Sansar News- Nepal's Fast Khabar Online News Portal

विश्व किर्तिमानी कार्यक्रम थप्दै अभियन्ता निपेश, रुपन्देहिमा बिसौ हजार सहभागी हुने

संसार न्यूज़
६ महिना पहिले
विश्व किर्तिमानी कार्यक्रम थप्दै अभियन्ता निपेश, रुपन्देहिमा बिसौ हजार सहभागी हुने

जोगाऔं माटो, जल, जमिन, जंगल ।
यहि हो हाम्रो धन, नयाँ नेपालको संकल्प ।।

भन्दै ३०० बढि कलाकारहरुलाइ एउटै गीतमा स्वर दिन लगाएर बिश्व रेकर्ड कायम गराएका निपेश रुपन्देही जिल्लाको तिलौत्तमा नगरपालिकालाइ प्लास्टिक रहित बनाएर विश्व किर्तिमानी थप्ने प्रयासमा छन ।

अन्तर्राष्ट्रिय विश्वविद्यालयको सर्टिफिकट भएर पनि सडकको फोहर टिप्दै हिडेको भेटिने यी निपेश ढाकाले किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा भएको फोहर टिपेर बातावरण अभियन्ताको परिचय बनाएका थिए । ढाका यतिबेला रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई शुन्य पोलिथिन क्षेत्र बनाउन लागि परेका छन् ।

ग्लोबल वार्मिङ र क्याइमेट चेन्जको विश्वमै ठूलो शिक्षाप्रद हुने गरी ‘जुटौं सारा गाउँ र शहर, शुन्य पोलिथिन तिलोत्तमा नगर’ नामक उनको अभियानले यहि माघ १७ गते विश्व किर्तिमानी कार्यक्रमको आयोजना गर्न लागेको छ ।

शान्ति नमुना उच्च मा. वि. मणिग्राम, तिलोत्तमा नगरपालिका, रुपन्देहीमा हुने उक्त कार्यक्रमको मुख्य फोकस तिलोत्तमा नगर शुन्य पोलिथिन क्षेत्र घोषणा गर्दै वातावरण सम्बन्धि आममानिसमा चेतना फैलाउन र विश्व किर्तिमान राख्नमा केन्द्रित हुने जनाइएको छ । नगरक्षेत्र (कक्षा ९, १०, ११ र १२) का करिब २०,००० विद्यार्थी तथा ५००० वुद्धिजिवि सहभागी हुने सो कार्यक्रमको सभापतित्व तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले गर्नेछन भने माननिय बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संबोधन गर्नेछन ।

प्रदेश नं. ५का उद्योग, पर्यटन तथा वातावरण मन्त्री लिला गिरि सहित जनप्रतिनिधिहरु, तिलोत्तमा नगरपालिकाका तथा रुपन्देही जिल्लाका सम्पुर्ण विद्यालयका प्रधानध्यापक शिक्षक, विज्ञ, भाषाविद्, संस्कृतिविद् तथा समाजसेविहरु, मन्त्रालयका सचिव, कर्मचारी साथै नगरपालिका तथा गाउँपालिका प्रमुखज्यूहरु उपस्थित हुने सो कार्यक्रम तिलोत्तमा नगरपालिका र सीम नेपालको समन्वयमा हरियाली नेपालको अभियानका रुपमा आयोजना गरीनेछ ।

अभियन्ता निपेश ढाकाका अनुसारशुन्य पोलिथिन क्षेत्र बनाउने मुख्य उद्धेश्य सहित शेक्षिक क्षेत्रहरुमा वातावरण सम्बन्धि चेतनामुलक कार्यक्रम, सार्वजनिक ठाउँहरुमा छरपष्ट फालिएका पोलिथिनजन्य पदार्थहरुको संकलन र विश्व किर्तिमानी कार्यक्रम, गिनिज वल्र्ड रेकड्सका लागी कार्यक्रम आयोजना गरीन लागेको हो ।

यसअघि उनले जनचेतनाका लागी एक सांगीतिक कार्यक्रम गरी फोहोरको बोरा ल्याउनेलाइ मात्रै कार्यक्रम प्रवेशको पास दिएका थिए ।

