Sansar News- Nepal's Fast Khabar Online News Portal

प्रहरी हवल्दार मृत्यु प्रकरण स् छानबिन टोली घटनास्थलमा

संसार न्यूज़
२ हप्ता पहिले

२९ पुस, सुर्खेत । जाजरकोटको दल्लीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार आत्महत्या घटनाको विशेषमा अनुसन्धान गर्न सुर्खेतबाट प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्मा दास नेतृत्वको छानबिन टोली आज त्यहाँ गएको छ ।

यही पुस २७ गते नलगाड नगरपालिका–७ दल्लीमा कार्यरत ३५ वर्षीय भोजबहादुर कठायतले आत्महत्या गरेको घटना बाहिर आएको थियो । यद्यपि मृतक कठायतका धर्मपत्नी निशा खत्री कठायतले आत्महत्या नभएको भन्दै शव बुझ्न नमानेपछि घटना रहस्यमय बन्दै गएको हो । मृतक कठायतको मृत्यु शङ्कास्पद भएको भन्दै प्रहरी प्रशासनलाई छानबिन तथा अनुसन्धानका लागि अनुरोध गरिएको बताइएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले घटनाको विशेष छानबिनका लागि प्रहरी उपरीक्षक दास नेतृत्वको तीन सदस्यीय छानबिन टोली गठन गरी अनुसन्धान तथा छानबिनका लागि आज बिहान जाजरकोट पठाइएको जानकारी दिए । “टोलीले घटनाबारे छानबिन गर्नेछ,” उनले भने “पाँच दिनभित्र त्यसको प्रतिवेदन टोलीले पेश गर्न निर्देशन दिइएको छ ।”

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले मृतकको शव आज परिवारलाई बुझाउने तयारी भएको बताए । उनका अनुसार प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी उपरीक्षक नेतृत्वको उच्चस्तरीय छानबिन टोलीले छानबिन अगाडि बढाएको छ ।

प्रदेश प्रहरी कार्यालयबाट गठित प्रहरी उपरीक्षक दास नेतृत्वको टोली र जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठसहित घटनास्थल दल्ली पुगिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी महेशकुमार आचार्यले जानकारी दिए । सूचना अधिकारी आचार्यका अनुसार मृतकको शव जाजरकोट अस्पतालमा राखिएको र शव परीक्षण गरिएको छैन ।

पीडित परिवारले भने तीन दिन भइसक्दा पनि प्रहरी प्रशासनले शव बुझाउन कुनै चासो नदेखाएको आरोप लगाएका छन् । बाजुरा घर भई हाल नेपालगञ्ज बस्दै आएका कठायत चार महिनादेखि घुमुवा प्रहरीका रुपमा त्यहाँ काम गर्दै आएका जनाइएको छ ।

सर्बाधिक पढिएको

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ?

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ? ४ हप्ता पहिले | संसार न्यूज़

९ पुस, काठमाडौँ । बिहीबार बिहान करिब पौने ३ घण्टा…

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ५ दिन पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ३ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका १ हप्ता पहिले | संसार न्यूज़

३ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले…