Sansar News- Nepal's Fast Khabar Online News Portal

साँझमा एउटा हसिलो तारा स्वर्गमा उदायो

संसार न्यूज़
७ महिना पहिले
साँझमा एउटा हसिलो तारा स्वर्गमा उदायो

सुन है साथी, अमर धर्मध्वजको कहानी
देशको निम्ति कुर्वानी भयो कलिलो जवानी

जुँगाको रेखी बसेको ठिटो बिर्सिन्न मनमा
उनको गीत सुनिन्छ अझै कुन्छाको वनमा
आमालाई मेरो संसार लगी सन्चै छ भन्दिनू
कहिले आउँछ भन्नेछन्, भोलि आउँछ भन्दिनू
बाबालाई भन्नु हजुरको छोरो हुँदैन कायर
हाँसी र हाँसी छातीमा थाप्यो बन्दुक फायर
देशका दाजु भाईलाई मेरो आखिरी खबर
म मरेँ, मरो नेपाली जाति रहिरहोस् अमर

बोल्दामा बोल्दै परेला ढले कोपिला निदायो
साँझमा एउटा हसिलो तारा स्वर्गमा उदायो ।

(प्रस्तुत गीत २००७ सालको क्रान्तिमा सहादत प्राप्त गरेका एकजना वीर नेपालीको स्मृतिमा कवि माधव घिमिरेद्वारा रचिएको भन्ने कुरा डा सूर्यमणि अधिकारीको ‘नेपालमा प्रजातान्त्रिक आन्दोलनको इतिहास’ पुस्तकमा उल्लेख छ । )

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो ६ दिन पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ४ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…