के हो त शुन्य पोलिथिन तिलोत्तमाको अवधारणा ?
निपेश ढाका, वातावरणविद् तथा शुन्य पोलिथिन अभियन्ता
शान्तिका दुत सिदार्थ गौतम बुद्धको जन्मस्थल रुपन्देही वातावरण तथा पर्यावरणिय क्षेत्रमा असिमित प्राकृतिक स्रोत साधनले सिंगारिएको देशकै नमुना जिल्ला हो । उक्त जिल्लाको १६ स्थानिय निकायहरु मध्ये तिलोत्तमा पनि एक सम्भावना बोकेको प्राकृतिक स्रोत सम्पदाले भरिपुर्ण मानवसभ्यताको ईतिहास बोकेको एक नगरपालिका हो । धरातलिय हिसावले समथर भुवनावट यस नगरपालिकाको पूर्वमा रोहिणी नदी र देवदह नगरपालिका, पश्चिममा तिनाउ नदी र सियारी तथा शुद्धोधन गाउँपालीका, उत्तरमा बुटवल उपमहानगरपालीका एवं दक्षिणमा ओमसतिया गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाको बीचमा अवस्थित छ ।

१२६.२ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस नगरमा विभिन्न समुदाय, भाषा, संस्कृति भएको करिव १ लाख ३० हजार जनसंख्या अटेका छन् । समुन्द्रि सतहबाट ११० देखि १७५ मिटर उचाईमा अवस्थित यस अक्षत भुमिमा साविक आनन्दवन, शंकरनगर, करहिया, मक्रहर, मधवलिया, टिकुलीगढ र गंगोलिया सात गाविसलाई जोडेर १७ वटा वडाको रुपमा तिलोत्तमा नगरपालिकाको नामकरण गरिएको हो । स्वर्गिय राममणी आर्चाय दिक्षितको अगुवाईमा विक्रम संवत १९९७र९८ सालमा यस नगरपालिकाको केहि भागको जङगललाई आवाद गरेर वस्ती बसाईएको थियो । आवादि गरिएका १२ मौजाहरुमध्ये ६ वटालाई मणिग्राम र बाँकी ६ मौजाको प्लटलाई मधुवन, आनन्दवन, रामवन, कैलाशवन, नन्दनवन र शान्तीवन राखीएको थियो । तिलोत्तमा नगरपालिकाको केहि क्षेत्रफल आगटेको यस भुमिले तिलोत्तमा नगरपालिकाको शोभनिय, संस्कृति र सामाजिक सभ्यताको विकासमा महत्वपुर्ण भुमिका खेलेको छ ।

