Sansar News- Nepal's Fast Khabar Online News Portal

नास्ट र ‘फर्क है फर्क वैज्ञानिक’ को कथा

संसार न्यूज़
१ महिना पहिले
नास्ट र ‘फर्क है फर्क वैज्ञानिक’ को कथा

यहाँ त सात समुद्र काट्ना साथ नेपाली स्वतः बिटुलो मानिने भएको छ । त्यसैले त यहाँ ‘तिमी उतै बस, अनि यसो छुट्टीमा आउँदा हाम्रो विज्ञानको पनि विकास गरिदेउ’ भन्ने नीति लिइएको छ । विना सोचविचार र विना उदार हृदय गरिने विज्ञानको विकास लपस्तरो र लङ्गडो बाहेक के हुने ? यहाँ संस्थालाई प्रोजेक्टले गालेका छन्, जागीरले गालेका छन्, संकीर्णतावादले गालेका छन् ।

एउटा वैज्ञानिक बन्न लालायित युवक नास्टको नारालाई पत्याएर फर्केर कुन चाहिँ उत्कृष्ट वैज्ञानिकसँग, कतिवटा आविष्कार गरेको वैज्ञानिकसँग वा कतिवटा खोज गरेको वैज्ञानिकसँग काम गर्छ ? के ऊ कुनै राजनीतिक अभिभावकत्वमा वैज्ञानिक बन्ने हो र !

सम्वत २००४ मा बेलायती साम्राज्यबाट भारतले स्वतन्त्रता पाएकै रापतापमा नेपालको राणा शासन पनि सम्वत २००७ मा ढ्ल्यो । यस पछिको दशक नेपालका लागि आन्तरिक कलहको समय थियो भने भारतका लागि राष्ट्रवादी उभारको थियो । मेरा सहपाठी मित्र बुलु मुकारुङले सम्वत २०७४ को एक लेखमा लेखेका छन् ‘सन् १८१५ को सुगौली सन्धिपछि भारतमा विलय भएको दार्जिलिङमा सन् १९६० ताका अम्बर गुरुङद्वारा संस्थापित ‘आर्ट एकेडेमी’ ले धेरै नेपाली भाषी प्रतिभाहरू हुर्कायो र त्यहीँ नेपाली भाषा र संस्कृति सम्बन्धी सचेतनाको मूलबाटो कोरियोस त्यहीँ कवि र गीतकार अगमसिंह गिरी रचित रअम्बर गुरुङद्वारा गाइएको ‘नौलाख तारा उदाए’ बोलको गीत नेपाली–गोर्खाली रस्ती बस्ती तताउन सफल भयो सत्यो एउटा सचेतनाको प्रकट दीयो बनेर निस्क्यो । यसको सकारात्मक प्रभाव नेपालमा पनि प¥यो ।

