Sansar News- Nepal's Fast Khabar Online News Portal

एनसेल टावरमा आगजनी

संसार न्यूज़
४ महिना पहिले
एनसेल टावरमा आगजनी

२७ पुस, तनहुँ । तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा गए राति आगजनी भएको छ । अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ ।

आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिनुभयो ।

राति ११ बजे टावर बन्द भएको म्यासेज एनसेल कर्मचारीको मोबाइलमा आएको थियो । बिहान गएर हेर्दा टावर आगजनी भएको अवस्था भेटिएको बताइएको छ ।

बिजुलीको मुख्य मिटरबाट लाइन काटेर आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट भेटिएको छ । आगजनीबाट टावरको जेनेरेटर, ब्याट्री, टावरका तारलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ ।

आगजनी कसले र किन गरेको भन्ने विषयमा थाहा नभएको र आगजनी गर्नेको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
ग्रामीण भेगमा बृहत् स्वास्थ्य शिविर
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय, तनहुँको भिमाद नगरपालिका र स्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा भिमाद नगरपालिका–८ भानुमतीमा बृहत् स्वास्थ्य शिविर शनिबारदेखि शुरु भएको छ ।

ग्रामीण भेगका सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यसहित हिमालय माविको प्राङ्गणमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो । शिविरमा विशेषज्ञ चिकित्सकले सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने र निःशुल्क औषधि वितरण गरिने स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, हिमालय आँखा अस्पताल पोखरा, गण्डकी मेडिकल कलेजलगायतको प्राविधिक सहयोगमा शुरु भएको शिविरमा छाला तथा यौनरोग, स्त्रीरोग, हाडजोर्नी, नाक, कान, घाँटी, दन्तरोग, भिडियो एक्स–रे, जनरल मेडिसिन, प्रयोगशाला सेवा र आँखा उपचार सेवा प्रदान गरिनेछ ।

शिविरमा गण्डकी मेडिकल कलेज पोखराका हाडजोर्नी विशेषज्ञ डा हरि शर्मा, दाँतरोग विशेषज्ञ डा साधना घिमिरे, डा विवेक राई, स्त्रीरोग विशेषज्ञ डा सविता थापा, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका डा रामकुमार श्रेष्ठ, डा राजकुमार गजमेर, हिमालय आँखा अस्पतालका गोविन्दनाथ योगी, मुस्कान गुप्ता, भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका डा प्रकाश नेपालीलगायतले स्वास्थ्य परीक्षण गर्नेछन् ।

ग्रामीण भेगमा विशेषज्ञ चिकित्सकसहितको टोलीले स्वास्थ्य शिविरको आयोजना गरेपछि यहाँका स्थानीयवासी खुशी भएको भिमाद नगरपालिका–८ का वडाध्यक्ष सूर्यनारायण श्रेष्ठले जानकारी दिए ।

शिविरको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले हरेक व्यक्तिलाई स्वस्थ राख्ने सरकारको अभियान रहेको बताए । स्वस्थ नागरिक भए मात्रै समृद्ध मुलुक बनाउने अभियानले सार्थकता पाउने भन्दै मन्त्री गुरुङले स्वास्थ्य उपचारबाट कोही पनि सर्वसाधारण वञ्चित हुन नपर्ने बताए ।

मन्त्री गुरुङले भने, “समृद्ध मुलुक बनाउने अभियानका लागि स्वस्थ नागरिक आवश्यक छ, जनताको स्वास्थ्यप्रति सरकार गम्भीर छ । हरेक व्यक्तिलाई स्वस्थ नागरिक बनाउनु सरकारको उद्देश्य हो ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…