Sansar News- Nepal's Fast Khabar Online News Portal

लगातारको बर्षाका कारण रिडीमा खोलामा बाढी , रुरु महोत्सव प्रभावित

संसार न्यूज़
१ महिना पहिले
लगातारको बर्षाका कारण रिडीमा खोलामा बाढी , रुरु महोत्सव प्रभावित

३ माघ, रिडी । गत बुधबार रातिदेखि परेको वर्षाका कारण गुल्मीको रुरु महोत्सव प्रभावित बनेको छ । वर्षाका कारण रिडी खोलामा बाढी आएसँगै रिडीको रुरु महोत्सवमा बगर छेउमा बनाइएका ३४ वटा होटलका अस्थायी टहरामा समेत बाढी पसेको छ । होटलका टहरामा बाढी पसेपछि व्यवसायी विस्थापित बनेका छन् ।

स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा व्यवसायीका सामानलाई टहराबाट हटाएर सुरक्षित स्थानमा सारिएको महोत्सव आयोजक समितिका निर्देशक हिमाल श्रेष्ठले जानकारी दिए ।

रिडी खोलामा बाढी आएसँगै मेलामा वारपार गर्नका लागि खोला तर्न बनाइएको काठको अस्थायी पुलसमेत बगाइदिएको छ । रिडीको माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी गुल्मी उद्योग वाणिज्य सङ्घ रिडी शाखा र रुरु फ्रेण्डस क्लबको संयुक्त आयोजनामा रुरु क्षेत्र गाउँपालिकाअन्तर्गत रिडीमा दोस्रो रुरु महोत्सवको आयोजना गरिएको हो ।

माघ ९ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव वर्षाका कारण बिहीबार दिनभर सुनसान बनेको थियो भने शुक्रबार पनि महोत्सव सुनसान बनेको छ । मेलामा व्यापारका लागि आएका कतिपय व्यवसायी वर्षाका कारण आफ्ना सामान लिएर त्यत्तिकै घर फर्कन बाध्य बनेका छन् ।

पाल्पा, स्याङ्जा र गुल्मीको सङ्गमस्थल रिडीमा माघे सङ्क्रान्तिको अवसरमा तीन दिनसम्म ठूलो मेला लाग्ने गर्दछ । तर, यस पटक लगातारको झरी र अत्यधिक चिसोका कारण मेला प्रभावित बनेको हो । दुई दिनदेखिको वर्षाका कारण गुल्मी जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

लगातारको झरी र चिसोका कारण मानिस अत्यावश्यक कामबाहेक घर बाहिर निस्केका छैनन् । वर्षाका कारण सडक चिफ्लो भएपछि जिल्लाका चार दर्जनभन्दा बढी ग्रामीण सडकमा सवारी साधनसमेत सञ्चालन हुनसकेका छैनन् ।

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ६ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…