नेपाली सचेतनाबाट डराएको भारत सरकारले त्यो गीतलाई नै प्रतिबन्ध लगायो र अम्बरले आफ्नो जागिर पनि छोड्न बाध्य हुनु प¥यो । अलइन्डिया रेडियोमा बज्न छाडेपछि नेपालमा र नेपाली माझमा त्यो गीत झन्झन् लोकप्रिय हुँदै गयो । यता यसै गीतको उत्तरमा रेडियो नेपालबाट ‘फर्क है फर्क नेपाली, तिमीलाई डाक्छ हिमाल, आमाको माया बराबर तिम्रै हो यो देश नेपाल’ बोलको लक्ष्मण लोहनी रचित, नातिकाजीबाट सङ्गीतबद्ध र पुष्प नेपालीद्वारा गाइएको गीत प्रसारित भएपछि दार्जिलिङ र नेपालका कलाकारहरूले गीतबाट आफ्ना भावनाहरू आदान प्रदान गर्ने क्रम थप प्रगाढ बन्यो । दार्जिलिङ र नेपाल दुवैतर्फ नेपाली भाषा, साहित्य र सङ्गीत विकासका लागि यो एक उत्प्रेरक समय बन्यो ।
‘नौ लाख तारा’ बाट प्रभावित राजा महेन्द्रले सम्वत २०२५ मा आफ्नो जन्मोत्सवको अवसरमा दार्जिलिङका १४–१५ सदस्यीय कलाकार समूहलाई नेपाल बोलाए । भनिन्छ महेन्द्रले यो काम विदेशमा रहेका नेपाली प्रतिभालाई देश फर्काउने नीति अनुरूप गरेका थिए । उनले लैनसिंह वाङदेललाई फ्रान्सबाट काठमाडौं ल्याइसकेका थिए । रनवीर सुब्बा पनि काठमाडौं आइसकेका थिए । आसामबाट हरिभक्त कटुवाललाई पनि काठमाडौं ल्याएका थिए । सूर्यविक्रम ज्ञवालीलाई पनि ल्याइसकेका थिए । दार्जिलिङका प्रतिभालाई काठमाडौं ल्याउने उनको चाहना थियो । यसकै लागि उनले यो कार्यक्रम राखेका थिए । साँच्चै नै महेन्द्रले दर्जनौँ नेपाली उच्च प्रतिभालाई सधैँका लागि भारत र अन्य मुलुकबाट नेपाल ल्याउन सफल भए । गायक र सङ्गीतकार अम्बर गुरुङलाई प्रज्ञा प्रतिष्ठानमा सङ्गीत विशेषज्ञको पद दिएर ल्याइएको थियो । यसले नेपालमा भाषा साहित्यको क्षेत्रमा विद्वान र सर्जकहरूको एउटा घनत्व निर्माण ग¥यो र त्यसको फाइदा हाम्रो पुस्ताले उठायो । विज्ञान प्रविधिमा नभए पनि गीत, सङ्गीत, कला र साहित्यमा नेपालले गरेको प्रगति उल्लेख्य हुनुमा महेन्द्रको त्यो कदमको पनि भूमिका रहेको छ । त्यो वेला विज्ञान प्रविधिको क्षेत्रमा नेपाली मूलका विद्वानहरुको कहीँ उदय भएको भए तिनलाई पनि महेन्द्रले नेपाल ल्याउँथे होला तर त्यो परिकार उनको समयमा पाकिसकेको थिएन ।

‘नेपालमा तपाईँलाई एकदिन पनि नरोकिई काम गर्ने वातावरण दिनेछौँ’ भन्ने सुनेर मनमा बडो उत्साह पाल्दै फर्किएको व्यक्ति म पनि एउटा हुँ । पछि बल्ल थाहा भयो नेपालमा एकदिन पनि नरोकिइकन हुने केही छ भने त्यो राजनीति मात्र हो, विज्ञान र प्रविधिको विकासमा त यहाँ अवरोधहरूको थुप्रो नै छ । पार्टीको फेरो समात्नेलाई विज्ञान र विद्याको काम दिन पर्दा विज्ञान र विद्याको काम गर्नेलाई मझेरीको कसिङ्गर बढारे झैँ बढारेर कसिङ्गरदानीमा फ्याँक्न आवश्यक हुन गएको छ । कसिङ्गरदानीमा फ्याँकिएको पनि अक्सर त्यहाँबाट उडेर विकसित राष्ट्र तिर हानिन पुग्छ ।

