Sansar News- Nepal's Fast Khabar Online News Portal

‘अर्गानिक’ कृषि उपज उत्पादन गर्ने कार्यक्रम शुरु गर्दै दुई जिल्ला

संसार न्यूज़
६ महिना पहिले
‘अर्गानिक’ कृषि उपज उत्पादन गर्ने कार्यक्रम शुरु गर्दै दुई जिल्ला

२१ पुस, पर्वत । पर्वत र बागलुङमा ‘अर्गानिक’ कृषि उपज उत्पादन गर्ने कार्यक्रम शुरु गरिने भएको छ । कृषि ज्ञान केन्द्र पर्वतले दुबै जिल्लाका १७ स्थानीय तहमा विशिष्ट क्षेत्र पहिचान गरी अर्गानिक कृषि उपज उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले सामूहिक रुपमा गरिने कृषि फर्ममा ६० र एकल फर्ममा ५ रोपनी क्षेत्रमा उक्त खेती विस्तार गर्ने तयारी गरेको जानकारी दिए । अहिले कार्यक्रम कार्यान्वयन पूर्व सम्भावित क्षेत्रको पहिचान गर्न शुरु गरिएको रेग्मीले बताए । उक्त खेतीप्रति किसानको आकर्षण बढाउन कार्यालयले अनुदान, तालिम र बजारीकरणको व्यवस्था गर्ने भएको छ । कार्यक्रमका लागि कार्यालयले रु. १ करोड भन्दा बढी अनुदान वितरण गर्ने रेग्मीले बताए ।

पछिल्लो समय तरकारी, फलफूल, नगदेबाली आदिमा विषादीको अत्यधिक र अनधिकृत प्रयोग बढ्दै गएपछि अर्गानिक खाद्यान्नको महत्व बढ्दै छ । गाउँ गाउँमा खुलेका होमस्टे र विदेशी पर्यटक आउने होटलमा स्थानीय उत्पादनको माग बढ्न थालेको छ । त्यस्तो खानाको माग बढ्दै गएपनि उत्पादन नगन्य रहेको छ ।

गतवर्ष देखि गण्डकी प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले शुरु गरेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रमले पनि अर्गानिक उत्पादनलाई बढवा दिएको छ । सो खेती विस्तारका लागि कृषि प्राविधिक, कृषक, कृषि उद्यमी लगायतलाई दुईदिने तालिम पनि कार्यालयले दिएको छ ।

तालिममा ३५ जना सहभागी भएका थिए । तालिम पश्चात अव क्षेत्र निर्धारण गरेर सो खेती विस्तार सम्बन्धी कार्यक्रम शुरु गरिने कृषि विकास अधिकृत रामकृष्ण अर्यालले जानकारी दिए ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…