Sansar News- Nepal's Fast Khabar Online News Portal

बीस वर्ष नपुग्दै बच्चा जन्माएमा हुन्छ बच्चाको जन्मदर्तामा जटिलता

संसार न्यूज़
६ महिना पहिले

२० पुस, वालिङ । “बीस वर्ष पूरा नभएकी आमा र बाबुको सम्पर्कबाट जन्मेको बच्चाको जन्मदर्ता गर्न मिल्छ कि मिल्दैन श्रीमान ?”, वालिङ नगरपालिका–७ का अध्यक्ष पाण्डुकुमार थापाको जिज्ञासा हो यो ।

शनिबार उच्च अदालत पोखराले स्याङ्जाको वालिङमा आयोजना गरेको ‘न्यायिक बाह्य संवाद’ अर्थात समुदायमा अदालतअन्तर्गत अन्तरक्रियात्मक कार्यक्रममा वडाध्यक्ष थापाले वडा कार्यालयमा कार्य सम्पादन गर्ने क्रममा देखिएका समस्याबारे जिज्ञासा उच्च अदालत पोखराका मुख्य न्यायाधीशसमक्ष राखेका हुन् ।

अन्तरक्रिया कार्यक्रममा १४ नं वडाका वडाध्यक्ष झम्मरबहादुर श्रेष्ठको पनि उस्तै जिज्ञासा थियो । “बीस वर्ष नपुगेका केटाकेटीले जन्माएको बच्चा वैध हुने तर विवाह अवैध हुने भएकाले यस्तो अवस्थामा के गर्ने श्रीमान् रु”, वडाध्यक्ष श्रेष्ठले उच्च अदालत पोखराका मुख्य न्यायाधीशसमक्ष जिज्ञासा राखे ।

दुईजना वडाध्यक्ष जस्तै अन्य जनप्रतिनिधि तथा सर्वसाधारणले पनि जिज्ञासाहरु राखेका थिए । न्याय प्रशासनको कामकारवाही र त्यसको कार्यविधिसमेतका बारेमा आम समुदायलाई जानकारी गराउने उद्देश्यले समुदायको बीचमा गएर अदालतका न्यायाधीशले न्यायमा बाह्य पहुँच बृद्धि गर्न समुदाय समुदायमा अदालत जाने गरेको उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालले बताए ।

“सहभागीहरुले अदालतबाट हुने काम कारवाही एवम् छिटोछरितो न्याय प्रवाहका सम्बन्धमा आफ्ना जिज्ञासाहरु राख्न सक्नुहुनेछ”, मुख्य न्यायाधीश बस्यालले भने, “उठेका जिज्ञासालाई प्रत्यक्षरुपमा छलफलका माध्यमबाट समाधान गरिनेछ भने नयाँ संहिताबारे पनि जानकारी गराइन्छ ।”

अदालतमा मुद्दा परेपछि मुद्दामा विचौलियाको प्रभाव, रकमको चलखेल, ढिलासुस्तीका बारेमा अदालतमाथि कहिलेकाहीँ भ्रम छर्ने गरिएकाले रकमको चलखेलबाट मुद्दा जितिन्छ भन्ने भ्रममा कोही पनि नपर्न मुख्य न्यायाधीश बस्यालको आग्रह थियो ।

“न्याय कहिल्यै पनि मर्दैन, मर्न दिँदैनौँ पनि । तपाईंहरु ढुक्क हुनुहोस्”, मुख्य न्यायाधीश बस्यालले भने, “न्यायको तराजु लिएपछि राजनीतिक आग्रह पूर्वाग्रह त्यागेर सबै स्थानीय तहमा रहेका न्यायिक समितिहरुले मेलमिलापका माध्यमबाट दुवै पक्षको जीत हुने गरी न्याय सम्पादन गर्न पनि अनुरोध गर्दछु ।”

मुख्य न्यायाधीश बस्यालले बीस वर्ष उमेर नपुगेका आमाबाबुबाट जन्मेको बच्चाको जन्मदर्ता गर्नुपर्ने तर बिहे दर्ता गर्न नपाइने, विवाह गर्न पाउने उमेरको हद न्यूनतम बीस वर्ष पुग्नै पर्ने मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू भई कार्यान्वयनमा रहेको बताए ।

अदालत र ऐन नियम, कानूनका विषयमा जान्ने–बुझ्ने मौका उच्च अदालतले प्रदान गरेकामा वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले खुशी व्यक्त गरे । “न्याय सम्पादन गर्ने विषय हो, बुझ्ने विषय हो”, नगर प्रमुख खाँणले भने, “कानूनका बारेमा जान्ने–बुझ्नेभन्दा पनि सर्वसाधारणमा डराउने प्रवृत्ति बढिरहेकाले यसको न्यूनीकरणका लागि कानूनी साक्षरताको जरुरी रहेको छ ।”

मुलुकी देवानी (संहिता) ऐनहरु लागू भई कार्यान्वयनको अवस्थामा रहेकाले ऐन कानूनको अनभिज्ञताका कारण सजाय क्षम्य नहुने भएकाले कानूनी साक्षरतालाई तल्लो तहसम्म पु¥याउन आवश्यक रहेको नगर प्रमुख खाँणको भनाइ थियो ।

उच्च अदालत पोखराको प्रादेशिक अधिकार क्षेत्रभित्र गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा, कास्की, तनहुँ, लमजुङ, गोरखा, मनाङ, नवलपुर, मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ जिल्ला अदालतहरु र अर्धन्यायिक निकायहरु पर्दछन् । मुस्ताङ, पर्वत, म्याग्दी र बाग्लुङ जिल्ला अदालत पोखरा बाग्लुङ इजलासअन्तर्गत पर्दछन् ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…