Sansar News- Nepal's Fast Khabar Online News Portal

मन्जुश्रीको बाह्रौ साधारणसभा सम्पन्न, पण्डित र गौतम सञ्चालक समितिमा निर्विरोध

संसार न्यूज़
१ महिना पहिले
मन्जुश्रीको  बाह्रौ साधारणसभा सम्पन्न, पण्डित र गौतम सञ्चालक समितिमा निर्विरोध

४ माघ, काठमाण्डौं । मञ्जुश्री फाइनान्स लिमिटेडको बाह्रौ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

थापागाँउ व्याङकेट, नयाँबानेश्वरमा २९ पुसमा सम्पन्न साधारणसभाले  बैकको संचालक समितिमा सर्वसाधारण शेयरधनिहरुको तर्फवाट इन्दिरा पण्डित घिमिरे र चिन्तामणी गौतमलाई आगामि ४ वर्षको लागि सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।

त्यस्तै साधारण सभाद्वारा आ.व. २०७५\०७६ को लागि प्रस्तावित ९.८० प्रतिशत नगद लाभांश (वोनश शेयर तथा नगद लाभांशको कर समेत) र १.७५ प्रतिशत बरावरको वोनस शेयर वितरण गर्ने निर्णय पारित समेत गरिएको छ ।

यस संस्थाको यस अघि सम्मको चुक्ता पूँजी रु. ८०,४०,६०,२१०।- रहेको छ । यस फाइनान्सको पौष मसान्त सम्म रु. ७ अर्ब ७० करोड निक्षेप संकलन तथा रु. ६ अर्ब ७७ करोड कर्जा लगानी रहेको छ ।

काठमाण्डौंको नयाँ बानेश्वर केन्द्रीय कार्यालय रहेको फाइनान्सको न्युरोड काठमाण्डौ ,नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरि रहेको राष्ट्रिय स्तरको वित्तिय संस्था रहेको पनि बैंकले जनाएको छ ।

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) १ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…