मेरा अग्रज प्रा डा जीवराज पोखरेल केही वर्षअघि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपति हुनु भयो । गीत, सङ्गीत र साहित्यका पारखी उहाँलाई पनि त्यो ‘फर्क है फर्क नेपाली’ को रस चढ्यो । लाग्यो ‘वैज्ञानिक संस्थाको नेतृत्व गरेको मैले नेपाली वैज्ञानिकलाई नेपाल फर्काउँछु’ । फलस्वरूप २०७३ फागुन २१ गते नास्टले ‘फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ कार्यक्रमको घोषणा ग¥यो । नास्टले विदेशमा काम गरेर नेपाल फर्किएको एक वर्ष अवधि ननाघेका व्यक्तिलाई वा विदेशमा रहेका व्यक्तिलाई उनका अवधारणा पत्र पेस गर्न आग्रह ग¥यो । यसमा कम्तीमा तीन महिनादेखि एक वर्षसम्मको अनुसन्धान अवधि रहने बताइएको थियो । छनोट भएका वैज्ञानिक तथा प्राविधिकलाई समय अवधिभर कम्तीमा नास्टको अधिकृत बराबरको मासिक पारिश्रमिक वा बढी समेत दिने व्यवस्था मिलाइएको जानकारी दिइएको थियो । यो कार्यक्रममा अठार वटा आवेदन परेका, चारवटा छनौट भएका र दुई जना नेपाली वैज्ञानिक फर्केका भनेर सम्वत २०७४ मा पत्रिकामा पढ्न मिलेको थियो । यथार्थ नास्टलाई नै थाहा होला । नेपालमा उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानलाई उठाउने लक्ष समातेर सन् २०१० मा क्यानाडा छोडेर नेपाल फर्केर अन्ततः सडकमै समय काटेको मलाई चिनेका उपकुलपति पोख्रेलले एक भेटमा तपाईँ नास्टमा आएर अनुसन्धान गर्ने भए २ लाख बजेट छुट्याउन सकुँला पनि भन्नुभएको हो, तर मेरो मनमा खेल्ने योजनामा त्यसले छोपको पनि काम नगर्ने हुनाले मैले असमर्थता जनाएँ, उहाँको सदाशयतालाई धन्यवाद नै छ ।

कुनै वैज्ञानिक पर्यावरण, घनत्व तथा उच्च वैज्ञानिक अभिभावकत्वको व्यवस्था विना कोही युवा वैज्ञानिक फर्के पनि उसको वैज्ञानिक अभिवृद्धि कति हुन्छ ? म पनि नास्टकै पूर्व वैज्ञानिक हुँ तर यदि म विदेशमा नगएको भए र त्यसमा पनि ‘बेल ल्याब’ का दशकौँ देखि खारिएका वैज्ञानिकहरूसँग अनुसन्धानको काम गर्ने अवसर नपाएको भए मैले आविष्कारहरू गर्न सक्थेँ भन्ने मलाई लाग्दैन ।

हालका उपकुलपति मित्र डा. सुनिल बाबु श्रेष्ठले पनि वैज्ञानिक फर्काउन २० लाख बजेट छुट्याएको कुरा सुन्नमा आयो । त्यो सम्वत २०७३ मा थालेको कार्यक्रम असफल भएकोले यसलाई ‘ब्रेनपुलिङ नेपाल’ भनेर नयाँ कलेवरका साथ थालिएको रहेछ । यस्तो सदाशयताका लागि उहाँलाई पनि धन्यवाद त दिनै पर्छ । तर पुरै जीवन नै नेपालको वैज्ञानिक विकासमा अर्पन्छु भनेर नेपाल फर्कँदा त्यही विज्ञानको बाटो अपनाउन निषेधित बनेर जीवन व्यतीत गरिरहेको मलाई यी नाराहरूलाई नाराहरू कै रूपमा बुझ्नु उपयुक्त लाग्दछ । किनकी ‘नेपालमा तपाईँलाई एकदिन पनि नरोकिई काम गर्ने वातावरण दिनेछौँ’ भन्ने सुनेर मनमा बडो उत्साह पाल्दै फर्किएको व्यक्ति म पनि एउटा हुँ । पछि बल्ल थाहा भयो नेपालमा एकदिन पनि नरोकिइकन हुने केही छ भने त्यो राजनीति मात्र हो, विज्ञान र प्रविधिको विकासमा त यहाँ अवरोधहरूको थुप्रो नै छ । पार्टीको फेरो समात्नेलाई विज्ञान र विद्याको काम दिन पर्दा विज्ञान र विद्याको काम गर्नेलाई मझेरीको कसिङ्गर बढारे झैँ बढारेर कसिङ्गरदानीमा फ्याँक्न आवश्यक हुन गएको छ । कसिङ्गरदानीमा फ्याँकिएको पनि अक्सर त्यहाँबाट उडेर विकसित राष्ट्र तिर हानिन पुग्छ ।

