back

सदनतिर हेर्दा

वि.सं.२०७६ पुस २७ आइतवार

138 

shares
NTC AD
Global IME AD

कतै छाला धोई नियत सुकिलो हुन्छ र बरा
भए चाला उस्तै नवयुग भनी भेट्दछ कहाँ
उही थोत्रो डुङ्गा ढलपल गरे डुब्छ अव ता
यतै हेर्नू आफ्नै सदनतिरका तौर तरिका (१)

सवै खोस्टा खोस्टा अवकलनको सम्भव कहाँ
सधैँ उस्तै जोडा हुलहुल पसे निर्णय जहाँ
उही चर्को भाषा प्रदुषण गरे व्योम सरिता
यतै हेर्नू आफ्नै सदनतिरका तौर तरिका (२)

कुनै मान्छे बोले फरकपनले घुर्दछ अति
र तर्साई सारा युग युग अहो गर्दछ खति
चुनी आए सारा तर पनि बने सौम्य भरिया
यतै हेर्नू आफ्नै सदनतिरका तौर तरिका (३)

उता पार्टीभित्रै दिनदिन लडे खोस्नुछ पद
कहाँ गुणी मान्छे अबुझ शठका झुण्ड छ सव
सवै स्वार्थी स्वार्थी अकुत धनमै गर्छ रमिता
यतै हेर्नू आफ्नै सदनतिरका तौर तरिका (४)

कतै नेपालीको सुखसयलको आस छ भने
कतै छिट्टै ठूला सगर पुगिने आस छ भने
कहाँ होलान् हाम्रा जलधि नभई फाँट रसिला
यतै हेर्नू आफ्नै सदनतिरका तौर तरिका (५)

अझै नेपाली हो गुपचुप बसे दुख्छ गरिमा
र नेपाली माटो करुण रसमा चढ्छ बलिमा
नबुझ्दा बेलैमा अतित पलको घट्छ महिमा
यतै हेर्नू आफ्नै सदनतिरका तौर तरिका (६)

वि.सं.२०७६ पुस २७ आइतवार १६:१० मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...