Sansar News- Nepal's Fast Khabar Online News Portal

कँहि पे निसाने, कंहि पे निगाहे

संसार न्यूज़
१ महिना पहिले
कँहि पे निसाने, कंहि पे निगाहे

तत्कालीन प्रजातान्त्रीक राष्ट्रीय युवा संघको विराटनगरमा दोश्रो महाधिवेशनको उद्घाटन सत्र सकिएको थियो । संस्थापक अध्यक्ष केसी शर्मा ओली र सचिव टोमलाल पाण्डे सहितले ४० वर्षे उमेरहदका कारण संघबाट विदा लिँदै थिए ।

विदा लिँदै गरेका ओली र पाण्डे एउटै टेवलमा बसेर कुराकानी गरीरहेका बेला भारतीय कम्युनिष्ट नेता तुल्सी भट्टराई पनि गफँमा सामेल भएका थिए । अहिले भन्दा २६ वर्ष पुरानो यो संस्मरण हालका प्रधानमन्त्री केपी शर्मा ओलीको ठट्यौलीपूर्ण तर असाध्यै ओजीला भनाइ सँग जोडीएको छ । ओलीले त्यतिबेला पाण्डे र भट्टराई सँग भनेका थिए– कहि पे निसाने, कंहि पे निगाहे । प्रसंङ्ग के थियो, थाहा भएन । त्यसबेला मेरो उमेर, म हुर्केको समाजमा हिन्दीगितको प्रभाव थिएन । यसकारण यो गीत मैले सुन्ने र हेर्ने मौका पाइन । तर ओलीले सम्साद वेगमले सीआडी फिल्मका लागि गाएको उक्त गीत फेरी पुर्याउने , केहि वर्ष अगाडि । त्यसपछि उक्त गीत गुगलमा खोज्नेहरूको राम्रो लर्को भेटीन्थ्यो । देव आनन्द र बाहिदा रहमान कास्टीङ्ग उक्त गीतको भाव ओलीले भने जस्तै राजनितीको रङ्गहरुमा खुब देख्न पाइन्छ ।

ओलीले फेरी पुर्याउनेपछि मैले यी शब्दको भाव तथा नेपाली राजनिती सँग तुलना गरेर हेरे । नेपालमा हुने बहसमा यी शब्दहरूको छायाँ देख्न पाइन्छ । अहिले सूचना प्रविधी विद्ययकको चर्चा कतै यहि गित सँग मेल खानेगरी अगाडि वढाइदै त छैन । अहिले सूचना प्रविधी विद्ययक खुब चर्चामा छ । यस अघी पनि मिडिया काउन्सील विद्ययक चर्चित थियो । यस बाहेक प्रति जासुसी विद्ययक पनि संसदको अंग बन्दै छ । त्यसभन्दा पहिला विद्युतिय कारोबार ऐन आएको थियो ।

०७५ फागुन २ गते संघिय संसदको प्रतिनिधी सभामा दर्ता भई फागुन ८ गते सूचना प्रविधी मन्त्री गोकुल बास्कोटाले सुचना प्रविधि विद्ययक दर्ता गरेपछि फागुन १० बाट छलफल भएको थियो । तर उक्त विद्ययकको मिडिया बहस भने एकवर्ष पछि मात्रै भएको छ । हामी पत्रकार यो एक वर्ष पुरै निदायौ, यस्तो प्रावधान सहितको विद्ययक आउँदैछ भनेर जनतालाई सुसुचित गर्न बाट चुक्यौँ ।

जब प्रति जासुसी विद्ययक आउने तयारी सुरु भयो त्यसपछि हामी झल्यास्स ब्युझियौ । खासमा निगाहे र नजरेमा यहिनिर अन्तर देखीन्छ । एक वर्ष सम्म वहसमा नआएको सूचना प्रविधी विद्ययक नजर बनेको छ भने निगाहामा प्रति जासुसी विद्ययक परेको छ ।

हाम्रा केहि सम्पादक पत्रकारहरूलाई विदेशी दुतावासबाट तलब बुझ्ने गरेको आरोप लाग्ने गरेको छ । उक्त तलब सूचना बेचेरै आएको भन्ने सङका सबैमा छ । नागरीक समाजका केहि मान्छेहरूलाई पनि विभिन्न बाहानामा देशका महत्वपूर्ण सूचना विदेशी कूटनितीक नियोग सम्म पुर्याउने गरेको शंका गर्ने गरीन्छ ।

ति बाहेक संसदमा रहेका केहि सांसदहरूलाई पनि यो आरोप लाग्दै आएको छ । यदि प्रति जासुसी विद्ययक संसदबाट पारीत भए धेरै शंकास्पद मान्छेहरू जासुसी संयन्त्रको टयापीङ्गमा पर्ने सम्भावना रहन्छ । दुनियाभरका सबै प्रजातान्त्रीक राज्यहरूले समेत सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय अस्मीता माथि आँच पु-याउन सक्ने जो कोहि माथी जासुसी गर्न पाइने कानुन बनाएकाले यहाँका धेरै स्वनाम धन्य बुद्धिजिवीहरूले सिधै प्रति जासुसी विद्ययकको विरोध गर्न सकिरहेका छैनन् ।

सिधै नसकेपनि उक्त विद्ययकलाई जसरी पनि पछाडी धकेल्नु वा असफल बनाउनु छ । नत्र फन्दामा परीने र मुखुन्डो लगाएको स्वेत चेहेरा उदाङ्गीने डर छ । यसकारण सूचना प्रविधी विद्ययक सहितका सञ्चार सँग सम्बन्धीत विद्ययकहरू विरुद्ध सडकमा रोइलो गर्न सके यिनै विद्ययक सँगै प्रति जासुसी विद्ययकलाई पनि असफल बनाउन सकिन्छ कि भन्ने ताकमा यो तप्का लागेको देखिन्छ ।

हाम्रोमा पहिल्यै देखी नियामक निकायलाई कमजोर बनाउने खेल खेलीदै आएको हो । यसैको मारमा मिडिया काउन्सील विद्ययक पर्यो । यसकारण अन्य सबै पेशाका नियामक निकायले नै अनुमती पत्र प्रदान गर्ने व्यवस्था हुँदा पत्रकारीतामा अनुमती दिने एउटा, नियामक अर्को कसरी हुन्छ ?

सूचना प्रविधी विद्ययक पनि यसै गरी तुहाउने खेल भइरहेको छ । नागरीक स्वतन्त्रका लागि १४ वर्ष जेल बसेको प्रधानमन्त्री ओलीको नियत माथी शंका गर्नेहरूको नियत त्यति सफा देखीदैँन । फेरि ओली र नेकपा सधैँ सत्तामा बस्ने पनि त होइनन् । प्रजातन्त्रमा कसैको शासन अकन्टक चल्दैन । यस्तो अवस्थामा ओली आफैँ त्यहि जालमा पर्न सक्ने कानुन प्रजातान्त्रीक सरकारले बनाउँदै भन्ने मान्ने हो भने सूचना प्रविधि विद्ययक को हल्ला पनि कहिपे नजरे, कँहि पे निगाहे भन्दा धेरै केहि होइन भन्न सकिन्छ । (जनआस्था साप्ताहिक वाट)

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ६ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…