Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपालको पर्यटन प्रबद्र्धन गर्न नेपाल आए यी कतारी नागरिक

संसार न्यूज़
२ महिना पहिले
नेपालको पर्यटन प्रबद्र्धन गर्न नेपाल आए यी कतारी नागरिक

कतार एयरवेजले प्रदान गरेको प्लाटुनियम सुविधा समेत त्यागेर नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन नेपाल एयरलाइन्सको फ्लाइटवाट उनी काठमाण्डौँ आएका हुन् ।

२५ पुष । झट्ट हेर्दा नेपाली नागरिक झैँ लाग्ने ७४ वर्षीय यी बृद्ध नेपाल पर्यटन वर्ष २०२० को प्रबद्र्धनका लागि कतारबाट नेपाल आएका हुन् । देशतथा विदेशबाट पर्यटन वर्षको प्रचारप्रसार भैरहँदा कतारको तर्फबाट नेपाल आउने यिनी पहिलो पर्यटक हुन् । व्हील चेयरको साहरामा हिड्डुल गछ्रन् । शारीरिक रुपमा कमजोर भए पनि उनको उपस्थितिले नेपालको पर्यटन प्रबद्र्धन सम्बन्धी प्रचारप्रसारले महत्वपूर्ण अर्थ राख्छ । यिनी हुन् कतारी नागरिक एवं कतारी कुटनैतिज्ञ पुर्वराजदुत अब्दुल्लाह बिन युसुफ ए फख्रु । यिनले कतारको तर्फबाट नेपाल भ्रमणवर्ष २०२० अवलोकन गरी सफल बनाउन दुतावासमै पुगी भिषा लिएका थिए ।

कतार एयरवेजले प्रदान गरेको प्लाटुनियम सुविधा समेत त्यागेर नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन नेपाल एयरलाइन्सको फ्लाइटवाट उनी काठमाण्डौँ आएका हुन् । उनी आफ्नो कुटनैतिक कार्यक्षमता कालीन युगका बादसाह, बेल्जियमका कार्यवाहक राजदूत, युएइका पुर्व राजदूत तथा युएन मिशनका प्रमुख समेत रहिसकेका छन् । ।

युसुफ ए फख्रुलाई नेपाल पर्यटन वर्ष २०२० को अवसरमा नेपाल घुम्न पठाउन अभिप्रेरित गर्न कतारमा कार्यरत मानवअधिकारकर्मी तथा समाजसेवी प्रोफेसर रमजान अलि मियाँले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । युसुफ ए फख्रुको नेपाल भ्रमणले कतारमा नेपालको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण अर्थ राख्ने अलि मियाँ बताउँछन् ।

आफू सँगै नेपाल आउन नपाएका उनी युसुफ ए फख्रुलाई एयरपोर्टमा नेपालका लागि बिदा गर्न पाउँदाको खुशीको क्षण यसरी व्यक्त गर्दछन् ‘ यो क्षण मेरा लागि जहाँ खुशीको अवसर थियोे भने त्यहीं अत्यन्तै भावपुर्ण पनि रहयो। ७४ वर्षीय बृद्धअवस्था हिंड्डुल गर्न पनि व्हिल चियरको सहारा।प्रतिकुल मौसम अनि नेपालको मायां यो कुनै सामान्य अवस्था पक्कै पनि होईन।’

युसुफ ए फख्रुको नेपाल बसाई १ महिना हुने जानकारी उनले दिए । उनका अनुसार १० दिन गण्डक प्रदेश, ५ दिन काठमाडौ उपत्यका, २ दिन चितवन र गोरखा लगायत अन्य पर्यटकियस्थलहरुको भ्रमण तथा अवलोकन गर्ने कार्यक्रम छ । नेपाल बसाईका क्रममा उनले केही सामाजिक भेटघाट र अफिसियलसाग पनि भेट्न पनि अलि मियाँले जानकारी दिए ।

भ्रमण वर्ष २०२० मा कतारबाट एक्लैले १०० जना विशिष्ट कतारी पर्यटक नेपाल पठाउने उद्देश्य रहेको पनि मियाँले बताए ।

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) १ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…