Sansar News- Nepal's Fast Khabar Online News Portal

तीन घर जलेर नष्ट

संसार न्यूज़
१ महिना पहिले
तीन घर जलेर नष्ट

१ माघ, सप्तरी । सप्तरीको तिलाठी कोलाडी गाउँपलिकामा आज बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।

वडा नं ७ मा स्थानीय देवनारायण साहको घरबाट अचानक सल्केको आगो निजको एउटा घर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सोही ठाउँका छिमेकी सूर्यनारायण साह र तेजनारायण साहका पनि एक÷एक घर जलेर नष्ट भएका इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ ।

आगलागी भने गाईगोठमा बालेको आगोबाट भएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । आगलागीबाट तीन जनाको खाद्यान्न, लत्ताकपडा, भाडावर्तन र नगद जिन्सीलगायत करीब रु १० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगोलाई स्थानीवासी, प्रहरी र नगरपालिकाबाट आएको बारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैबीच आगलागी भएको ठाउँमा पीडितका लागि तत्काल राहत दिनका लागि चिउरा, भुजिया, भुजा तथा त्रिपाल सहयोगका लागि गाउँपालिकाले व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिए ।रासस

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) १ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…