Sansar News- Nepal's Fast Khabar Online News Portal

ज्योति विकास बैंकको प्रमुख रेमिट भुक्तानी साझेदारमा जीएमई रेमिट नियुक्त

संसार न्यूज़
१ महिना पहिले
ज्योति विकास बैंकको प्रमुख रेमिट भुक्तानी साझेदारमा जीएमई रेमिट नियुक्त

४ माघ, काठमाण्डौं । ज्योति विकास बैंक अन्तर्गतको ज्योति रेमिटको प्रमुख भुक्तानी साझेदारको रुपमा जीएमई रेमिट नियुक्त भएको छ ।

रेमिट सेवालाई ग्राहकवर्गको लागि अझ सहज बनाउने हेतुको साथ ज्योति विकास बैंकले उक्त साझेदारी गरेको जनाएको छ ।

सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा जीएमई रेमिटको तर्फबाट जीएमई रेमिटका सिओओ प्रमोद सिंह बस्नेतले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात ज्योति रेमिटबाट पठाइएको रकमलाई नेपालभरी जीएमईका कुनै पनि एजेन्ट बाट भुक्तानी लिन सकिनेछ ।

जीएमईको नेपालभर रहेका ७५०० भन्दा बढी भुक्तानी प्रतिनिधि तथा उपप्रतिनिधिहरु मार्फत ज्योति रेमिटको सेवा ग्राहकवर्गहरुले प्राप्त गर्नेछन्।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको जनाएको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत ATM मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ ।

हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु. ३३ अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु. २८ अर्वभन्दा बढि लगानी गर्न सफल भएको बताएको छ ।

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) १ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…