वैज्ञानिक फर्काउन चाहनेले कमसेकम ‘वैज्ञानिक को हु ?’, ‘एउटा मानिस किन र कसरी वैज्ञानिक बन्छ ?’ र अझ महत्वपूर्ण रूपमा भन्दा ‘वैज्ञानिक कहाँ बस्छन ?’ भन्ने बारेमा ध्यान दिनुपर्छ । विज्ञान र वैज्ञानिकको कुरा गर्दा ‘भेडा भेडासँग र बाख्राबाख्रासँग’ भन्ने उखान मानिसकै लागि बनाइएको हो भन्ने थाहा पाउनु पर्छ । एउटा आवारा अर्काे सफल आवाराको सङ्गतको खोजमा हुन्छ । एउटा व्यापारी आफूभन्दा सफल व्यापारीको सङ्गतको खोजमा हुन्छ । एउटा राजनीतिज्ञ आफूभन्दा सफल राजनीतिज्ञको सङ्गतको खोजमा हुन्छ । एउटा आविष्कारक आविष्कारकको, वैज्ञानिक वैज्ञानिकको, गायक गायकको, चित्रकार चित्रकारको, खेलाडी खेलाडीको । त्यसैले ओलम्पिक खेलाडी उत्पादन गर्न नयाँ खेलाडीलाई ओलम्पिकमै सफलता हासिल गरेका अरू खेलाडीसँगको संसर्गमा राख्ने प्रबन्ध मिलाउने गरिन्छ । मूलतः कसैसँग पढेर विरलै हामी वैज्ञानिक बन्छौँ तर सफल वैज्ञानिकसँगसँगै काम गर्दै जाँदा धेरै हामी वैज्ञानिक बन्दछौँ । त्यसैले एउटा वास्तविक वैज्ञानिक कुनै नाराका पछाडी नदौडेर आफूभन्दा धेरै सफल वैज्ञानिकका पछाडी दौडन चाहन्छ । अझ खासगरी बुकी त्यहीँ फुल्छ जहाँ बुकी फुल्ने पर्यावरण छ । उचित वातावरण भएको ठाउँमा बुकी आफैँ जन्मन्छ, बढ्छ र फैलिन्छ, मात्र थप कुरा यो हो कि त्यो क्षेत्रमा कहीँ बुकीको बीज विद्यमान होस् ।

एउटा वैज्ञानिक बन्न लालायित युवक नास्टको नारालाई पत्याएर फर्केर कुन चाहिँ उत्कृष्ट वैज्ञानिकसँग, कतिवटा आविष्कार गरेको वैज्ञानिकसँग वा कतिवटा खोज गरेको वैज्ञानिकसँग काम गर्छ ? के ऊ कुनै राजनीतिक अभिभावकत्वमा वैज्ञानिक बन्ने हो र ! मात्र प्रतिभा खोज्ने हो भने त नास्टमै कार्यरतहरूसँग पनि त होला ! तर खोइ उचित दिशा, दीक्षा, अभिभावकत्व, पर्यावरण, र वैज्ञानिक घनत्व ? कुनै वैज्ञानिक पर्यावरण, घनत्व तथा उच्च वैज्ञानिक अभिभावकत्वको व्यवस्था विना कोही युवा वैज्ञानिक फर्के पनि उसको वैज्ञानिक अभिवृद्धि कति हुन्छ ? म पनि नास्टकै पूर्व वैज्ञानिक हुँ तर यदि म विदेशमा नगएको भए र त्यसमा पनि ‘बेल ल्याब’ का दशकौँ देखि खारिएका वैज्ञानिकहरूसँग अनुसन्धानको काम गर्ने अवसर नपाएको भए मैले आविष्कारहरू गर्न सक्थेँ भन्ने मलाई लाग्दैन ।

