Sansar News- Nepal's Fast Khabar Online News Portal

कसरी आकर्षित गर्ने अरुलाई आफूतिर ?

संसार न्यूज़
४ दिन पहिले
कसरी आकर्षित गर्ने अरुलाई आफूतिर  ?

मानिस सामाजिक प्राणी हो । उसले समाजमा रहेर बाँच्नुपर्छ । समाजमा रहेर बाँच्नु मात्रै होइन् कि, समाजलाई सभ्य र उदाहरणीय बनाउने काम पनि मानिसकै हो । तर, जब उक्त मानिस आफै सभ्य छैन वा अरुलाई अरुलाई आफूतिर आकर्षित गर्न जान्दैन भने उसलाई मानिसहरु छिट्टै बिर्सन्छन् । त्यसकारण जीवनमा केही गर्नका लागि र सबैको प्रिय तथा उनीहरुले सम्झन लायक बन्न जीवनमा केही गर्न जरुरी हुन्छ ।

आउनुहोस् जानौं कसरी आकर्षित गर्ने त आफूतिर अरुलाई 
कुनै पनि मानिसलाई आकर्षित गर्नका लागि तपाईका धेरै व्यवहारले फरक पार्दछ । जस्तै बोल्दा, खाँदा, हिड्दा, हास्दा समेत तपाईले ध्यान पुर्याउनु पर्दछ ।

त्यसकारण पनि तपाईले छोटो समयमै अरुमा आफ्नो छाप छोड्नका लागि अथवा आफू विभिन्न क्षेत्रमा सफल हुनका लागि केही कुरा ध्यान दिनुपर्ने हुन्छ । धेरैजसो मानिस पहिलोपटक कसैसँग भेट्दैछन् भने उनीहरुसँग के कुरा गर्ने भन्ने सोच्दा सोच्दै नर्भस हुन्छन् । उनीहरु पहिलो भेटमै अचम्मको हाउभाउ गर्न थाल्छन् ।त्यसकारण पनि उनीहरु राम्रो सम्बन्ध बनाउन सक्तैनन् ।

यदि तपाई अरुसँग राम्रो सम्बन्ध बनाउन चाहानुहन्छ र उनीहरुको मन जित्न चाहानुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस् ।

आफ्नो बडि ल्याङ्गवेज खुला राख्नुहोस्– यदि तपाईकसैसँग पहिलो पटक भेट्नु भएको छ भने अगाडि दुबैहात कुम मुनि लगेर बाँधेर नराख्नुहोस् । दुवै खुट्टा जोडाएर नउभिउनुहोस् ।
आँखा जुधाएर कुरा गर्नुहोस्–हुन त हाम्रो समाजमा आफूभन्दा ठूलोसँग आँखा जुधाएर कुरा नगर्नु भनिन्छ ।

अर्को अर्थमा आँखा जुध्नुलाई प्रेममा परेको पनि भनिन्छ । तर, त्यसो नभएर आँखा जुधाएर कुरा गर्नु -Eye Contact) आफैमा कन्फिडेन्स बढ्नु हो । यस्तोमा तपाई नर्भस हुनुहन्छ या झुट बोल्नु भएको छ भने आँखा जुधाउन सक्नुहुन्न । तर, आँखा जुधाउनु भन्दैमा अन्त हेदै नहेरी उसको आँखामा हेरिरहनु होइन, कि जतिबेला तपाईले सहज महसुस गर्नुहुन्छ त्यतिबेला तपाई आँखा जुधाएर विपरित व्यक्तिसँग कुरा गर्न सक्नुहुन्छ ।

मिठो मुस्कान दिनुहोस्-तपाईले उक्त व्यक्तिलाई भेटेर आँखा जुधाएर कुरा गर्ने क्रममा हल्का मुस्कान पनि दिनहोस् । यसले तपाइलाई व्यक्तिप्रति सकारात्मकताको भाव जगाउनेछ ।

मिठो स्वरमा कुरा गर्नुहोस्–मिठो मुस्कान पछि उक्त व्यक्तिसँग तपाई मिठो स्वरमा गर्नुहोस् । जस्तै तपाइ सन्चै हुनुहुन्छ वा उसले सोधेको कुरामा सुझवुझका साथ नआत्तिकन जवाफ दिनुहोस् । यतिकुरा ख्याल गर्नुहोस् तपाई जति राम्रोसँग परिचय दिनहुन्छ उक्त व्यक्तिले पनि त्यसरी नै आफ्नो परिचय दिन्छ । यो राम्रो समय बन्न सक्छ कि ती व्यक्तिका बारेमा बुझ्नका लागि ।

जति सोध्छन् त्यति नै जवाफ दिनुहोस्-यदि उक्त व्यक्तिले तपाईलाई नमस्कार भनेर आफ्नो परिचय दिन्छन् भने तपाईपनि त्यसरी नै बोल्नुहोस् । तपाईले आफ्नो परिचयका क्रममा आफ्ना बारे जति भन्नुहुन्छ ती व्यक्तिले पनि त्यत्तिनै जवाफ दिन्छन् । अनि विस्तारै कुरा अगाडि बढाउन सक्नुहुन्छ । कुरा गर्ने क्रममा उनका कुरामा ध्यान दिनु जरुरी हुन्छ ।

कुरा गर्ने क्रममा थोरै झुक्नु-कुरा गर्ने क्रममा तपाई थोरै झुक्न सक्नहुुन्छ । झुक्नु पूरै निहुरिनु नभएर आफू ती व्यक्तिप्रति सकारात्मक छु र कृतज्ञ छु वा उनका कुरा सुन्नमा इच्छुक छु भन्नु पनि हो ।

यौन सम्पर्कका बेला कण्डम भित्र अड्कियो यसो गर्नुस्

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ महिना पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ५ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ५ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ८ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…

International airport to remain closed for half an hour

International airport to remain closed for half an hour ३ वर्ष पहिले | संसार न्यूज़

23 june, Kathmandu- The Tribhuvan international Airport (TIA) would remain…