विक्रम संवत २०२० सालपछि औलो रोगको उन्मुलन, शिक्षाको विकास, पुर्व पश्चिम महेन्द्र राजमार्ग र तराई पहाड जोड्ने सुनौली पोखराको सिद्धार्थ राजमार्गको संगम स्थल त्यस्तै गौतम बुद्धको जन्मथलो पवित्र लुम्बिनी, अन्तराष्ट्रियस्तरको निर्माणधिन क्षेत्रिय गौतम बुद्ध विमानस्थल आदिले यहाँको विकासले जनघनत्व बुद्धिसँगै विकासका कामहरुपनि दु्रतगतिमा भईरहेको छ । शिवालेक चुरे शिरमा रहेको रुपन्देहि तिनाउको नदिसँगै बुटवल उपमहानगरपालिको पछि आउने तिलोत्तमा क्षेत्र पछिल्लो दुई दशक यता मानववस्तीको रोजाईमा परेको छ । यस भुमिमा पाईला टेक्नेहरुका निम्ती यहाँको भुमि आर्कषीत बनेको छ । दर्जनौ उद्योग, होटल, व्यवसाय लागि मुख्य केन्द्र बन्दै गएको छ । शिक्षा र रोजगारिको नाउँमा यस नगरपालिका क्षेत्रमा पहाडि जिल्लाहरुबाट वसाई सर्नेहरुको लहर क्रमिक रुपमा वृद्धि भईरहेको छ । अहिले बढ्दै गएको मानवचापका कारण नेपालका हरेक बजारका क्षेत्रहरु तथा शहरहरु कुरुप भईरहेकाछन् । त्यस्तै चेपुवामा पुगेको छ तिलोत्तमा नगरपालिका पनि । अव्यवस्थित घरभवन निमार्ण, प्रदुषण र पोलिथिनजन्य पर्दाथको अधिक प्रयोग, उर्वरशिल कृषि भुमिको दोहन, बाँझोपन, प्रदुषित नाला नहर, ढल र सडकको व्यवस्थापनमा कमजोरी त्यस्तै केहि ठाउँहरु खुल्ला दिशा पिसाव यहाँका समस्याहरु हुन् । नगरपालिको समृद्ध विकासको योजना दृतरुपमा अगि बढिरहेको यस नगरपालिका यस्ता सामाजिक र पर्यावरणीय समस्याहरु र चुनौतिहरु हुन् ।
तिलोत्तमा नगरलाई शुन्य पोलिथिन क्षेत्र बनाउनको लागि एउटा वृहत अभियान शुरु भईसकेको छ । ूजुटौं सारा गाउँ र शहर, शुन्य पोलिथिन तिलोत्तमा नगरू भन्ने नारा लिई अगि बढेको यस अभियानबाट नेपालकै पहिलो नमुना नगरपालिकाको रुपमा उभ्याउन र आम तिलोत्तमा नगरवासीहरुलाई वातावरण तथा पर्यावरण सम्बन्धि सचेतना दिनको लागि यस वृहत अभियान शुरु भईसकेको छ । मानव सभ्यताको विकासको क्रममा ढुङ्गेयुगबाट काठ, फलाम, तामा, पित्तल हुँदै प्लाष्टिक युगमा हामि उभिसकेका छौं । विभिन्न समस्या र चुनौतिको वावजुत यस तिलोेत्तमा नगरलाई शुन्य पोलिथिन क्षेत्र कायम गर्ने अभियानलाई सफल बनाउनसम्भव छ भन्नेकुरा प्रष्ट्याउन कार्यक्रम आयोजना गरीदैछ ।
पोलिथिन के हो ?
हामिले पोलिथिन र प्लाष्टिकलाई एकै अर्थमा बुझेका छौं तर यसमा केहि भिन्नता छ । पोलिथिन एक प्लाष्टिक हो तर सबै प्लाष्टिक पोलिथिन हैनन । पोलिथिनललाई एक रासायनिक प्रतिरोध, पारदर्शिता, लचिलोपन र पोलिमराईजिङ्ग ईथिलिन पदार्थले बनेको सिन्थेटिक गुण भएको बस्तु हो । यसलाई मुख्यतय झोला, खाद्य तथा अखाद्य वस्तु प्याकिङ गर्नको लागि र अन्य क्षणिक प्रयोजनको लागि प्रयोग गरिन्छ । त्यस्तै प्लाष्टिक भनेको ताप र दबाब लागू गरेर सजिलैसँग पुन आकार दिन सकिने र दिईएको वस्तु हो । हामिले घरयासी प्रयोग गरिने समान जस्तै कुर्चि, टेवुल, खेलौना साथै गाडिदेखि हवाई जहाजका पाटपुर्जा धेरै प्लाष्टिक छन् । यो हलुङ्गो, पुन प्रयोग गर्न सकिने, टिकाउ र कममुल्य पर्ने हुँदा अहिलेको युगको रोजाईमा छ ।