डायास्पोरा वैज्ञानिकलाई पार्टटाइम अनुसन्धानमा लगाउन छुट्याएको २० लाख देखेर कुनै स्थापित र आफै नेतृत्व गर्न सक्ने वैज्ञानिक फर्कने त कुरै भएन । उता स्थापित वैज्ञानिकलाई यहाँ आकर्षण नगरी कसरी नेपालमा विज्ञानको विकास होला ? मलाई लाग्छ, एउटा डोको बुन्न सिकाउन प्रत्यक्ष सम्पर्कको जति महत्व छ त्यति नै महत्व वैज्ञानिक बनाउन पनि हुन्छ । उता जागिर नपाइसकेका कोही नेपाली युवा विदेशी विद्वान को सम्पर्कमा आउन सकुँला भनेर नास्टमा आएछन् भने पनि मूलतः प्रोजेक्ट पछि उसको गन्तव्य पुनः विदेश नै हो ।

हामीले उहिल्यै एक दशक भन्दा अघि नै एउटा विद्यावत पर्यावरणको कुरा गरेका थियौँ, विद्यावत शहरको कुरा गरेका थियौँ, बौद्धिक घनत्वको कुरा गरेका थियौँ, विद्यावत संस्थाको घनत्वको कुरा गरेका थियौँ, र विद्यावत सहकार्यको कुरा गरेका थियौँ । यस्तो सोच बोकेर हामीले वर्षाैँको यात्रा ग¥र्यौँ तर हामीले वैज्ञानिक प्रयोजनका लागि स्थापना गरेका संस्थाको नेतृत्व कतिवटा आविष्कार गरेका वैज्ञानिकले वा कति अनुसन्धानमूलक काम गरेका विद्वानले, कति डायास्पोरा विद्वान  वा वैज्ञानिकले पाए ? या ती पदहरू राजनीतिक आशीर्वादका आधारमा वैज्ञानिक र अनुसन्धानात्मक उच्चतालाई किनारामा राखेर वैज्ञानिक यात्रा नै नगरेकालाई दिइयो ? अनि ती नेतृत्व पाउनेले हाम्रा सोचलाई आत्मसात गरे कि रक्षानमा फ्याँके ? यस्ता कुरा बौद्धिक र वैज्ञानिक विकासका बहसको केन्द्रमा हुनुपर्छ । के यहाँ फुटकर जागिरको सँगालोलाई संस्था मान्ने प्रवृत्ति तोडिएको छ ? छैन । नेपालमा लामो समय देखि फुटकर वैज्ञानिक जागिरको सँगालोलाई विज्ञान र वैज्ञानिकहरूको प्रवर्धन गर्न आवश्यक पर्यावरणको पर्याय मान्ने मानसिकता रहेको छ । यस्तै यस्तै किराहरूले नेपालमा विज्ञानरूपी हिरालाई खाइरहेका छन् ।

