Sansar News- Nepal's Fast Khabar Online News Portal

श्रीलङ्का सरकारद्वारा गरीबलक्षित बृहत आवास कार्यक्रम अनुमोदन

सिन्ह्वा
२ हप्ता पहिले
श्रीलङ्का सरकारद्वारा गरीबलक्षित बृहत आवास कार्यक्रम अनुमोदन

२९ पुस, कोलम्बो । श्रीलङ्काको सरकारले ग्रामिणस्तरमा आवास नहुनेका लागि लक्षित गरी ल्याएको बृहत् आवास कार्यक्रमलाई पारित गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मन्त्रीपरिषद्ले घरबिहीन तथा अति गरिब नागरिकलाई आवासको पहुँच बढाउने राष्ट्रिय योजनाको एक भागको रूपमा चार करोड ६५ लाख अमेरिकी डलर बराबर योजना प्रस्तावलाई सोमबार अनुमोदन गरेको हो ।

प्रधानमन्त्री महिन्दा राजापाक्ष र सहरी विकास, खानेपानी तथा आवास सुविधा मन्त्रालयको प्रस्तावमा देशको १४ हजार २२ स्थानीय निकाय घरविहीन परिवारलाई आवास निर्माण गरिदिने योजना रहेको छ । कार्यक्रमअन्तर्गत गरिब परिवारलाई भैरहेको घर मर्मत गर्न वा पुनः निर्माण गर्नका लागि प्रति परिवार तीन हजार ३१७ अमेरिकी डलर उपलब्ध गराइनेछ ।

‘प्रत्येक गाउँका लागि घर, देशको भविष्य’ कार्यक्रमअन्तर्गत सरकारले पहिलो चरणको कार्यक्रमअघि बढाउने निर्णय गरेको हो । यस कार्यक्रमले सबै नागरिकलाई आरामदायी घरको सहज पहुँच पु¥याउने लक्ष्य लिएको छ । कार्यक्रम ग्रामीण राजनीतिक नेतृत्व, सरकारी कर्मचारी र नागरिक संगठन सम्मिलित सामुदायिक समितिले यस वर्ष राज्यभर कार्यान्वयनमा लानेछ ।

सर्बाधिक पढिएको

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ?

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ? ४ हप्ता पहिले | संसार न्यूज़

९ पुस, काठमाडौँ । बिहीबार बिहान करिब पौने ३ घण्टा…

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ५ दिन पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ३ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका १ हप्ता पहिले | संसार न्यूज़

३ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले…