Sansar News- Nepal's Fast Khabar Online News Portal

पुर्वेली साप्ताहिक र जोइन्ट हेन्डद्धारा आयोजित स्वास्थ्य शिविरमा १६० भन्दा बढीलाई निःशुल्क सेवा

अनिल वाग्ले झापा
४ हप्ता पहिले
पुर्वेली साप्ताहिक र जोइन्ट हेन्डद्धारा आयोजित स्वास्थ्य शिविरमा १६० भन्दा बढीलाई निःशुल्क सेवा

४ माघ, बुधबारे, झापा । झापाको बुद्धशान्तिमा पूर्वेली साप्ताहिक र जोइन्ट हेन्ड युथ सोसाइटीको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविरमा शुक्रबार १६० बढीलाई निशुल्क स्वास्थ्य जाँच र औषधी वितरण गरिएको छ ।

विर्ता आयूर्वेदिक एण्ड फिजियोथेरापी सेन्टर बिर्तामोडको प्राविधिक सहयोगमा बुद्धशान्तिका वासिन्दाले स्वास्थ्य सेवा लिएका हुन् ।

जोइन्ट हेन्ड युथ सोसाइटी बुद्धशान्तिका अध्यक्ष सञ्जील प्रसाईंको संयोजकत्व, पूर्वेली साप्ताहिकका अध्यक्ष चन्द्रप्रकाश कोइरालाको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईंको प्रमुख आतिथ्यतामा बुद्धशान्ति ३ बुधबारेमा स्वास्थ्य शिविर भएको हो ।

शिविरमा विर्ता आयूर्वेदिक एण्ड फिजियोथेरापी सेन्टर बिर्तामोडका थेरापिष्ट डा. भगवान शाह, कविराज कमल रिजाल, योगेश श्रेष्ठ र विवेक बाँस्तोलाको टोलीले स्वास्थ्य जाँच गरेको थियो भने स्वास्थ्य चौकी बुधबारेकी सिनियर अनमी गोमा उप्रेती लगायतको टोलीले पनि प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

शिविरमा विर्ता आयूर्वेदिक एण्ड फिजियोथेरापी सेन्टर बिर्तामोडले विरामीहरुलाई निशुल्क औषधी पनि उपलब्ध गराएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि चापागाईंले स्वास्थ्य शिविर आयोजना गरेर दुवै संस्थाले राम्रो कार्य गरेको बताए ।  उनले बुद्धशान्तिका जनतालाई शिविरले फाइदा पुर्याएको पनि बताए ।

कार्यक्रममा बुद्धशान्ति ३ का वडाध्यक्ष कमल उप्रेती, बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीको विशेष आतिथ्यता थियो भने बुद्धशान्ति २ का वडा सदस्य राजु पराजुली, प्याव्सन बुद्धशान्ति अध्यक्ष विष्णु सापकोटा, उपभोक्ता हित संरक्षण मञ्च बुद्धशान्तिका अध्यक्ष धरणीधर पोखरेल, योगमाया पराजुली लगायतको आतिथ्यता थियो ।

कार्यक्रम पूर्वेली साप्ताहिकका सम्पादक तथा जोइन्ट हेन्ड युथ सोसाइटीका उपाध्यक्ष अनिल वाग्लेले सञ्चालन गरेका थिए ।

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ४ हप्ता पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? २ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…