यहाँ चीनको कुरा आउँछ, कोरियाको कुरा आउँछ, उनीहरूले उनका डायस्पोरा वैज्ञानिक फर्काए पनि भनिन्छ । तर कमसेकम आफ्नै देशको राजा महेन्द्रबाट सिक्न सकिने सम्म सकारात्मक कुरा पनि हाम्रा ‘परिवर्तनकारी’ शासक र विद्वान ले बुझे कस्तो हुँदो हो ! के महेन्द्रले डायास्पोरा साहित्यकार र सङ्गितकारलाई ल्याउन गरेको काम यो सरकारले डायास्पोरा वैज्ञानिक ल्याउन नास्टमा गरे कस्तो हुँदो हो ? तर अवस्था उल्टो छ । आज लैनसिंहबाङ्देल नेपाल आएर नेपाल एकाडेमिको हेड् हुन सक्दैनन्, नेपाली मूलको कुनै वैज्ञानिक दार्जिलिङबाट आएर नास्टको प्रमुख हुन सक्दैन । वास्तवमा हामीलाई विज्ञान र वैज्ञानिक संस्था चाहिएकै थियो भने त जर्मन वैज्ञानिक आइन्सटाइनलाई अमेरिकामा ठाउँ भए झैँनेपाली मूलका मात्र नभएर विश्वको कुनै मूलका उच्च वैज्ञानिक र सर्जकलाई नेपालमा पनि ठाउँ हुनु पर्ने थियो तर यहाँ त निषेध पो छ । यहाँ वैज्ञानिक संस्थाहरू र विश्वविद्यालय पनि पार्टी निकटलाई जागिर खानका लागि चाहिएका छन् । यो मैले आज सत्तासिन पार्टीलाई मात्र भनेको होइन । यो हिजोका सत्तासिनलाई र भोलिका आकाङ्क्षीलाई पनि भनेको हो ।

कमसेकम हाम्रा बाका पाला सम्म त नेपालमा पनि ‘को विदेश सुविद्यानाम’ अर्थात्त् ‘विद्वानका लागि विदेश कुन हो?’ भनेर घोकाइँदै थियो । कमसेकम राजा महेन्द्रलाई त त्यो श्लोकको हेक्का रहेछ ! आजका शासकलाई त राष्ट्रवाद नामका अक्षतापाती छर्केर चोख्याएको कुनै पनि कालो पट्टिले आँखा बाँध्नु गौरवको विषय बनेको छ । के कुनै ढोँगी राष्ट्रवाद र सही राष्ट्रवादको फरक थाहा नपाएका भए चिनीयाँ वैज्ञानिकलाई चीनले र कोरियन वैज्ञानिकलाई कोरियाले फर्काउन सक्थे ? मैले त केही दिन अघि मात्र एउटा कोरियन विश्वविद्यालयको प्रेसिडेण्ट र चान्सलर भेटेको थिएँ जो कोरियन मूलका अष्ट्रेलियन नागरिक थिए । तर यहाँ त सात समुद्र काट्ना साथ नेपाली स्वतः बिटुलो मानिने भएको छ । त्यसैले त यहाँ ‘तिमी उतै बस, अनि यसो छुट्टीमा आउँदा हाम्रो विज्ञानको पनि विकास गरिदेउ’ भन्ने नीति लिइएको छ । विना सोचविचार र विना उदार हृदय गरिने विज्ञानको विकास लपस्तरो र लङ्गडो बाहेक के हुने ? यहाँ संस्थालाई प्रोजेक्टले गालेका छन्, जागीरले गालेका छन्, संकीर्णतावादले गालेका छन् । आशा गरौँ, फेरि पनि प्रोजेक्ट रिपोर्ट लेखिएलान् र तथ्यांक पनि प्रकाशित गरिएलान् ! यो आलोचनासहित नास्ट सुध्रोस् र सफल होस् भन्ने शुभकामना छ।

(लेखक : नेपाल खुला विश्वविद्यालयका संस्थापक अभियन्ता हुन् । त्यो अभियान पश्चात उनी गैँडाकोटमा विद्यावत शहर विकास अभियानका संयोजक रहेका छन् र त्यसको परिकल्पनाका मूल लेखक हुन् । यसैवर्ष प्रकाशमा आएको उनको ‘पूर्वीय दर्शनको पुनव्र्याख्या’ नामको पुस्तक बजारमा आएको छ ।([email protected])

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ६ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…