व्यवहारमा फरक भएता पनि वोलिचालीमा हाम्रो समाजमा केहि कुराहरु फरक छन् जस्तै ः हामि चिया, पानी, पेय पदार्थ पिउने हैन खाने भन्छौ । भाषामा सरल र बुझ्न सहज हुनाले जथाभावि फालिएका पदार्थहरु जस्तै खाद्य तथा अखाद्य वस्तुका खोलहरु, तार, वल्व, टायर, खेलौना, कपडा, बोराहरु सबै काम नलाग्ने चिज सबै पोलिथिनजन्य पदार्थहरुलाई पोलिथिन भनेर बुझौं । हाम्रो दैनिक रुपमा यी प्रयोग भएका यी पोलिथिनले वातावरणमा पार्ने प्रतिकुल प्रभावबारे धेरै थोरै सबै जानकार हुनु अति आवश्यक छ । यसको प्रयोग वातावरण तथा पर्यावरणिय हिसावमा घातकको हो । यो सयौ बर्षसम्म कुहिदैन । यसले माटोको गुणस्तरमा ह्रास ल्याउँछ । ईकोसिस्टमलाई खलवल्याउँछ । गाउँ, शहर, सबै कुरुप बनाईदिन्छ । अन्य यसका यसलाई जलाउँदा वायुमण्डलमा पार्ने प्रभाव झन् डरलाग्दो हुन्छ ।

पोलिथिनजन्य पदार्थहरु जमिन, खेतबारी, कृषिभुमि, सडक, नदि, खोलानाला, सार्वजनिक ठाउँ, पानीका स्रोत, वनजंगलमा छरपस्ट भएका पदार्थहरुलाई उठाउने, संकलन गर्ने अभियान नै शुन्य पोलिथिन अभियान हो । यो सँग हामिले दैनिक रुपमा प्रयोग गरिने घरायसी सामान, खाद्य वा अखाद्य वस्तुहरुका खोलहरु लगाएत सम्पुर्ण पोलिथिनजन्य पदार्थहरुमा जोडिन्छन् । धर्ति, जननी र प्राणदायी यो चन्दनरुपी माटोलाई यस्ता किसिमका क्रियाकलापहरुबाट शुन्य गराउने अभियान हो । हाम्रो धर्म, संस्कृति, अठोट र भविष्य लुकेको यो माटोको रक्षा गर्ने संकल्प हो । हाम्रो पेरिफेरिका पर्यावरणिय क्रियाकलाप हामी चेतनशिल मानिसको सभ्यतासँग जोडिएको हुनाले यसको उचित व्यवस्थापन गर्ने अभियान हो । यस भुमिमा हामि मानव मात्र हैन हजारौं प्राणीको अस्तित्व र सहसम्बन्ध छ । यसलाई निरन्तरता दिन तथा ईकोसिस्टमलाई बचाउनको लागि चालिएको कदम हो । त्यस्तै आम तिलोत्तमा नगरवासीहरुलाई पोलिथिनजन्य पदार्थहरु व्यवस्थापन सँगै शिक्षाको माध्यमबाट वातावरण तथा पर्यावरण सम्बन्धि ज्ञान वृद्धि गराउने दिर्घकालिन महाअभियान पनि हो ।

तिलोत्तमा नगर कसरी पोलिथिन शुन्य हुँदैछ ?
हामिले भान्छामा प्रयोग गर्ने सम्पुर्ण खाध्यान्नको सामान त्यस्तै घर र बाहिर प्रयोग हुने समानहरुको प्याकिङ सबै पोलिथिन तथा प्लाष्टिकमय छ । यसको प्रयोगलाई कम गर्दै उचित व्यवस्थापन गर्नु अहिलेको आवश्यकता हो । त्यसैले निम्न प्रक्रियाहरुको माध्यमबाट तिलोत्तमा नगरलाई शुन्य पोलिथिन क्षेत्र वनाउने अभियानको योजना तयार भईसकेको छ ।

