Sansar News- Nepal's Fast Khabar Online News Portal

भ्रमण वर्ष सफल बनाउन सरकारलाई सहयोग गर्छौ – अध्यक्ष राणा

संसार न्यूज़
६ महिना पहिले

२० पुस, दमौली । होटल एशोसिएशन नेपाल (हान) का केन्द्रीय अध्यक्ष सिर्जना राणाले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन आफूहरु तयार रहेको जानकारी दिएकी छिन् ।

क्षेत्रीय होटल सङ्घ तनहुँको आठौँ साधारणसभाको शनिबार उद्घाटन गर्दै उनले नेपाल भ्रमणमा आउने विदेशी पाहुनालाई गुणस्तरीय सेवा प्रदान गर्न होटल व्यवसायी प्रतिबद्ध रहेको बताइन् ।

कार्यक्रममा एशोसिएशनका केन्द्रीय सदस्य युवराज श्रेष्ठ, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बराल, चेम्बर अफ कमर्स तनहुँका अध्यक्ष महेन्द्रमोहन भट्टराईलगायतले होटल व्यवसाय मर्यादित हुनुपर्नेमा जोड दिएका थिए ।

अधिवेशनले राम जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा विकास खनाल, प्रथम उपाध्यक्षमा वासुदेव अधिकारी, द्वितीय उपाध्यक्षमा चन्द्रबहादुर थापा, महासचिव चन्द्रकुमार कायस्थ, सचिवमा चिजकुमार श्रेष्ठ, कोषाध्यक्षमा सनतकुमार श्रेष्ठ र सदस्य जीवन शाही, सुनिता पन्थ, सङ्गीता प्रधान चयन भएका छन् ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…