Sansar News- Nepal's Fast Khabar Online News Portal

गजल- डा बच्चु कैलाश कैनी

संसार न्यूज़
९ महिना पहिले
गजल- डा बच्चु कैलाश कैनी

 

मलाई आजकल आफ्नै ठानेको छौ कि के हो
मनमा बस्ने देवता मानेको छौ कि के हो ?

तिम्रो संकेत आयो बाँकी अरु के के आउने हो
मायाको तिर मलाई नै हानेको छौ कि के हो ?

जति सोच्यो उति तिम्रै लागि पग्लन्छ यो मन
मेरो सबै ध्यान आफू तिर तानेको छौ कि के हो ?

तिमीलाई सम्झन्छु तिम्रै रुपमा मन अड्कंछ
मोहित पार्ने जादु टुना जानेको छौ कि के हो ?

मनमा खुल्दुली जाग्यो खबर सुन्ने रहर लाग्यो
‘कैलाश’ लाई आफ्नै राजा छानेको छौ कि के हो ?

पौष १९, २०७६ ९४ जनवरी २०२००
लण्डन, बेलायत ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…