back

एनआएनए रियाद क्षेत्रिय समिति गठनसँगै भ्रमणवर्ष २०२० को प्रचार

वि.सं.२०७६ माघ ४ शनिवार

156 

shares
NTC AD
Global IME AD

४ माघ, साउदी । गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्य रियाद क्षेत्रीय समन्वय समितिको पुनर्गठन तथा नेपाल पर्यटन प्रबर्द्धन बर्ष २०२० प्रचार–प्रसार कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली राजदूतावास रियादको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

पुनर्गठन विशेष भेलाले हेम सुवेदीको अध्यक्षतामा मेनुका सिटौला ओडारी, महिला उपाध्यक्ष, सुजन शेर राई सचिव, विवेक श्रेष्ठ कोषाध्यक्ष र पूर्ण कुमार मगरलाई सहकोषाध्यक्षमा चयन गरेको छ भने नवनिर्वाचित समितिको पहिलो बैठकले रिक्त पदपूर्ति गर्नेछ ।

एनआरएनए आइसिसि मध्यपूर्व सहसंयोजक जोन अर्याल, मानार्थ सदस्य रमेश भन्डारी, एनसीसी साउदि अरबका संरक्षकहरु राजु सैयद, ओम घले, विरेन्द्र चौधरी, बिमल गौतमको समुपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे ।

कार्यक्रममा एनसीसी साउदि अरबका अध्यक्ष तेज थापा, उपाध्यक्षहरु भोला पौडेल, रोशन श्रेष्ठ, महासचिव उमेश भट्टराई सहित केन्द्रीय सदस्य सत्य नारायण के.सी. शुक्र मोक्तान, राम बहादुर क्षेत्रीको सहभागी रहेको थियोे ।

त्यसैगरि जनसम्पर्क समिति साउदी अरबका सभापति दिपक रेग्मी सहितका पदाधिकारीहरु, नेपाली प्रवासी मंच साउदि अरबका संयोजक शिवराज जैसी सहितका पदाधिकारी एवम् अन्तर संस्था समन्वय समिति रियादका संयोजक अमृत पौडेल लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थितिले कार्यक्रम शोभनीय बनेको थियोे ।

पुनर्गठन समिति गठन समितिकम संयोजक रमेश भन्डारीले मध्य रियाद क्षेत्रीय समन्वय समितिका पदाधिकारीहरुको नाम प्रस्तावित गरेका थिए । प्रस्तावित सुचिलाइ भेलाले छलफल गरि अन्तिम रुप दिएसँगै नवनिर्वाचित पदाधिकारीहरुलाइ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष तेज थापाले सपथ ग्रहण गराएका थिए । महासचिव उमेश भट्टराईले कार्यक्रम संचालन गरेका थिए ।

स्मरण रहोस् गत २० डिसेम्बर, २०१९ मा बसेको एनसीसी साउदि अरबको तेस्रो नियमित बैठकले आईसीसी मानार्थ सदस्य रमेश भन्डारीको संयोजकत्वमा एनसीसी उपाध्यक्ष भोला पौडेल तथा केन्द्रीकृत सदस्य राम ब. क्षेत्री सम्मेलित ३ सदस्य पुनर्गठन समिति गठन गरेको थियोे ।

वि.सं.२०७६ माघ ४ शनिवार १६:२१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

भरत प्रधान, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले...

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले क्यान्सर रोगले पीडित...

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...