सिमानामा घाउ लागेर
देशलाई दुःखेको बेला
छातिमा देश बोक्नेहरूलाई
सब भन्दा बढि दुःख्ने रहेछ देश ।
लाग्छ,
…माटोको माया मन भरि टाँसेर बाँच्नेहरूलाई
बा‘च्नू भन्दा बढि माटो कै माया हूनेरहेछ..
सोच्छु,
यसरी त कहिले दुखेन जिन्दगी
आफ्नै प्रिय जनहरूका बिदाईमा पनि
यसरी त कहिले उठेन आवेशको पहाड
र
भएन ऐठन
प्रिय भन्दा प्रिय बहूमुल्य वस्तू
सदालाई गुम्दा पनि ।
तर आज छिमेकीले देशको सिमानामा
नङ्ग्रा गाढ्न खोजि रहदा
लागि रहेछ
आफैलाई बिर्सिएर आक्रोशको झरि बर्षाऊ ।
र ,बगाऊ जसरी बर्षामा नदिले बगाउछ
छेउछाउका झाडि र पत्कर..
लागि रहेछ बजाऊनै पर्छ अब
वीरताको राष्ट्रिय गीत
र
देखाउनै पर्छ अब
स्वाभिमानको सगरमाथा
निर्लज्ज हिड्न खोजिरहेको
छिमेकीको बाटो छेकेर ।
छिमेकीको खातिर
अन्जूलीमा सदभावको फूल बोकेर
बिझाउला कि झै गरेर सदैव
सत्कारले सौगात अर्पि रहदा
छिमेकी ,छिमेकी जस्तो बनेन कहिल्यै पनि
बूझेन हाम्रो मित्रताको बराबर ईमान ।
बरू, बदलामा उस्ले मुसा बनेर
खनि रह्यो हाम्रो छाती भन्दा प्यारो देश…।
यतिबेला
लेख्नु छ छिमेकीलाई जरूरी पत्र
भन्नु पर्ने छ : बसौ न आऊ सम्बन्धको चौतारी
हेरौ न : इतिहासको रेखाहरूमा उठेका
ईमान र वीरता हिमालहरूः कस्का कति ठुला ।
भन्नु छ उस्लाई
सम्बन्धको गलत प्रयोग कहिले नगर्नु छिमेकमा
किनकी असल छिमेकी, असल रहेन भने
धेरै कुरा असल नरहन पनि सक्छ घर भित्र ।।।
र
यति बूझ्नु : इन्चि अमल दुःख्दैन स्वाभिमान ।
नदुखाउनू कुलसित अभिलाषा
बोकेर छिमेकी हुनुको दायित्व ।
नगर्नू निर्मम हत्या अन्योन्याश्रित सम्बन्धको ।
यसरी नदुखाउनू एक देशले अर्को देशको स्वाभिमान
यसरी नखेल्नु आगोसँग जानि जानि..।।
वि.सं.२०७६ माघ ४ शनिवार ११:४३ मा प्रकाशित