back

सभामुख पूर्वमाओवादीलाई नै, पम्फादेखि हरिवोलसम्मको चर्चा

वि.सं.२०७६ माघ ३ शुक्रवार

168 

shares
NTC AD
Global IME AD

३ माघ, काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज सभामुख उम्मेदवारको टुंगो लगाउने भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सभामुख उम्मेदवार टुंगो लगाउने गरी छलफलको तयारी गरेका छन् ।

हिजो बसेको दुई अध्यक्षबीचको बैठक सकारात्मक भएपछि आज पुनः छलफल गरी सभामुख उम्मेदवार टुंगो लगाउने तयारी गरिएको हो ।

नेकपाभित्रका पूर्व एमाले र पूर्व माओवादी पक्षधर आ–आफ्नो पक्षका व्यक्तिलाई सभामुख बनाउने प्रस्तावमा अडिग रहेकोले नेकपाले अहिलेसम्म सभामुख उम्मेदवार टुंगो लगाउन सकेको थिएन ।

नेकपाले सभामुखको विषय टुङ्गो नलगाएका कारण संसद्को बैठक तीनपटक सूचना टाँसेर सारिएको थियो । पुस ११, १६ र २७ गते बोलाएको बैठक सभामुखका कारण सर्दै आइरहेको छ ।

माघ ६ गतेका लागि संसद् अधिवेशन बोलाइएको छ । सोमवारको बैठक प्रभावित नहुने गरी सभामुख छान्न अध्यक्षद्धयले आज छलफलमा जुट्ने भएका हुन् ।

सभामुख पूर्व माओवादीलाई दिन ओली तयार

बिहिवारको भेटमा प्रचण्डले सभामुख छोड्न नसक्ने बताएपछि ओली पूर्व माओवादीलाई नै सभामुख दिन तयार भएका थिए । तर उनले व्याक्तिको नाममा सबैको सहमति चाहिने बताएका थिए । पूर्व माओवादीबाट सभामुखका लागि प्रचण्डले अगाडि सारेका नेता अग्नी सापकोटामा ओलीले असहमति जनाएको स्रोतको दाबी छ ।

हिजोको भेटमा ओलीले प्रचण्डलाई अन्य नामहरु ल्याउन प्रस्ताव गरेका थिए । प्रचण्डले छानेका अन्य नाममध्ये एक जनामा आज ओलीले सहमति जनाउने र त्यसलाई सचिवालय बैठकले अनुमोदन गर्ने अध्यक्षद्धयबीच सहमति भएको छ ।

यी हुन् आकांक्षी

बलात्कार आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएसँगै पूर्व माओवादी खेमाका केहि नेताहरुले सभामुखको दाबी गर्दै आएका थिए ।

अग्नि सापकोटा, पम्फा भुषाल, देव गुरुङ, हरिबोल गजुरेल, जर्नादन शर्मा, टोपबहादुर रायमाझीलगायतले सभामुखमा दाबी गर्दै आएका थिए । यिनै नेतामध्ये सभामुखका रुपमा प्रचण्डले प्रस्ताव गर्न सक्ने स्रोतको भनाइ छ । हिजोको भेटमा ओलीले भने हरिबोल गजुरेल र पम्फा भूसालमध्ये एकजना उपयुक्त हुने सुझाव प्रचण्डलाई दिएका थिए ।

जवाफमा प्रचण्डले साथीहरुसँग छलफल गरेर निर्णय लिने बताएका थिए । ओलीले गजुरेल र भूसालमा इछ्या देखाएकोले आफ्ना विश्वासपात्र पनि भएको कारण गजुरेललाई प्रचण्डले सभामुखको रुपमा उभ्याउन सक्ने देखिन्छ ।

वि.सं.२०७६ माघ ३ शुक्रवार १२:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...