Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपाली एकता समाज ओमानद्धारा भिजिट २०२० नेपालको प्रचारसँगै बनभोज आयोजना

संसार न्यूज़
७ महिना पहिले
नेपाली एकता समाज ओमानद्धारा भिजिट २०२० नेपालको प्रचारसँगै बनभोज आयोजना

१८ पुष, ओमान । ओमान नेपाली एकता समाजले भिजिट नेपाल २०२० को प्रचार–प्रसार गरेको छ ।

‘संसारका मजदुर एक हौँ’ ‘भिजिट नेपाल २०२० सफल पारौँ’ भन्ने नारासहित ओमान नेपाली एकता समाज केन्द्रीय समितिले बिगतहरुका बर्ष झै यो वर्ष पनि बनभोज कार्यक्रम आयोजना गरेको हो ।

२० डिसेम्बर १०१९ का दिन ओमानको पर्यटकियस्थल कुरियात ड्याममा सम्पन्न बनभोज कार्यक्रमको अध्यक्षता कार्यक्रम सयोजक टुकबहादुर रामदामले गरेका थिए । नेपाली राष्ट्रिय गानबाट सुरुभएको बनभोज कार्यक्रमको सन्चालन केन्द्रिय सदस्य लक्ष्मी रायमाझीले गरेकी थिइन् ।

राजधानी मस्कटदेखि झन्डै ११५ किलोमीटरको दुरिमा रहेको उक्त स्थानमा दर्जनौं संख्यामा नेपालीहरु भिजिट नेपालको लोगो सहितको ब्यानर र टिसर्टमा सजिएका देखेर उपस्थिति स्थानीय नागरिक र अन्य पर्यटकहरु पनि निकै आकर्षक र कौतुहलतापुर्वक सहभागी भएका थिए । साथै कतिपयहरुले नेपालबाटै प्रचार–प्रसार गर्न आएको हो भनेर राखेको जिज्ञासामा केन्द्रिय सदस्य यमप्रसाद पौडेलले प्रष्ट्याएका थिए ।

धेरै नेपालीहरुको आशाको बिन्दु रहेको दुई तिहाइको सरकारले देशमा ब्याप्त बेरोजगारी समस्याहरुलाई समाधान गर्न नसक्दा र बेरोजगारी युवाहरूलाई सरकारले नै सुरक्षित वैदेशिक रोजगारी ब्यबस्था गराउन नसक्दा दलाल तथा मानव तस्करीको चङुलमा फस्न बाध्य भएका धेरै जसो प्रवाशी नेपालीहरु यस स्थानमा थकाइ मेटाउन आउन नसकेता पनि केही कम समस्या भएका र समय मिल्ने साथिहरु छुट्टिको समय सदुपयोग गर्दै नेपाल र नेपालीहरुको प्रचारप्रसारमा लागेका थिए ।

सबैलाई धन्यवाद दिदै सबै मजदुरहरु एक ढिक्कामा उभिन र समस्याको समाधान तिर अघि बढ्न एकता समाजका केन्द्रिय अध्यक्ष छबिलाल बस्नेतले आह्वान गरेका थिए ।
कार्यक्रममा गौतम श्रेष्ठ तथा यमप्रसाद पौडेलद्वारा विभिन्न किसिमको मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो भने हाउजी खेलमा क्रमशः गिता भन्डारी, गिता लिम्बू, नेत्र प्रसाद शर्मा, लिला पौडेलले जित हासिल गरेका थिए ।

रक्तिम अध्यक्ष बुद्ध बिक, रक्तिम कलाकार टुक बहादुर रामदाम, रजनी श्रेष्ठ लगायत थुप्रै गायकहरुले गीत गाएका थिए भने मनु सुनार ,गिता लिम्बू, अन्जना चुडाल, माया श्रेष्ठ ,गौतम श्रेष्ठ लगायतका विभिन्न कलाकारहरुले सामुहिक तथा एकल नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आफ्नै रचनाहरु क्रमस.. “योद्धा को सपना’ ‘बिदेशी साथीलाई पत्र’ लगायत आधा दर्जन कविताहरु साहित्यकार छबिलाल बस्नेतले बाचन गरेका थिए ।

अन्तमा कार्यक्रमका अध्यक्षद्वारा नेपाली परिकारहरु सेल रोटि,पाल्पाली चुकौनी, विभिन्न खालका भेज नन भेज परिकारहरु बनाउन खटिएका सम्पूर्ण साथीहरू, कार्यक्रम सफल बनाउनको लागि सक्रिय भुमिका खेल्ने साथिहरु, बनभोजस्थल पुग्नासाथ त्यहाको बस्तुस्थिती बारे जानकारी गराइ सहयोग गर्नु हुने स्थानिय कर्मचारी लगायत सम्पूर्ण साथिहरुलाई एकमुष्ट रुपमा धन्यवाद दिदै सभाअध्यक्षबाट कार्यक्रम समापन भएको घोषणा गरिएको थियो ।

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो १ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ४ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…