कस्ता छन कार्यक्रम प्रक्रिया
वातावरण संरक्षणको लागि सरकारको केन्द्र देखी प्रादेशिक हुँदै स्थानिय सरकार सम्म प्रवल रुपमा लागि परेको छ । त्यस्तै तिलोत्तमा नगरले २०७५ सालको बैशाख महिनादेखिनै पोलिथिन मुक्त नगरपालिका घोषित गरिसकेको छ । यस अभियानलाई साकार पार्नको लागि बढ्दै गएको विज्ञानको प्रविधि र आममानिसमा भएको चेतनास्तर वृद्धिको कारण नगरका स्थानिय प्रतिनिधिहरु, बुद्धिजिवि वर्ग, स्कुल कलेजका प्रार्चाय तथा शिक्षकहरु, सामाजिक अभियन्ताहरुले आफ्नो संस्थामा शुन्य पोलिथिन तिलोत्तमा बनाउनको लागि शुरु गरिसकेका छन् । यसरि तिलोत्तमा नगरपालिकाका नेतृत्ववर्ग, कर्मचारी, विभिन्न टोल, आमा समुह, स्कुलका प्रध्यानध्यापक, ल्कव साथै विभिन्न संघसंस्थाहरुलाई यस अभियानको लक्ष्य र उदेश्यमा रहेर सम्पुर्ण नगरवासीहरुलाई जुट्नको लागि आदेश दिईसक्नु भएको छ । हरेक स्कुलका शिक्षकहरुले कडाईका साथ स्कुललाई पुर्ण पोलिथिन क्षेत्र बनाउन लाग्नेछन् । यसका अभियानका लागि हरेक संघसंस्थाका नेतृत्व वर्गसँग पर्यावरण सम्बन्धि सुचकहरुको थप ज्ञान, स्थानियवासीलाई बुझाउने सक्ने क्षमता र दृढ ईच्छाशक्ति हुन अति आवश्यक छ ।

संज्ञात्मक प्रक्रिया
यस अभियानको लागि अप्रत्यक्ष रुपमा वातावरण संरक्षणमा भुमिका खेल्न सकिन्छ । यसका लागि पत्रकार, विभिन्न पत्रपत्रिमा लेख, बोर्डहरु, विज्ञापन, रेडियो, टेलिभिजन, समाचार, रचनाहरुबाट वातावरण संरक्षण सम्बन्धि चेतनामुलक कार्यक्रम तथा सुचना प्रवाह भईरहेको छ र निरन्तरता दिईने छ । त्यस्तै राष्ट्रिय कलाकारहरुबाट गीत, संगीत, वृत्तचित्रबाट पनि प्रस्तुत गरिने छ । नगरवासी, साहित्यकर्मी, लेखक, पत्रकारहरुले यस अभियानहरुलाई साथ दिनेछन् । त्यस्तै यस आलेखले पनि केहि सुचना प्रवाह गरेको छ । यसका लागि हरेक नागरिकले यस्ता अभियानमा आआफ्नो क्षेत्रबाट सहकार्य र सहयोग गर्नेछन् ।

अन्तरक्रियात्मक प्रक्रिया
यो तिलोत्तमा नगरपालिकालाई शुन्य पोलिथिन बनाउनको लागि महत्वपुर्ण विधि हो । यस अन्र्तगत आम मानिसहरुलाई, विभिन्न कार्यक्रमको आयोजना गरि अन्तरक्रियात्मक ढंगबाट चेतना फैलाउन थालिसकिएको छ । विभिन्न आमा समुह, वन उपभोत्ता समुह, युवा समुह, टोल विकास समितिहरु, स्कुल कलेजका विद्यार्थीहरु, अविभावकहरु लगाएत अन्य सरोकारवाला समुहलाई कुनै गोष्ठि वा कार्यक्रमहरुको आयोजना गरेर चेतना अभिवृद्धि गर्न खालका कार्यक्रम निरन्तर चलिरहेका छन् । बढ्दै गएको शहरिकरण र यसले उत्पन्न गराएको फोहर र त्यसको व्यवस्थापन सम्बन्धि चेतना मुलक कार्यक्रम सँगै वातावरण मैत्री खेति, कृषि र निर्माण सम्बन्धि पनि भेला वा समुह गठन गरेर चेतना अभिवृद्धि बढाउन सहयोग पुर्याउन सकिन्छ । विभिन्न स्कुल कलेजहरुमा निवन्ध लेखन, वक्तित्वकला जस्ता प्रतियोगीता गराई हौसला प्रधान गर्न सकिन्छ । यस अभियानबाट मिल्ने लाभ र भोलिका पुस्ताका लागि यो धर्ति सुरक्षित राख्नको लागि पनि आममानीसहरुलाई सचेतना प्रदान गर्दछ । यो विधिले आम मानिसमा दिर्घकालिन रुपमा वातावरण तथा पर्यावरण संरक्षण सम्बन्धि चिन्तनको विकास गराउँछ ।

