Sansar News- Nepal's Fast Khabar Online News Portal

एमसीसी विरुद्धमा फराकिँदै जनमत, पास हुनै नदिनेमा नेताहरु दृढ

संसार न्यूज़
५ दिन पहिले
एमसीसी विरुद्धमा फराकिँदै जनमत, पास हुनै नदिनेमा नेताहरु दृढ

२७ पुस, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेताहरु नै एमसीसीको विरुद्धमा लागेपछि संसदबाटै एमसीसी अनुमोदन हुने कुरो थप जटिल बन्दै गएको छ ।

नेपाली कांग्रेसको संस्थापनधारसँगै नेकपाका एक दुई नेताहरुको जोडबलमा बर्षे अधिबेशनमै पास गर्न लागिएको एमसीसी तत्कालिन सभामुख कृष्ण बहादुर महराको अडानमा लम्बिदै आएको थियो ।

शनिबार राजधानीको नेपाल ल क्याम्पसमा आयोजित अन्तरक्रिया कार्यक्रमपछि एमसीसी विरुद्धको जनमत थप फराकिदै गएको प्रष्ट भएको छ । एमसीसी खारेज अभियानका तर्फबाट आयोजित ‘नेपालको संदर्भमा एमसीसीको औचित्य’ विषयक कार्यक्रममा वक्ताहरुले ‘एमसीसी शर्तै शर्तको भारी भएको र महाकाली सन्धि भन्दा ठूलो राष्ट्रघात ’ हुने कुरा बताएका छन् । एमसीसीका नाममा नेपाल अमेरिकी शैन्य रणनीतिको अंग बन्न लागेको चिन्ता सहित नेताहरुले सो प्रस्ताव खारेज नै हुनुपर्ने आवाज उठाएका छन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले चीनलाई टुक्राउने उद्धेश्यले नेपालमा एमसीसी भित्राउन खोजिएको धारणा राख्दै अमेरीकाले अरब क्षेत्रबाट अब एशियाका मुख्य भागमा आतंक फैलाउन खोजेको तर्क राखेका थिए । इराक, सिरिया, अफगानिस्तानको उदाहरण दिँदै नेता गुरुङले एकपटक स्वतन्त्रता गुमेपछि फर्काउन कठिन हुने कुरो सबै देशभक्तले बुझ्नुपर्ने बताएका थिए ।

कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य तथा प्रखर वक्ता लिलामणि पोखरेलले ‘अमेरिकी नीतिको ब्याख्याता नेपालको सरकार, मन्त्री र नेता हुँदा हाँसो लागेको’ बताएका थिए । अमेरिकाका २ जा मन्त्री र नेपालको दूतावासका उच्च अधिकारीले एमसीसी इण्डोप्यासिफिककै अंग हो भनिसक्दा पनि नयाँ प्रवक्ता बन्न खोज्नु गलत भएको बताएका थिए । उनको जोड थियो ‘बरु यो मामिलामा सरकारले अब जवाफ दिनुपर्दछ ।’

कार्यक्रमका अर्का वक्ता नेकपा मालेका महासचिव सीपी मैनालीले एकल ध्रुविय वर्चस्व कायमराख्ने पुरानो अमेरिकी सोचलाई कार्यान्वयनमा ल्याउन खोजिएको बताउँदै एमसीसी मानवीय सहयोगसँग जोडिएको हो भने युएसआइडीमार्फत् आउनु पर्दैनथ्यो ? उनले प्रश्न गरेका थिए ।

राष्ट्रिय जागरण मंन्चका संयोजक गुणराज लोहनीले संसदबाट जर्वजस्त पारीत गराउने सरकारको दुराशय रोक्न शसक्त र एकिकृत संघर्षको खाँचो रहेको बताएका थिए । उनले मुलुकलाई दुर्घटनामा पर्न दिन नहुनेमा जोड दिएका थिए ।

‘एमसीसी खारेज अभियान’ गठन तथा आन्दोलनका रुपमा अघि बढाउन नेकपाकै नेता नारायण शर्मा लगायतको प्रयासले फराकिलो आकार पाउँदै गरेको देखिएको छ । एमसीसीका बारेमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधव कुमार नेपाल देखि मन्त्री भीम रावल लगायतका नेताहरुले समेत यिनै शर्तमा एमसीसी पास नगराउने अडानमा देखिएका छन् ।

प्रधानमन्त्री ओलीका निकट भनिने नेता इश्वर पोख्रेलले समेत एमसीसी यत्तिकैमा पास गर्न नहुने धारणा ब्यक्त गरेका छन । बिश्लेष्कका अनुसार ‘९० प्रतिशत जनमत एमसीसीको विपक्षमा छ ।’

अभियानलाई शसक्त आन्दोलनका रुपमा विकास गरिने बताउँदै आएका संयोजक नारायण शर्माले भने, ‘यो विषय देशैभरी संप्रेषित भएको छ । संघर्ष र आन्दोलनका लागि पार्टी तथा गुट भन्दा माथि उठेर साथीहरुले सम्पर्क गरिरहनु भएको छ ।’

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ महिना पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ५ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ५ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ८ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…

International airport to remain closed for half an hour

International airport to remain closed for half an hour ३ वर्ष पहिले | संसार न्यूज़

23 june, Kathmandu- The Tribhuvan international Airport (TIA) would remain…