back

अपडेट : युएईमा बस दुर्घटनामा परेर मृत्यु भएका तीन र घाईते १४ नेपालीको पहिचान खुल्यो

वि.सं.२०७६ माघ ३ शुक्रवार

132 

shares
NTC AD
Global IME AD

३ माघ, युएई । युएईमा बस दुर्घटनामा परेर मृत्यु हुने तीन नेपालीको पहिचान खुलेको छ ।

बिहिबार बिहान साढे ५ बजे डिउटी जाने क्रममा २४ कामदार बोकेको बस दुर्घटना हुँदा ६ जना कामदारले ज्यान गुमाएका थिए । जसमा प्युठानकी भावना कुँवर, झापाकी कृष्ण कुमारी अधिकारी र ठेगाना नखुलेकी अमिसा मोक्तानको मृत्यु भएको र तीनजना अन्य देशका कामदार रहेको नेपाली दूतावास युएईले जनाएको छ ।

युएईको एमबीएमक क्लिनिङ कम्पनीमा कार्यरत कामदार बोकेको उक्त बिहिबार आबुधाविको अल रहा क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा तीन नेपाली सहित बसका चालक एक पाकिस्तानी पुरुष, एक श्रीलंकन र एक अफ्रिकी महिला कामदार रहेको बताइएको छ ।

२४ जना कामदार चढेको बसमा १७ जना नेपाली रहेका थिए । दुर्घटनामा घाईते भएका १४ नेपालीमध्ये सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा र पवित्रा गुरुङ तथा इलामकी सिता सुब्बाको एनएमसी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै मकवानपुर टिस्टुङ पालुङकी रिता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली, झापाकी मुना राई, दाङ घोराहीकी आशा घर्ती मगर र सुजला विश्वकर्माको माफ्राक अस्पतालमा उपचार भइरहेको छ । चितवनकी निर्मला प्रजा सोहि अस्पतालमा सामान्य उपचारपछि कम्पनीको क्याम्पमा फर्केकी छन् ।

त्यसैगरी नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, हेटौडाकी मिना सिंहको अलराह अस्पतालमा उपचार हुँदैछ । घाईते मध्ये सरिता तामाङको अवस्था गम्भीर रहेको छ ।

घटना भएलगत्तै नेपाली दूतावास युएईका राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर भेषबहादुर कार्कीलगायतका कर्मचारी घाइते उपचाररत अस्पताल पुगेका थिए । राजदूत ढकालले अस्पतालमा ट्रमा सेण्टरका डाक्टर तथा कम्पनीका प्रतिनिधिसँग भेटेर घाईतेको अवस्थाबारे जानकारी लिएका थिए । साथै घाइते कामदारको उपचारसम्बन्धमा कम्पनीले कुनै कसुर बाँकी नराख्ने बताएको श्रम काउन्सुलर भेषबहादुर कार्कीले जानकारी दिएका छन् ।

युएईमा नेपाली कामदार बोकेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

वि.सं.२०७६ माघ ३ शुक्रवार ०८:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

बेइजिङ । चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई)...

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को...

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...