सामाग्री प्रक्रिया : वातावरण सम्बन्धि कार्यक्रम तथा अभियानमा सबै भन्दा पहिले सरसफाई नै भन्ने कुरा बुझिन्छ । यसका लागि खरिद वा निःशुल्क रुपमा आवश्यक सामाग्रिहरु प्रवन्ध गरेर पनि आम मानिसलाई चेतना दिन र अभियानमा सहयोग गर्न सकिन्छ । विभिन्नखालका पम्पलेट र वोर्ड लगाएत अति आवश्यक दैनिक रुपमा प्रयोग हुने सामाग्रीहरुमा नारा, लोगो, पर्चा मार्फत पनि चेतना अभिवृद्धि गर्न सकिनेछ । त्यस्तै ठाउँठाउँमा डस्टविनको प्रयोग, पोलिथिनजन्य फोहर संकलन गर्ने बोराहरु, हातमा लगाउने पञ्जा, जुत्ता, कपडा आदि वितरण गर्न सकिनेछ । यसका लागि प्रयोग हुने सामाग्रीहरु वातावरण मैत्री हुन अति जरुरी छ ।

सामाजीक प्रक्रिया : यो प्रक्रिया शुन्य पोलिथिन तिलोत्तमा अभियानको प्रमुख विधि हो । वातावरण संरक्षका लागि सामाजिक जनजागरण विना असम्भव छ । एउटै समाजमा बसोवास गरिएका विभिन्न धर्म, जाती, संस्कृति, क्रृतिरिवाज, विभिन्न चाडपर्वहरुको सम्मान अति आवश्यक छ । यसका लागि आममानिस विच सहृदयता, एकता र संस्कारको आवश्यक पर्दछ । विभिन्न टोल, गाउँ सरसफाई कार्यक्रम, पानीका स्रोत र मुहानहरुको व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक स्थलहरुको सरसफाई जस्ता कार्यक्रममा सहभागिता गराउँदा प्रभावकारी बन्न पुग्दछ । यसको लागि वडा, टोलका हरेक नागरिकहरुको उपस्थितिमा तिलोत्तमा नगरका सबै टोल, सडक, वस्ती, खेतबारी, खोलानाला, कृषिभुमि, सार्वजनिक स्थलहरुकमा भएका पोलिथिनजन्य फोहरहरु संकलन गरिनेछ । यस विधिले वातावरण तथा पर्यावरणीय सोच र चिन्तन समाजको स्वरुप हो भन्ने दुढता दर्शाउँछ ।

सभा तथा सम्मेलन प्रक्रिया यो प्रक्रिया पनि अझ महत्वपुर्ण विधि हो । सामुहिक रुपमा मानिस, विद्यार्थीहरुलाई जम्मा गरेर पनि गरिने प्रक्रिया हो । विभिन्न टोलमा नारा, जुलुस गरेर पनि हरेक नागरिकहरुलाई प्रभावित पार्न सकिन्छ । यसका लागि ध्वनि प्रदुषणमा सजकताको ठुलो खाँचो छ । तिलोत्तमा नगरपालिकाको शुन्य पोलिथिन क्षेत्रको अभियानमा पनि करिब १५ हजार विद्यार्थी र ५ हजार वौद्धिकवर्गहरुलाई एकैदिनमा जम्मा गरेर जलवायु परिवर्तन सम्बन्धि सुचक र समाधानको सामुहिक कक्षा सञ्चालन गराई घोषित गरिदैंछ । उक्त दिनदेखी सबैले सामुहिक रुपमा वातावरणिय क्षेत्रमा नकारात्मक गतिविधिहरु साथै कार्यहरु रोक्न र नगराउन प्रण गर्नेछन् । उक्त कार्यक्रमले विश्वकिर्तिमान पनि राख्ने हुनाले नगरवासी विच दायित्ववोद्य र कर्तव्य निष्ठा बनाउने छ । अझ यस कार्यक्रम मार्फत विभिन्न सञ्चार माध्यमबाट समाचार संप्रेक्षण हुने हुँदा आम नगरवासीलाई सचेत बनाउन अभिपे्ररित गर्नेछ ।

