Sansar News- Nepal's Fast Khabar Online News Portal

यस्तो समस्यामा परिन् अभिनेत्री दीपिका पादुकोण

संसार न्यूज़
१ महिना पहिले
यस्तो समस्यामा परिन् अभिनेत्री दीपिका पादुकोण

२९ पुस, काठमाडौँ । बलिउडकी चर्चीत अभिनेत्री दिपीका पादुकोणलाई यतीबेला समस्यै समस्याले घेरिरहेको छ ।

जनवरी ७ मा जवाहरलाल नेहरू विश्वविद्यालयका आन्दोलनकारी घाइते विद्यार्थीलाई भेट्न पुगेपछि दीपिकाबिरुद्ध सत्ता पक्ष र उसका कार्यकर्ता भट्केका हुन् । भारतीय जनता पार्टीका प्रवक्ताले त दीपिकाको रिसमा उनी अभिनीत चलचित्र ‘छपाक’ नै बहिष्कार गर्ने अभियान चलाएको बताइन्छ ।

दीपिका अभिनित चलचित्र ‘छपाक’ केहि दिन अघि स्क्रिप्ट चोरीको आरोपमा कानुनी झमेलामा पनि फसेको थियो । विवादको भुमरीमा तानिएकी दीपिकालाई अर्को समस्या तब प¥यो जब प्रदर्शनको दुई दिनमै ‘छपाक’ को अनलाइन पाइरेसी भयो ।

बलिउडमा पहिलो रोजाइमा पर्ने अभिनेत्री दीपिका महँगो रकम पारिश्रमिक लिनेमा पनि पर्छिन् । यतिबेला दुई दर्जन ब्रान्डका विज्ञापनमा खेलिरहेकी दीपिकाले एउटै विज्ञापनबाट ८ देखि १० करोड भारुसम्म पारिश्रमिक लिने गर्छिन् । तर अब आलोचकहरू उनको विज्ञापन माथि पनि हमला गर्न थालेका छन् । उनी अभिनीत लक्स साबुनलाई दीपिकारहित हुनुपर्ने माग राख्दै ट्वीटरमा ‘दीपिका–हटाओ लक्स बचाओ’ अभियान चलिरहेको छ ।

दीपीका लक्सदेखि कोकाकोला, ब्रिटानिया, ओप्पो, नेसक्याफे लगायत २३ ब्रान्डसँग आबद्ध छिन् । आफ्नो उत्पादनप्रति नकारात्मक टिप्पणी बढ्दै जान थालेपछि दीपिका संलग्न केही ब्रान्डले ती उत्पादनको विज्ञापन बजाउन कम गरिरहेका छन् र केहि ट्वीटर प्रयोगकर्ताले दीपीकाको लक्स साबुनको फोटोमा क्याप्सन सहित ‘अराष्ट्रिय साबुन’ भनी ट्वीट गरेपछि ब्रान्ड कम्पनीहरू हच्किएको बताइन्छ ।

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ६ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…