Sansar News- Nepal's Fast Khabar Online News Portal

यसरी बचाउनुहोस् चिसोबाट नवजात शिशुलाई

संसार न्यूज़
३ महिना पहिले
यसरी बचाउनुहोस् चिसोबाट नवजात शिशुलाई

पुस, काठमाडौँ । अहिले चिसो अत्याधिक बढेको छ । चिसोमो अरुको तुलनामा नवजात शिशुलाई बढि हेरचाह गर्नुपर्नेहुन्छ तर अभिभावक तथा विशेष त आमाको अज्ञानता र उचित स्याहारको अभावमा नवजात शिशुको अकालमा ज्यान जाने गरेको छ । साना शिशुको पर्याप्त हेरविचार अत्यावश्यक छ किनभने उनीहरू आफ्ना बारेमा केही पनि बताउन सक्दैनन्।  शिशुको सही हेरचाह गरे उसको मनमा भएको कुरा सही ढंगमा बुझ्न जान्न सकिन्छ । नवजात शिशुलाई धुलो, धुँवादेखि टाढा राख्नुपर्छ । धुलो, धुँवाले दमको समस्या हुने, झाडापखला लाग्ने हुनसक्छ । त्यसैले घर वरपरको वातावरणमा पनि विशेष ध्यान दिनुपर्छ ।

यो पक्रिया अपनाउनुस्:
तातोपन कायम गराउने – नवजात शिशुमा शरीरको तापक्रम सन्तुलित गर्ने शक्ति कम हुन्छ र शिशुमा शीताङ्ग हुने सम्भावना जाडो मौसममा बढी देखापर्छ । शरीरको तापक्रम सन्तुलित राखी न्यानो, सफा तथा नरम कपडाले शरीर ढाक्नुपर्छ । टोपी, भोटो, दौरा सुरुवाल तथा मोजापन्जा लगाइदिनुपर्छ । शिशुले पिसाब गरेको छ छैन भनेर बेलाबेलामा नेपकिन चेक गरिरहनुपर्छ । यसो गर्दा शिशुले पिसाब फेरेर चिसो हुन पाउँदैन । शिशुलाई जन्मनासाथ नुहाइदिनु हुँदैन । शिशु जन्मिएको २४ घन्टापछि मनतातो पानीले नुहाइदिनुपर्छ ।कोठाको तापक्रम न्यानो (२५ देखि २८ डिग्री सेन्टिग्रेड) हुनु राम्रो मानिन्छ ।

स्तनपान- शिशुलाई सकेसम्म जतिसक्दो छिटो( जन्मिएको एक घन्टाभित्र) स्तनपान गराउनु वेश हुन्छ । शिशुलाई आमाको दूधबाहेक केही ख्वाउनुहुँदैन । कतिपयले घिउ, मह ख्वाए पनि त्यसलाई उपयुक्त मान्न सकिँदैन । स्तनपान गराउँदा शिशुको आसन र स्तन सम्पर्क सही हुनुपर्छ । आमाले जुन आसनमा बसेर ख्वाउँदा सजिलो महसुस हुन्छ त्यही आसनमा दूध ख्वाउनुपर्छ। कम्तीमा पनि १५ देखि २० मिनेटसम्म एउटै स्तनबाट स्तनपान गराउनुपर्छ । शिशु ६ महिनाको भएपछि उसलाई आमाको दुधसँगै ठोस आहाराको आवश्यकता पर्छ जसमा जाउलो, लिटो, खिचडी, हलुवा, मुछेको आलु, केरा आदि ख्वाउन सकिन्छ । सुरुमा शिशुलाई पचाउन सजिलो हुने किसिमका खानेकुरा ख्वाउनुपर्छ । यतिबेला २४ घन्टामा तीन पटक ख्वाउनुपर्छ । शिशुलाई स्वच्छ पिउने पानीको आवश्यकता पर्छ स्तनपान भने साबिकबमोजिम दुई वर्षसम्म गराउनुपर्छ । दुई वर्ष पूरा भएपछि स्तनपान बन्द गरी ठोस कुराहरू दिनको पाँच पटकसम्म ख्वाउनुपर्छ । त्यसपछि शिशुलाई अण्डा, माछा, मासु, कलेजो, गेडागुडी आदि ख्वाउनुपर्छ ।

छालाको सुरक्षा तथा सफाइ-शिशु जन्मनासाथ न्यानो, नरम र सफा कपडाले पुछिदिनुपर्छ ताकि शिशुको शरीरमा टाँसिएको रगत तथा फोहोर पदार्थ राम्रोसँग जान्छ । जन्मिएको २४ घन्टापछि नुहाइदिन मिल्छ तर जाडो महिनामा नुहाइदिनुभन्दा पुछिदिनु राम्रो हुन्छ भने गर्मी महिनामा हल्का नुहाइदिनुपर्छ ।

नाभिको हेरचाह- नाभिलाई सुख्खा तथा सफा राख्नुपर्छ । नाभिमा तेल तथा अन्य कुनै पदार्थ राख्नुहँुदैन । कुनै कारणवश नाभि पाके अथवा नाभि वरिपरिको छाला रातो भए तुरुन्त स्वास्थ्यकर्मीसँग सम्पर्क राख्नुपर्छ ।

त्यस्तै नवजात शिशुलाई चिसो समयमा मनतातो पानीमा सफ्ट एन्टिब्याक्टेरियल लिक्वीड हालेर नरम कपडा भिजाएर पुछ्नुपर्छ । नुहाइदिने गर्नुहुँदैन ।

मौसम बदल्ने वित्तिकै शिशुलाई न्यानो कपडा लगाइदिनु पर्छ । हल्का चिसो छ भनेर वेवास्ता गर्नु हुँदैन । उनीहरुलाई जहिले पनि मोजा टोपी लगाइदिनुपर्छ ।

शिशुलार्ई मसाज एकदमै जरुरी हुन्छ । मसाज गर्दा तेललाई मनतातो बनाएर प्रयोग गर्ने गर्नुहोस् ।
चिसोबाट जोगाउन बिहान बेलुका बाहिर नकिाल्ने । दिउँसोको समयमा घाम लागेको समयमा मात्र घर बाहिर निकाल्ने ।

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…

कोरियामा साहुहरुको रुवाबासी

कोरियामा साहुहरुको रुवाबासी ४ हप्ता पहिले | संसार न्यूज़

कोरोनको त्रासले बिना भिषा काम गरिरहेको प्रवासी श्रमिक धेरै स्वदेश…