कानुन तथा दण्डीय प्रक्रिया : हाम्रो समाजका विभिन्न बाटो चोकहरुमा विभिन्न मानीसहरुले जहाँ पायो त्यहि पोलिथिन जन्य पर्दाथ फालिरहेका हुन्छन् । विभिन्न खानेकुराका प्याकेटहरु, पानीका बोत्तल, मिठाई चक्लेटका खोलहरु जता पायो त्यतै देख्न सकिन्छ । सडकमा यात्रा गर्ने यात्रुहरुले पनि सवारीको झ्याल वा स्टेसनमा एकछत्र फालिएका हुन्छन् । त्यस्तै पोलिथिनजन्य पर्दाथहरु संकलन गरेर जलाउने गरिन्छ । नदिमा फोहर फाल्ने, राजमार्गको छेउछाउमा फोहर, पिकनिक स्थानमा अन्यत्रित फोहर गर्ने त्यस्तै खुला दिशा पिसाब जस्ता असभ्य क्रियाकलापहरु भईरहेका छन् । त्यस्तले यस्ता जघन्य क्रियाकलापहरुको निगरानी गरि उनिहरुलाई अपराधवोद्य गर्नेछन् । एवंरितले मानिसहरुलाई सम्झाउँदै दण्डितको व्यवस्थामा अघि बढ्दै सुरक्षा निकाय र स्थानिय प्रसाशन विच समन्यम गर्न सकिनेछ । ताकि अवैध मदिरा तथा लागु औषधी सेवनले बाटोमा लडारिएको जस्तै फोलिथिन जन्य पदार्थ, चाहे चकलेटको खोल, गुड्का, पराग नै किन नहोस बाटोमा अवैध फालिने त्यस्तो व्यत्तिको अपराधीक दण्ड समान रुपमा दिन सकियोस । यसकारण नगरपालिकाको सम्बन्धित निकाय, नेतृत्व, प्रशासनले कानुनी प्रक्रियामा आक्रमण हिसावले जरिमाना, दण्ड जस्ता कडा खालका कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गर्नुपर्दछ । नगरपालिकाले चाहेको खण्डमा केहि त्यस्ता अखाद्य वस्तुको प्रयोगलाई बन्देज समेत लगाउन सक्नेछ । त्यसैले आममानिस वातावरणमैत्री सामाग्रीको प्रयोगलाई बढावा दिएर पोलिथिन र प्लाष्टिकको प्रयोगलाई चुस्त व्यवस्थापन गरेर मात्र समाजको विकासमा अगि बढ्न प्रेरित हुनेछन् ।

