Sansar News- Nepal's Fast Khabar Online News Portal

लघुकथा : आकस्मिक्ताको मृत्यु

संसार न्यूज़
१ महिना पहिले
लघुकथा : आकस्मिक्ताको मृत्यु

पुस महिनाको चिसो उत्कर्षतिर थियो । बिहानै सन्तोषको घरमा एक युवती आइन् । युवतीको रुपलावण्य देखेर सन्तोष एकछिन् त हेरेको हेरै भयो । सामान्य पहिरनभित्र उनी सुन्दरताको आभामा जगगमगाउदै थिइन् ।

कुराकानीको केही औपचारिकता पछि युवतीले फ्लाट खाली भएको थाहा पाएर डेराको लागि आएको बताइन् । एक्लै बस्ने र नाम ‘ऋतु’ बताउन भुलिनन् ।

सन्तोषको लागि आकस्मिकता थियो । उ एकछिन् भावशून्य भयो ।

ऋतु, शाखाअधिकृतमा लोकसेवा पासगरेर खोटाङ्गबाट झापाको चन्द्रगडी मालपोत कार्यालयमा जागिर खान आएकी थिइन् । कार्यालयमा बस्ने कोठा थिएन । कहिले लज र कहिले साथीहरूसँग बसेर जेनतेन एकमहिना गुजारीन् ।

घरको फ्लाट खाली थियो । सन्तोषले आनाकानी नगरी हुन्छ भन्यो । एकबर्ष देखि चन्द्रगडी बजारको यो घरमा उ एक्लै बस्थ्यो । अरु परिवार पाँचथर पहाड गाउँमै बस्थे। उ बैंकमा नोकरी गथ्र्यो । पढाइ जागिरको चक्करमा उन्तीस बर्षको भएपनि बिबाह गरेको थिएन । होटलमै खाना खान्थ्यो ।

भोलिपल्ट बिहानै चौवीस बर्षिय ऋतु सन्तोषको घरमा भाडामा बस्न आइन् ।

सन्तोषमा ऋतु प्रति गहिरो आकर्षण बढ्दै थियो । उ मात्र होइन ऋतुको रुपमा सबै मोहित थिए । यसको भनक ऋतुलाई थियो । उनी सतर्क थिइन् । दशमहिना बितिसकेको थियो । घरमा दुई युवायुवती एक्लाएक्लै बसेकोमा अनेक शंका र हल्ला सुरु भईसकेका थिए ।

कसैले ऋतुसँग बिबाहको कुरा गर्दा हाँसेर टार्थिन् र केही समय बिबाह नगर्ने बताएर सबैको मुख बन्द गर्थिन् । उनको सन्तोषसँग भने सामान्य बोलचाल मात्र हुन्थ्यो ।

एकदिन सन्तोष साँझपख आफ्नू मिल्नेसाथी छिमेकी कृष्णसँग गफिदै फूलबारीमा टहलिदै थियो । उनीहरू ऋतुकै विषयमा कुरा गरिरहेका थिए । ऋतु घरमा थिइनन् ।

कृष्ण, सन्तोषलाई ऋतुसँग नहिच्किचाइ बिबाहको प्रस्ताव राख्न उक्साउदै थियो ।

यत्तिबेलै ऋतु एक ख्याउटे पातलो जीउडालको युवक साथ घरमा प्रवेश गरिन् । हातको झोला घरको बरण्डामा बिसाइन् ।

उनले सन्तोष तर्फ देखाउँदै भनिन् ।

‘उहाँ सन्तोष जी,घरपटी । उहाँ छिमेकी दाइ ।’

फेरि युवकतिर देखाउँदै मुसुक्क मुस्कुराएर भनिन् !

‘यिनी मेरो दिलको राजा : ऋषभ ।’

वातावरणमा हावाको गति ‘टक्क’ रोकिए झै भयो ।

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ६ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…