Sansar News- Nepal's Fast Khabar Online News Portal

तपाईलाई थाहा छ नेपाल घुम्न आउने पर्यटकले दैनिक औसत कति खर्च गर्छन ?

संसार न्यूज़
२ महिना पहिले
तपाईलाई थाहा छ नेपाल घुम्न आउने पर्यटकले दैनिक औसत कति खर्च गर्छन ?

२४ पुष, काठमाण्डौ । नेपाल घुम्न आउने पर्यटकले गर्ने खर्च औसत ४४ डलर (पाँचहजार रुपैयाँ) रहेको छ । यो अघिल्लो वर्षको तुलनामा २८ डलरले कमि हो ।

गत वर्ष नेपाल घुम्न आउने पर्यटकको औसत खर्च दैनिक ७२ डलर पुगेको थियो ।

तर, नेपाल पर्यटन बोर्डले भने पर्यटकले दैनिक ४४ डलर भन्दा बढी खर्च गरेको अनुमान गरेको छ । एकातिर पर्यटकको खर्चमा देखिएको गिरावट र अर्कोतिर वास्ताविक खर्चको आशंकाबीच पर्यटन बोर्डले पर्यटकले यति नै खर्च गर्छन् भन्ने तथ्यांक निकाल्न सकेको छैन ।

पर्यटन क्षेत्रको समग्र जानकारी समेटिने गरी ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ तयार गर्ने प्रारम्भिक चरण अन्तर्गत बोर्डले पर्यटकको बास्तविक खर्च पत्ता लगाउने तयारी सुरु गरेको बोर्डका अनुसन्धान विभागका प्रमुख मणि लामिछानेले जानकारी दिएको विहिबारको गोरखापत्र दैनिकमा समाचार छ ।

अहिले पर्यटक नेपाल भित्रिएपछि त्यसले अर्थतन्त्रमा पुर्याउने योगदानबारे जुन तथ्यांक छ, त्यो वास्तविक नभएको पनि उनले बताए । राष्ट्र बैंकले पर्यटकले भ्रमण वापत गर्ने खर्चको तथ्यांक प्रस्तुत गरेपनि औपचारिक माध्यममार्फत् हुने खर्च अझ बढी रहेको पनि लामिछानेको भनाई छ ।

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) १ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…