । क्राइस्ट र महमद कालमा पनि राम्रा काम गर्ने र खलनायक गर्ने पात्र त छँदै थिए । तर आज नेपाली पौराणिक सभ्यता जो आर्यावर्त सभ्यताले चिनिन्छ– लाई हृदयदेखि नै मनन गरेर बचाउने र नेपाली जातिको उत्थान गर्ने मानिस आजको अवस्थामा खाँचो परेको छ, जो सत्य हो । तर शिव– बुद्धदेखि शङ्खधर साख्या, फाल्गुनानन्दबाट– जनक– विराट, शाक्य वंश वा अंशुवर्मा (लिच्छवी स्वर्ण काल) वा मल्ल वंशका प्रताप मल्ल वा त्यस अघिका यलम्बर, पछिका पृथ्वीनारायण शाह विशे नगर्ची, मणिमुकुन्द सेन, अमरसिंह थापा, भिमसेन थापा, वीर बलभद्र कुँवर, कालु पाण्डे, बहादुर शाह, वीर भक्ति थापा, देव शंशेर वा पुष्पलाल वा वि.पी. कोइरालासम्म नेपाली राष्ट्रियता र सभ्यताका पहरेदार यो समाजमा नआएका होइनन् । स्रष्टाहरूमा– महाकवि विद्यापतिदेखि भानुभक्त आचार्य, मोतिराम भट्ट, सिद्धिचरण श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा (आधुनिक काल) र पौराणिक कालमा– वेदव्यास, यज्ञ वल्क्य, वाल्मीकि, गार्गी र चरक जस्ता विद्वान्् ऋषिमुनि कहलाइएका मानिस पनि नेपाली सभ्यताका प्रतीक हुन् ।

हाम्रो सभ्यता हिजो मानसरोवरबाट ककेसियासम्म पुगेको थियो । त्यसपछि गठन विघटनमा खुम्चिँदै आयो । सबभन्दा पछि पनि हाम्रा पूर्वजहरू बहादुर शाह, अमरसिंह थापा, वीर भक्ति थापा, बलभद्र कुवँर र भिमसेन थापाजस्ता कुशल प्रशासकले टिष्टादेखि काँगडासम्म पु¥याएकै हुन् । हिमालयदेखि गङ्गा नदीसम्म आजको लखनौ, हाजीपुर, पटना आधा, हरिद्वार सम्पूर्ण हाल भारतको उत्तराञ्चल नेपाली सभ्यता र नेपाल राष्ट्रको सिमानाभित्र पर्दथ्यो । पछि दरवार भित्रको विलासिता र शक्ति सङ्घर्षले हामी सुगौली सन्धिमा खुम्चनु प¥यो । आज त्यही खुम्चिएको नेपालको पनि अथाह सिमाना मिचिएका छन् । पौराणिक सभ्यताको विखण्डन फेरि सङ्गठन हुँदै आएको हाम्रो राष्ट्रियता र सभ्यतालाई हामीले आजको २१ औँ शताब्दीको युगमा पश्चिमा संस्कृतिको विरूप पूजीँवादी शोषण, अन्याय, अत्याचार र हाम्रो पूर्वीय सहिष्णु सबभन्दा बढी लोकतान्त्रिक सनातन संस्कृतिलाई बचाउन पश्चिमाको प्रदूषण (Pollution) बाट मुक्त नगर्ने हो भने आज विखण्डन हुनै लागेको हाम्रो सभ्यता, संस्कृति, समाज र राष्ट्रलाई हाम्रा पूर्वजले अँगालेको गौरवमय सभ्यता र संस्कृतिको जगेर्ना गर्दै, त्यसलाई परिमार्जित गर्दै, जनपक्षीय बनाउँदै, व्यापक प्रचार–प्रसार गर्नु सिवाय अर्को उपाय छैन । यसको जगेर्ना गर्न, प्रचार–प्रसार गर्न आधुनिक विज्ञानसँग हाम्रो पुरानो सभ्यतालाई आत्मसात गर्दै जोगाउनु पनि अति आवश्यक भएको छ ।