कस्ता हुनेछन दीर्घकालिन योजना
यस वृहत अभियान सम्पन्न भईसकेपछि यसलाई निरन्तरता दिनको लागि धेरै नै चुनौति र समस्याहरु रहेकाछन् । पोलिथिनको विकल्प र यसको समायोजन महत्वपुर्ण मुद्धाहरु हुन् । संकलन भएको फोहरलाई कसरि व्यवस्थापन गर्ने हो त्यो बारे जनमानसको चासोको विषय हो । त्यस्तै नगरभित्रका वस्तिहरुलाई सधै सफा र पोलिथिन रहित बनाउनको लागि ठुलो समस्या उत्पन्न हुनेछ । तिलोत्तमा नगरमा उत्तर दक्षिणमा बुटवल उपमहानगरपालिकाबाट आउने पोलिथिनजन्य पदार्थ त्यस्तै नदि, खोला, बाढिले बगाएर ल्याउने सयौं टन पोलिथिन तिलोत्तमा नगरपालिका क्षेत्रका कृषिभुमिमा देखिएका छन् । त्यस्तै संकलित फोहरलाई नदिको किनार अथवा कतै थुपारेर जलाएर झन् वातावरणमा प्रतिकुल असर गर्ने खालका कार्य भए यस अभियानको उदेश्य विपरित हुनेछ । तिलोत्तमा नगरपालिको सवल नेतृत्व, कर्मचारीमा मितव्ययीता, स्थानियहरुको सामाजिक चेतनास्तर उत्तम भएको हुनाले यस अभियानको सफलता प्राप्तीको लागि सहयोग पुग्नेमा विश्वस्त छौं । नगरपालिका प्रशासनले संकलित फोहरलाई व्यवस्थापन गर्न र पुन प्रयोग गर्ने खालको प्रविधिको विकास तुरुन्तै शुरु गर्न लागेकोले यस अभियान नेपालकै पहिलो नमुनायोग्न नगरपालिका बन्नेमा दुईमत छैन । त्यस्तै यस नगरपालिकासँग जोडिएका स्थानिय निकायहरुसँग पनि सहकार्य गर्दै रुपन्देहि जिल्लालाई नै पोलिथिन मुक्त क्षेत्र पार्ने यस अभिायनको लक्ष्य हुनाले सबै रुपन्देहीवासीलाई यस वृहत नमुनायोग्य कार्यक्रमलाई चासो र सफल बनाउन आआफनो क्षेत्रबाट पहल गर्नुहुनेछ भन्ने पुर्ण विश्वास लिईएको छ ।

निपेश भन्छन, संकल्प गरौं
विगत ७ बर्षदेखि नेपालका अधिकांस भौगोलिक स्थानकहरुको पर्यावरणि तथा सांस्कृतिक अध्ययन र अनुसन्धान गर्दै जाँदा रुपन्देही जिल्ला एक संवाहक रुपमा पाएको छु । पछिल्लो एक बर्षदेखि रुपन्देही जिल्लाका सम्पुर्ण स्थानियतहहरुको अध्ययन र अनुसन्धान तथा चेतनामुलक कार्यक्रमहरु भईरहदा यस तिलोत्तमा नगरले आर्कषित गरेको छ । एउटा नमुना नगरपालिकाको रुपमा उभ्याउनको लागि यस अभियानलाई वृहत रुपमा तिलोत्तमा नगरपालिकाबाट शुरु गरिएको हो । यो अभियानले समग्र तिलोत्तमावासीहरुलाई देशकै नमुना नगरपालिकाको रुपमा चिनाउन शुरु गरिएको हो । भावि पुस्ताका लागि यो धर्ति संरक्षित र सुरक्षित गर्न तिलोत्तमा नगरवासीहरु जुटेको यस वृहत अन्तराष्ट्रियस्तरको कार्यक्रमलाई सबै मिलि आआफ्नो क्षेत्रवाट सहयोग गरि राष्ट्रियस्तरबाटै तिलोत्तमालाई शुन्य पोलिथिन नगर बनाउन हामि सबै जुट्नुपर्दछ । वातावरण तथा पर्यावरणीय मुद्धाहरु समाजका हरेक अवयवहरु सँग जोडिने हुँदा यस अभियानले तिलोत्तमा नगरभित्रका असिमित जैविक विविधता भएका प्राकृतिक स्रोतहरुको दिगो रुपमा व्यवस्थापन गर्न ठुलो भुमिका खेल्नेछ ।

हामिले यो बैज्ञानिक युगमा समस्यालाई मात्र केन्द्रित नगरिकन वातावरण तथा पर्यावरणलाई कसरी उचित व्यवस्थापन तर्फ जागरुक हुन पर्दछ भन्ने यो अभियानको प्रमुख लक्ष्य हो । यस स्वर्गभुमि तिलोत्तमाका अथाह प्राकृतिक सम्पतिको पहिचान, संरक्षण, उत्पादनको न्यायोचित वितरणमा हामी अहिले नै लाग्यौ भने तिलोत्तमावासीले वातावरणीय तथा पर्यावरणीय संरक्षणक्षेत्रमा देशको समृदिका निम्ति नमुना नगर देखाउने र सबै समुदायहरुलाई प्रेरणा जगाउने यो सुनौलो अवसर हो ।

 

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…