Sansar News- Nepal's Fast Khabar Online News Portal

सभामुखको विवाद संसदीय दलको बैठकले टुङ्गो लगाउँछ -मन्त्री ढकाल

संसार न्यूज़
१ महिना पहिले

३ माघ, दमौली । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सभामुख चयनको विवाद पार्टीको संसदीय दलको बैठकले टुङ्गो लगाउने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शुक्लागण्डकी नगर कमिटीले आज तनहुँको दुलेगौँडामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री ढकालले सभामुख चयनको विवाद अब धेरै दिन नरहने बताए ।

मन्त्री ढकालले सभामुख चयन हुन नसक्दा संसद् बन्धक बनेको चर्चा गर्दै पार्टीले सहमतिमै सभामुख उम्मेदवार चयन गर्ने जानकारी दिए । मन्त्री ढकालले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी)का विषयमा धेरै चर्चा भएकाले एमसिसीको बारेमा पनि संसदीय दलमा छलफल गरिने बताए ।

वर्तमान सरकारले गरेका राम्रा कामको पार्टीका कार्यकर्ताले प्रचारप्रसार गर्नुपर्नेमा जोड दिँदै मन्त्री ढकालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षालाई सार्थक बनाउन सरकार लागिपरेको उल्लेख गरे ।

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ६ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…