शिव संस्कृति जहिले पनि शोषणको विरोधमा छ । यो पद्धतीको पक्षमा छ, ज्ञानको पक्षमा छ । जुन संस्कृतिबाट रामायण सभ्यता, बुद्ध सभ्यता अझ भन्ने हो भने पैगम्बर महमद र जेसेस क्राइस्टले पनि शिव संस्कृतिकै अङ्ग र पद्धतीलाई पछ्याएका छन् । जुन ज्ञान आर्जन र ज्ञानलाई समाज सञ्चालन, समाजको अन्तरविरोध सञ्चालन, समाज र प्रकृतिबीचको अन्तरविरोध सञ्चालन, मानव सभ्यताको विकास, निर्माण, संरक्षण, सम्बर्धनका निम्ति अति आवश्यक छ र लिनु जरुरी छ । यसलाई वैज्ञानिक रूपमै ज्ञानको व्याख्या गर्दै शिव गीतामा भनिएको छ–
नंकर्मणा मनुष्ठानैर्न दानैस्तपसायी वा
कैवलं लभते मत्र्य किन्तु ज्ञानेन केवलम्”३

३. शिव गीता, (हिन्दी टिका सहित): पृ. ३, खेमराज कृष्णदास प्रकाशन ।

अर्थात काम गरेर वा दान दातव्य गरेर मानिसको मुक्ति हुन्छ । मनिसको मुक्ति त्यसबेला हुन्छ जुन बेला उसले ज्ञान प्राप्त गर्छ । अझ अर्को अर्थमा भन्दा मानिस त्यतिबेला सक्षम हुन्छ, जुनबेला उसले समाज, राष्ट्र, देश, विश्व र प्रकृतिको सञ्चालनको ज्ञान प्राप्त गर्दछ । आज जति विज्ञानले प्रगति गरेको छ मेसिनहरूको आविष्कार भएको छ, ती सबै मानिसले व्यवहारमा प्रयोग गरेका अनुभव र त्यसको लिपिवद्ध सँगालोबाट हो । भौतिक विज्ञानलाई लक्षित गर्दै शिव गीतामा भनिएको छ–

“चचाल वशुधा घोरं पर्वताश्च चकम्पिरे ।
तत् क्षणेन शीतांसुशीतलं तेज आयतत् ।।
अर्थात पृथ्वी चलायमान, पर्वत कम्पित हुन्छ, त्यसपछि एकै छिनमा उक्त तेजले चन्द्रमाको जस्तो शितलता आउँछ ।४

४. शिव गीता, पृ. ३६ ।

यसरी हाम्रो देशको सभ्यताको प्रतीक शिव मिमांसामा पृथ्वी चलायमान छ यसले सूर्यलाई परिक्रमा गर्दछ भन्ने कुरा उल्लेख गरेको छ । भनिन्छ पूर्वीय अर्थशास्त्र भनेको अथर्ववेद हो र यसैका आधारमा भारत वर्षमा आचार्य विष्णुगुप्त चाणक्यले सरल भाषामा कौटिल्य अर्थशास्त्र लेखेका थिए । जुन आजको किन्स, रिकार्डो, स्यामूलसन र माक्र्सभन्दा कम छैन । विज्ञानको विकासमा ग्यालिलियो, आर्किमिडिज र अलवर्ट आइन्सटाइनलाई आधुनिक समाजमा मोडेल व्यक्ति मानिन्छ– यिनले पनि त्यसबेलाको शिव, बुद्ध मिमांसा, सामवेद र अथर्ववेदबाट लिएको होइन भनेर कसैले व्याख्या विश्लेषण गरेको छैन ।

