Sansar News- Online for Global Nepali

प्रदेश नं १ को अस्थायी करार कर्मचारीहरुको भेला सम्पन्न

संसार न्यूज़
१२ महिना पहिले
प्रदेश नं १ को अस्थायी करार कर्मचारीहरुको भेला सम्पन्न

२८ पुष, इटहरी । नेपाल सरकारका विभिन्न कार्यालयमा अस्थायी, ज्यालादारी, करार, आउटसोर्सिङमा कार्यरत कर्मचारीहरुको भेला सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रेमलकुमार खनालको प्रमुख आतित्थ्यमा इटहरीमा सम्पन्न भएको उक्त भेलामा मन्तब्य राख्दै खनालले अस्थायी, करार, ज्यालादारीमा काम गराउने परिपाटीले श्रम शोषण बढाएको बताए । खनालले नवउदारबादी अर्थनीतिले श्रृजना गरेको यस किसिमको श्रम अभ्यासको अन्त्य गर्न सबै कर्मचारीको स्थायित्व गर्न नियम कानुनमा सुधार गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

भेलामा अखिल नेपाल सरकारी ज्यालादारी, करार कर्मचारी संगठनका अध्यक्ष बिमला भट्टराईले सबै सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई स्थायी गर्ने र सामाजिक सुरक्षाका सुबिधा प्रदान गर्ने सरकार समक्ष माग गर्दै, माग पूरा नभए देशब्यापीरुपमा खबरदारी र दबाब श्रृजना गर्ने बताइन् ।

भेलामा पेशागत महासंघ नेपालका केन्द्रीय सदस्य राजकुमार गिरी, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य प्रकाश राई लगायतका बक्ताहरुले अस्थायी ,करार कर्मचारीका माग प्रति ऐक्यबद्धता प्रकट गरेका थिए।

भेलाले ७ बुंदे ईटहरी घोषणापत्र सहितका मागलाई अगाडि सार्दै केन्द्र ,प्रदेश र स्थानीय तहका सरकारहरुको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

भेलाबाट पारित प्रस्ताबहरु
१ -सबै अस्थायी, करार, ज्यालादारी कर्मचारीलाई समानकामको समान ज्याला, सुबिधा अनुरुप निजामती कर्मचारी सरह सुबिधा दिनु पर्ने

२-अस्थायी, करार कर्मचारीहरुको पदलाई दरबन्दी भित्र समाबेश गरि बिशेष प्रतियोगिताबाट स्थायी गर्न संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय तह सेवा ऐनमा यो प्राबधान समाबेश गर्नु पर्ने

३ -सामाजिक सुरक्षा ऐन अनुरुप निजामती सेवामा पनि अस्थायी ज्यालादारी, करार कर्मचारीको सामाजिक सुरक्षा सुबिधा सुनिश्चित गर्नु पर्ने

४- सबै अस्थायी, करार, ज्यालादारी कर्मचारीलाई निजामतीका स्थायी कर्मचारीले पाए सरह पोशाक सुबिधा ,औषधी,बिदाका सुबिधा प्रदान गर्नु पर्ने

५-निजामतीका सबै संगठनहरुमा अस्थायी, करार, ज्यालादारी कर्मचारीलाई विना भेदभाव सदस्यता प्रदान गर्नुपर्ने

६-अब उप्रान्त सबै तहका सरकारका सरकारी कार्यालयमा करारमा कर्मचारी नियुक्ति गर्न बन्द गर्नु पर्ने ७ निजामती क्षेत्रका सबै संगठनहरुले अस्थायी ,ज्यालादारीका समस्यालाई उच्च प्राथमिकता दिएर समाधान गर्न पहल गर्नु पर्ने लगायतका माग अगाडि सारिएको छ ।

निजामती क्षेत्रमा झण्डै ३५ हजार अस्थायी ,ज्यालादारी कर्मचारी रहेका छन् ।

नीजिकरण,उदारीकरण नीति अबलम्बन गरे पछि २०५७ देखि निम्न स्तरका कर्मचारी स्थायी तवरले नियुक्ति नगर्ने तत्कालीन नेपाली काङ्ग्रेसको सरकारले नीतिलिए पछि यो समस्या उत्पन्न भएको हो ।

अहिले बिसौ बर्षदेखि काम गरिरहेका अस्थायी, ज्यालादारी कर्मचारी मध्ये कतिपय कर्मचारीको रोजीरोटी खोसिएको ,काम गरि रहेकाहरु पनि सेवा असुरक्षित र सेवा सुबिधामा भेदभावपूर्ण ब्यबहारका साथ काम गरिरहेका छन् ।

श्रमजीवी बर्गको पार्टीको नेतृत्वमा सरकार संचालन भईरहेका बेला बर्तमान सरकारले अस्थायी, करार, र ज्यालादारी कर्मचारीका समस्या सम्बोधन गर्नेमा भेलामा सहभागी कर्मचारीहरु आशाबादी रहेका छन् ।

सर्बाधिक पढिएको

पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल

पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल १ हप्ता पहिले | संसार न्यूज़

४ माघ, काठमाडौं । युएईमा कार्यरत स्याङजाका डायमण्ड श्रेष्ठ र…

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु १ हप्ता पहिले | संसार न्यूज़

  २ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छानौट निर्देशनालय…

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि २ हप्ता पहिले | अजय खत्री

२९ पुष, काठमडौं । सेयर बजारमा पछिल्लो समय सर्वसाधारणको आकर्षण…

यस्तो छ सेनाको अ.क पदका लागि लोकसेवा परीक्षामा उर्तीण हुनेहरुको नामावली

यस्तो छ सेनाको अ.क पदका लागि लोकसेवा परीक्षामा उर्तीण हुनेहरुको नामावली ३ दिन पहिले | संसार न्यूज़

९ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…