Sansar News- Nepal's Fast Khabar Online News Portal

‘छोरा-बुहारी सडक बनाउने, बाबु अनुगमन गर्ने , हेर्नुहोस् पत्रपत्रिकाको समाचार

संसार न्यूज़
१ महिना पहिले
‘छोरा-बुहारी सडक बनाउने, बाबु अनुगमन गर्ने , हेर्नुहोस् पत्रपत्रिकाको समाचार

५ माघ ,काठमाडौँ । आज २०७६ साल माघ ५ गते । काठमाडौँबाट प्रकाशित आजका विभिन्न पत्रप्रत्रिकाहरुले सत्य निरुपण र बेपत्तामा भागबन्डा विषयको समाचरलाई आफ्नो मुख्य पृष्ठमा प्राथमिकतासाथ छापेका छन् ।

कान्तिपुर दैनिकमा अनियमिततामा डुब्दै स्थानीय तह – ‘छोरा–बुहारी सडक बनाउने, बाबु अनुगमन गर्ने ’ शीर्षकको समाचारले प्राथमिकता पाएको छ । विष्णु तिम्सिना ले समाचार लेखेका हुन् । यो विराटनगरको समाचार हो । त्यस्तै ‘सत्य निरुपणमा भट्ट, बेपत्तामा’ सुवेदी शीर्षकको समाचारले पनि प्राथमिकता पाएको छ । त्यस्तै ‘नुन चाहिए भीरतिर ’शीर्षकको समाचारले पनि प्राथमिकता पाएको छ । अनिश तिवारीले लेखेका हुन् । सिन्धुपाल्चोककको समाचार हो यो ।

नयाँ पत्रिका दैनिकमा ’आफूले सिर्जना वा उत्पादन नगरेका ५० हजार गीतको कपिराइट म्युजिक नेपालद्वारा कब्जा’ शीर्षकले मुख्य पृष्ठमा पाथमिकता पाएको छ । समाचारमा नारायण गोपाल, भक्तराज आचार्य,, अम्बर गरुङ,प्रेमध्वज प्रधान, यादव खरेल, अरुणा लामा, तारादेीिदेखि नयाँ सर्जकसम्मका सिर्जना अनाधिकृत रुपमा रिङ ब्याक टोन र युट्युबलगायत डिजिटल प्लेटफर्ममा बेचेर करोडौँ लुट, न्यायाका लागि सर्जकहरु संगठित भएको विषय रहेको छ । नवीन प्यासीले समाचार लेखेका छन् । त्यस्तै महिनावारी हुँदा घरको बाटो हिँडेको भन्दै छिमेकी पुरुषबाट कुटिइ दुई महिला शीर्षकको समाचारले पनि मुख्य पृष्ठमा प्राथमिकता पाएको छ । कञ्चनपुरको समाचार हो यो मोहन विष्टले समाचार लेखेका हुन् ।

अन्नपूर्ण पोस्ट दैनिकमा सत्यनिरुपण र बेपत्तामा भागबन्डा शीर्षकको समाचार मुख्य पृष्ठमा छापिएको छ । रामकृष्ण अधिकारीको समाचार हो यो । त्यस्तै थेत्तरा मेडिकल कलेज– रातारात सहमति, उपलब्धि शून्य शीर्षकको समाचार पनि छापेको छ । त्यस्तै जेल छलेर विदेशतिर शीर्षककको समाचारले पनि प्राथमिकता पाएको छ । यो विराटनगरको घटना हो । किशोर बुढाथोकीले लेखेको समाचार हो

राजधानी दैनिकमा सुरक्षाको बहानामा ५ सय बढी सुरक्षाकर्मीको दुरुपयोग शीर्षकको समाचारले प्राथमिकता पाएको छ । त्यस्तै विप्लव समूहाथि सुरक्षा संयन्त्रको विश्लेषण –केन्द्रीय नेता पक्राउपछि तल्ला तहका नेता फिल्डमा शीर्षकको समाचारले पनि पाथमिकता पाएको छ । महेश्वर गौतमले लेखेका छन् । त्यस्तै ६ हजार मेगावाटका आयोजनाको पीपीए हुन सकेन भनेर पूजा चँदाराले समाचार लेखेकी छिन् । त्यस्तै नेकपा र कांग्रेसको भागबन्डा – सत्यनिरुपणको अध्यक्षमा भट्ट बेपत्तामा सुवेदी सिफारिस शीर्षकको समाचरले पनि प्राथमिकता पाएको छ । सुभाष साहले लेखेको समाचार हो यो ।

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ६ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…