Sansar News- Nepal's Fast Khabar Online News Portal

‘लक्का जवान’ को शिर्ष गीत सार्वजनीक

संसार न्यूज़
१ महिना पहिले
‘लक्का जवान’ को शिर्ष गीत सार्वजनीक

२ माघ, काठमाडौँ । शिवहरि पौडेलको निर्देशनमा बनेको चलचित्र ‘लक्का जवान’को शिर्ष गीत ‘मन त मेरो लक्का जवान’ सार्वजनिक गरिएको छ ।

काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको उक्त गीतमा बाबुल गिरीको संगीत, डीपी खनालको शब्द र बाबुल सँगै मिना निरौलाको स्वर रहेको छ । त्यस्तै कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोमा पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।

उक्त गीतको भिडियोमा चलचित्रका अधिकांश कलाकारलाई देख्न सकिन्छ । भिडियोमा नायिका प्रियंका कार्की र दिलिप रायमाझीको जोडीलाई देख्न सकिन्छ । यस्तै, नायक सलोन बस्नेत र नायिका वर्षा सिवाकोटीलाई जोडीको रुपमा देख्न सकिन्छ । यस्तै, चलचित्रको शिर्ष भूमिकामा देखिएका किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेलको साथमा सुशिल पोखरेल, मनिषा श्रेष्ठ लगायतलाई पनि गीतको भिडियोमा देख्न सकिन्छ ।

पौडेलको डेब्यु निर्देशन रहेको चलचित्र ‘लक्का जवान’ ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन को ब्यानरमा’ बनेको हो र उक्त चलचित्र चैत २१ गते प्रदर्शनमा आउने तयारीमा रहेको बताइएको छ ।

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) १ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…