back

एनआईसी एसिया बैंकका ग्राहकलाई फुडमाण्डुले ३० प्रतिशत छुटदिने

वि.सं.२०७६ पुस २३ बुधवार

210 

shares
NTC AD
Global IME AD

२३ पुष, काठमाण्डौं । एन आई सी एसिया बैंक र फुडमाण्डुबीच बेंकिङ साझेदारीमा सम्झौता भएको छ ।

उक्त सम्झौतामा फुडमान्डु प्रा. लि.को Online Food Festival 2020 मा एनआईसी एशिया बैंकको बैंकिङ्ग साझेदार रहने सहमति भएको छ ।

यस अन्तर्गत Online Food Festival 2020 मा बैंकको मोबाईल बंैकिङ्ग एप प्रयोग गरी QR मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहकहरुले ३० प्रतिशत छुट पाउने बताइएको छ ।

यो अफर पौष २१, २०७६ देखि पौष २७, २०७६ सम्म लागु हुनेछ । उक्त साझेदारी अनुसार बैंकका ग्राहकहरुले फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बंैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकले जनाएको छ ।

करिब २० लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको पनि बैंकले जनाएको छ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको पनि बैंकद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।

 

वि.सं.२०७६ पुस २३ बुधवार १६:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२४ कार्यक्रम सम्पन्न...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...