त्यसैले हामी यो सहजै अनुमान गर्न सक्छौँ कि हाम्रो पूर्वीय दर्शनका पात्रहरू रावण र कुवेर पुलस्त्य ऋषिका नाति थिए र तिनले त्यसबेला रामायण युगमै विमान बनाएका थिए । फेरि पनि ती विज्ञान र प्रविधिमा अगाडि थिए भन्न सकिन्छ । खाली तिनको स्त्रीलम्पटता र विलासी घमण्डी जीवनशैलीलाई रामचन्द्रले चूर्ण गरेको देखाइएको छ । यद्यपि जनताभन्दा ठूला आफ्नी रानी र आफ्ना सन्तान पनि हुँदैनन् भन्ने कुरा राजा रामचन्द्रले सीता र उनका छोरा लवकुशलाई त्यागेबाट थाहा हुन्छ । यसबाट कुनै राजा–महाराजा, आधुनिक युगमा दलहरू र दल विशेषका नेताले सादा जीवन उच्च विचार राख्दै जनताको पक्षमा अहोरात्र खट्नु पर्दछ भन्ने कुराको शिक्षा रामायण युगबाट पाइन्छ । महाभारत युगमा पनि दुर्योधनको घमण्ड र धृतराष्ट्रको पुत्रमोहले विद्रोह जन्माएको कुराबाट आजका शासक वर्गले राम्रोसँग सिक्नुपर्ने कुरा उल्लेख छ । यसको अलावा बुद्ध दर्शनले पनि समाजको समृद्धि र गरिबीको अन्त्य गर्दै मानवले प्रकृतिलाई बचाउने र उपयोग गर्ने कुरा नै उल्लेख गरेको छ । पछिका धर्म संस्कृति पैगम्बर महमदको र जेसस क्राइस्टको शिक्षा पनि अत्याचार अन्यायको विरोध गर्नु र समाजको शोषणको अन्त्य, घमण्डीपनको अन्त्य, नरमपना, मृदुभाषा, मानव हित, जीवजन्तु र प्रकृतिको हितकै कुरा उल्लेख छ । स्वयं माक्र्सले त्यसबेला क्रिस्चियन पादरीले किसानमाथि गरेको चरम शोषण मानव श्रमलाई महत्व नदिई गरिब र असहायलाई पशुतुल्य व्यवहार गरेकाले धर्म संस्कृतिलाई अफिम भनेका हुन् । स्वयं माक्र्सले गौतम बुद्धको भुरीभुरी प्रशंसा गरेका छन् । त्यसबेला बुद्धले जनताको पक्षमा विद्रोह गरेको कुरा उल्लेख गरेका छन् र सनातन संस्कृतिलाई प्रगतिशील अवयव भनी प्रशंसा गरेका छन् ।

आजभन्दा २०–२५ हजार वर्षअघि मानिसले आगो चिनेपछि र आगोबाट पोलेको मासु मिठो भएपछि मानिस पशुपालन र जङ्गलमा उब्जिने खानयोग्य वन पैदावर पछि अन्न, तरकारी, फलफूल जडीबुटीको जगेर्ना गर्न लाग्यो । यो जगेर्नाबाट नै मानिस खेतीपातीको युगमा प्रवेश गरेको हुनुपर्दछ । खेतीपाती तथा पशुपालनका लागि पनि प्राकृतिक सुविधाको आवश्यकता पर्ने भएकाले पशुपालक जीवनमा प्रवेश गरेपछि यिनले आ–आफ्ना अनुकूल परेका ठाउँहरूमा स्थायी वासस्थलहरू बसाई स्थायी रूपमा वसोवास गर्न थालेको अनुमान लगाउन सकिन्छ । शिव गीता र शिव संहिताको निर्माण हेर्दा त्यसलाई एउटा सभ्य समाज सञ्चालन गर्ने आचारसंहिता अथवा अनुशासनको नियम मान्न सकिन्छ । शिव गीता र शिव संहिताले मानिसलाई गर्न हुने र गर्न नहुने कामको बारेमा सिकाएको छ । अझ त्यसको केही वर्षपछि मानिसले केही उर्बरभूमि पानी सहितको क्षेत्र खोज गरी केही अस्थायी र केही स्थायी बस्ती बसाएको देखिन्छ । त्यसपछि मानिसलाई जाडो छल्न चाहिने कपडा निर्माणमा मानिस लागेका छन् । त्यसका लागि भेडा पालन र भेडाको उनबाट कपडाको निर्माण गर्न लागेका र त्यसपछि अन्न र वन पैैदावर चिनेपछि कपासलाई संरक्षण गरेको पाइन्छ । स्वयं शिव गीतामा शिवले यद्यपि आफूले बाघको छाला ओडे पनि कपास खेती र अन्न खेतीमा जोड दिएबाट पनि मानव सभ्यतामा सबभन्दा पहिलो युग शिव सभ्यताको युगलाई लिन सकिन्छ ।

