Sansar News- Nepal's Fast Khabar Online News Portal

परीक्षा आवेदन फारम भर्नेसम्बन्धी सूचना

संसार न्यूज़
१ महिना पहिले
परीक्षा आवेदन फारम भर्नेसम्बन्धी सूचना

२ माघ, काठमाडौँ । त्रिभुवन विश्व्विद्यालय परीक्षा नियन्त्रण शाखा ,बल्खुले सूचना प्रकाशित गरेको छ ।

त्रिविद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप सञ्चालन हुने ५ वर्षे बीए.एल.एल.बी. पाँचौं बर्ष २०७७ को नियमित, आंशिक र प्राज्ञिक परिषदको निर्णय अनुसार बि.सं.२०६२ सालमा क्याम्पसमा भर्ना भई २०६३ सालमा प्रथम वर्षका पहिलो पटक परीक्षा दिई समय अवधि नाघी हालसम्म उत्तीर्ण हुन नसकेका मौका परीक्षा दिने परीक्षार्थीहरू समेतको परीक्षा मौका समेतको परीक्षा दिने विद्यार्थीहरुलाई २०७६ साल माघ १ गते देखि माघ २९ गते सम्ममा क्याम्पसहरुले परीक्षा आवेदन फारम भर्नका यो सूचना प्रकाशित गरिएको हो ।

२०७६ साल फागुन १ गते पछि एक हप्ता सम्म दोव्वर दस्तुर लिई फारम भराउन सक्नेछन् । साधारण म्याद सकिएको दुई दिन भित्र (बिदा बाहेक) सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारम बुझाई सक्नु पर्नेछ र दोव्बर दस्तुर पनि सोही अनुसार म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारमहरु क्याम्पसहरुले बुृझाई सक्नु पर्नेसूचनामा जनाइएको छ ।

शुल्क तथा अन्य नियमका हकमा (मौका बाहेक) गत सालको अनुसार नै हुनेछ ।
पुनश्चः समय सिमा भित्र रहेका परीक्षार्थीहरुले\लाई मात्र परीक्षा फारम भर्न\भराउन सूचित गरिन्छ अन्यथा भएमा परीक्षा नियन्त्रण कार्यालय जवाफदेही हुने छैन ।

मौका परीक्षाको परीक्षा शुल्क

क. क्याम्पसका आंशिक परीक्षार्थीका लागि शुल्क रू. ६४०।–

ख. क्याम्पसका मौका परीक्षार्थीका लागि शुल्क रू. १५००।–

ग. प्राईभेट पुरा र आंशिक परीक्षार्थीका लागि शुल्क रू. ११२५।–

ग. प्राईभेट मौका परीक्षार्थीका लागि शुल्क रू. १५००।–
घ. प्राईभेट मौका परीक्षार्थीका लागि शुल्क रू। १५००।–

ङ परीक्षा आवेदन फारम शुल्क रू.६५।–

च. परीक्षा केन्द्र शुल्क प्रति खण्ड रू. ११०।–

छ. प्रयोगात्मक परीक्षा एक विषयका लागि शुल्क रू. १७५।–

ज. प्रयोगात्मक परीक्षा दुई वा सो भन्दा बढी विषयका लागि रू. ३२५।–

झ. फिल्ड वर्क, टर्म पेपर र प्रोजेक्ट वर्क शुल्क रू. ३२५।–

 

परीक्षा नियन्त्रक

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ४ हप्ता पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? २ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…