Sansar News- Nepal's Fast Khabar Online News Portal

कहिले विवाह गर्दैछिन् त नायिका प्रियंका कार्की ?

संसार न्यूज़
१ महिना पहिले
कहिले विवाह गर्दैछिन् त नायिका प्रियंका कार्की ?

काठमाडौँ । नेपाली फिल्म जगतकी ‘हट नायिका’ भनेर चिनिने अभिनेत्री प्रियंका कार्की आफ्नो ब्याचलर पार्टी मनाउन थाइल्याण्ड उडेकी छिन् ।

अभिनेत्री कार्की र अभिनेता आयुष्मान देशराज जोशी प्रेम सम्बन्धमा रहेको कुरा पुरानै भईसक्यो, विगत २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले दुईपटक इन्गेजमेन्ट समेत गरिसकेका छन् । तर, विवाहको मिति भने अहिलेसम्म तय नभएको दुवैले बताउँदै आएको पाइन्छ ।

उनीहरु यस वर्षको असारमा विवाह गर्ने सुरसारमा थिए । विवाहको तयारी भइरहेको जानकारी कार्कीले अन्तरवार्तामा पनि दिँदै आएकी थिइन् । तर, दुवैतर्फका परिवारको सदस्यहरुको समय नमिलेका कारण उनीहरुको विवाह नभएको उनको भनाइ छ ।

उनले इन्स्टाग्रामको स्टोरीमा आफ्नो ब्याचलर पार्टीका थुप्रै तस्विरहरू पोष्ट गरेकी छिन् । कार्की इन्स्टाग्राम स्टोरीमा राखेका तस्विर तथा भिडिओहरुमा उनी आफ्ना सार्थीहरुसँग मस्ती मुडमा देखिएकी छिन् । थाइल्याण्डमा उनीहरू एक हप्ता बस्ने बताइएको छ । बुधवार आफ्ना नजिकका केही साथीसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड उडेपछि उनको यसै वर्ष विवाह गर्न लागेको चर्चा सुरु भएको हो ।

साथीहरुसँग ब्याचलर पार्टी मनाउँदै गरेका तस्विरहरुले उनको विवाहको मिति नजिकिएको धेरैजसोको अनुमान रहेको छ । तर, उनले यस विषयमा मुख खोलेकी छैनन् । स्रोतका अनुसार, यस वर्षको फागुनभित्र उनीहरुको विवाह हुनसक्छ । यस विषयमा दुवैले जानकारी भने दिएका छैनन् । आफुभन्दा ५ वर्ष कान्छा प्रेमी आयुष्मानसँग उनले दोस्रो विवाह गर्न लागेकी हुन् ।

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) १ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…