हिमालयमा कैलाशकुट पर्वत छ त्यो त्यसबेलाको नेपाल वा आर्यावर्तमा गङ्गानदीदेखि तिब्बतको सिगात्सेसम्म हाम्रो सभ्यताको सिमाना थियो । त्यही सभ्यताले तिब्बतका अन्य भाग हुँदै चेन्तु, क्यान्टन र समस्त चीन मङ्गोलिया हुँदै ख्बारेज्म र ककेसियासम्म हाम्रो सभ्यताले विशालतम् आकार लिएको र यता गङ्गा किनार हुँदै पाकिस्तानको सिन्ध प्रान्तबाट अफगानिस्तान र मध्येपूर्व, इरान र टर्कीसम्म फैलिएको यो विशालतम मानव सभ्यताको युगलाई हामी नेपालीले चिन्नै सकेको छैनौँ । हाम्रै किराँत शासनको व्याख्याको त इतिहास लेखिसकिएको छ । किराँत शासक यलम्बरले पशुपति (महादेव मन्दिर) को मन्दिर काठमाडौँ उपत्यकामा स्थापित गरेका र त्यसको जिर्णोद्वार किराँत वंशको जितेदस्तीले गरेको कुरा इतिहास सिद्ध छ । शिव संहिताको विकासलाई हेर्ने हो भने अहिलेको उपयोगितावादी भद्दायुग भन्दा आदर्श समाजको सृजना गर्ने लक्ष राखिएको छ ।

आज १९ औँ शताब्दीमा वा बिसौँ शताब्दीको शुरुमा आएका हेगेल माक्र्स वा रिकार्डोको भौतिकवादी दर्शन र अर्थशास्त्रको कल्पना पनि त्यही शिव गीता, रामायण गीता वा बुद्ध दर्शनबाट प्रभावित छ भन्न सकिन्छ । शिव गीता वा रामायण गीता, बुद्ध दर्शन वा कुरान वा वाईवलले पनि समाजमा भएको शोषण अनैतिकताको विरोध गरेको छ र सबै मानव एकै हुन्, जन्मदै ऊ उच्च र नीच हुन सक्दैन भन्ने नै व्याख्या गरेको छ । त्यसलाई नै आधार मान्दै आजको आधुनिक राजनीति र विज्ञानको विकास भएको हो भनेर ठोकेर भन्न सकिन्छ । अझ नेपाली र श्रीलंकन जनमानसमा श्रीलङ्काका राजा रावणकी धर्मपत्नी मन्दोदरी हाम्रो मुस्ताङकी चेली थिइन् । मुस्ताङको बाटो हुँदै शिवलाई भेट्न कैलाश पर्वत मानसरोवरतिर जाँदा मन्दोदरीलाई रावणले देखेको, उसले मन पराएको र विवाह गरेको कुराका श्रुतिहरू जनमानसमा पाइन्छ । त्यसभन्दा अघि रावणका हजुरबा ऋषि पुलस्त्यले पनि हाम्रो धवलागिरी हिमालय रेञ्जमा तपस्या गरेको श्रुति पाइन्छ । अझ भारत र नेपालमा स्वयं पैगम्बर महमद र जेसस क्राइस्ट तपस्या ९ःभमष्तबतष्यल० का लागि महिनौं लगाएर इरान, अफगानिस्तान हुँदै हाल भारतको वाराणसी आएका र वाराणसीबाट गौतम बुद्धको जन्मथलो कपिलवस्तुसम्म आई ज्ञान प्राप्त गरेको जनश्रुति पाइन्छ । यसरी हेर्दा नेपाली सभ्यता हजारौँ वर्ष पुरानो छ र नेपाल विश्वको सबैभन्दा पहिलो सामाजिक अनुशासनमा बाँधिएको समाज र राष्ट्र हो भन्ने कुरा निशङ्कोच भन्न सकिन्छ ।
(प्रस्तुत विचार लेखक भट्टराईको नेपाली सभ्यता ः विगत र वर्तमान क्रमशः प्रस्तुत गरिएको छ । )

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

अमेरिकामा कोरोनाको कहरः के भन्छन् त अमेरिकाका नेपाली अगुवाहरु ?

अमेरिकामा कोरोनाको कहरः के भन्छन् त अमेरिकाका नेपाली अगुवाहरु ? १ दिन पहिले | संसार न्यूज़

२६ चैत, अमेरिका । डिसेम्बरको अन्तिम सातातिर चीनको वुहान प्रान्तबाट…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…