back

रामपुर नगरपालिकालाई छोएन भ्रमण वर्षले

वि.सं.२०७६ पुस २७ आइतवार

111 

shares
NTC AD
Global IME AD

२७ पुस, रामपुर । नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउन लागिरहे पनि प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पाल्पाको रामपुर नगरपालिकामा भने भ्रमण वर्षलाई लक्षित गरी कुनै पनि कार्यक्रम शुरु भएको छैन ।

देशैभरि भ्रमण वर्षको रौनकता बढेका बेला रामपुर नगरपालिकाले भ्रमण वर्ष लक्षित गरी कुनै पनि कार्यक्रम अगाडि बढाएको पाइदैन । लुम्बिनी र पोखराको बीच भागमा रहेको रामपुरमा धेरै पर्यटक भित्र्याउन सकिने सम्भावना छ ।

भ्रमण वर्ष मनाउने योजना रहेपनि पर्यटकका लागि अहिलेसम्म कुनै पनि विशेष कार्यक्रम भने नगरिएको नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपाने बताउँछन् । “रामपुरमा प्रशस्त पर्यटकीयस्थल छन्, भ्रमण वर्षलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्न सकियो भने लुम्बिनी, पोखरा आएका पर्यटक रामपुरमा आउनेछन्” प्रवक्ता न्यौपानेले भने ।

सदरमुकाम तानसेनदेखि करीब ६५ किलोमिटर पूर्वको दूरीमा रामपुर उपत्यकामा अवस्थित छ । रामपुर भएर देशकै गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालन भइरहेको छ । उत्तरतर्फ सलल बग्दै गरेको कालीगण्डकी, समथर भू–भाग, डाडाँकाँडाको बीचमा पर्ने सुन्दर शहरको रूपमा रहेको छ रामपुर ।

रामपुर नगरपालिकाभित्र ऐतिहासिक तथा पर्यटकीय, धार्मिक तीर्थस्थल प्रशस्त छन् । यहाँ कास्की पोखराको फेवातालको झझल्को दिने तालपोखरा, रामघाट, राममन्दिर, सीताकुण्ड, टापुधाम, राम्चेबन, सिद्धबाबा मन्दिर, बाहुनडाँडा, खैरेनी सामुदायिक वन, रामकुवा, तातोपानी घाटलगायतका महत्वपूर्ण क्षेत्र छन् ।

रामपुर नगरपालिकाले प्रशस्त पर्यटकीयस्थल, विभिन्न जातजाति, भाषाभाषी, कला संस्कृति र रहनसहन रीतिरिवाजले भरिपूर्ण रहेपनि भ्रमण वर्षलाई लक्षित गरी कुनैपनि योजना नल्याएको उद्योग वाणिज्य सङ्घ रामपुरका उद्योग उपाध्यक्ष रुद्रनारायण श्रेष्ठ बताउँछन् । “भ्रमण वर्षमा धेरै भन्दा धेरै बाह्य पर्यटक रामपुर भित्र्याउन सकियो भने यो क्षेत्रको विकास हुनेछ, भ्रमण वर्ष लक्षित गरेर उद्योग वाणिज्य सङ्घले पनि विभिन्न कार्यक्रम गर्ने योजना छ” श्रेष्ठले भने ।

वि.सं.२०७६ पुस २७ आइतवार १४:३९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो...

७५ लाख लागतमा बागेश्वरी मन्दिरमा तामाको छाना

७५ लाख लागतमा बागेश्वरी मन्दिरमा तामाको छाना

राँझा (बाँके) । नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र...

सरकारले दाङमा करेन्ट लागेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने

सरकारले दाङमा करेन्ट लागेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने

तुलसीपुर । दाङमा करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएपछि...

विद्युत्को तार चुडिएर आँगनमै खस्दा एकै घरका तीनको मृत्यु

विद्युत्को तार चुडिएर आँगनमै खस्दा एकै घरका तीनको मृत्यु

घोराही (दाङ) । करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएको...

यात्रु बस र मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु

यात्रु बस र मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु

तुलसीपुर (दाङ) । दाङको राजपुर गाउँपालिका-५ जंग्रहवा र नौसहराबीचको कोरियाखोला...

लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल हो : उपप्रधानमन्त्री श्रेष्ठ

लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल हो : उपप्रधानमन्त्री श्रेष्ठ

लुम्बिनी । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लुम्बिनी बुद्ध जन्मस्थल...