Sansar News- Nepal's Fast Khabar Online News Portal

१६ जना कारागार चलान

संसार न्यूज़
६ महिना पहिले
१६ जना कारागार चलान

२९ पुस, बाजुरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको केन्द्रीय नेता चुडामणि ओलीसहित १६ कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सोमबार भएको पेसी बहसमा बरामदी मुचुल्का नभई बनावटी भएको र कुटपिट गरी यातना दिएर बयान गराएको प्रतिवादीको बयानमा उल्लेख छ । ती १६ जनालाई गत कात्तिक २२ गते बाजुराको गौमुल गाउँपालिका माझपालीबाट पक्राउ गरिएको थियो । ओलीसहित पक्राउ पर्नेमा नरेश शाही, डम्बर सुनार, दीपकप्रकाश सुनार, उदय कशेरा, अमललाल थापा, धर्मबहादुर थापा, राजेशकुमार शाही, डबलबहादुर नेपाली, धर्मसिंह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक र सृष्टि सिंह छन् ।

तीमध्ये ११ पुरुष बाजुरा र ५ महिलालाई सोमबार नै अछाम कारागारमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए । रोल्पा गङ्गादेव–३ झ्याम घर भएका ओली विप्लव समूहका न्याय विभाग प्रमुखसमेत हुन् ।

यसअघि उनी वैशाख ६ गते तुलसीपुर उपमहानगरपालिका–३ राम्रीबाट पक्राउ परेका थिए । उनलाई दाङबाट सुनसरी पुयाएर ८० दिनको हिरासत बसाइँपछि जिल्ला अदालत सुनसरीले असार २३ गते रिहा गरेको थियो ।रासस

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…